बिहि, असार १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

लुम्बिनीमा भोलि पद तथा गोपनीयताको सपथ, सानो आकारमा मन्त्रिपरिषद् गठनको तयारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
लुम्बिनीमा भोलि पद तथा गोपनीयताको सपथ, सानो आकारमा मन्त्रिपरिषद् गठनको तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले भोलि बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको सपथ ग्रहण समारोह राखेको छ ।

नेपालको संविधान धारा १७२ बमोजिम मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश कानुन बमोजिम पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ । बुधवार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरे ।

भोलि नै ३ देखि ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी छ । एमाले, माओवादी र अन्य साना दलहरुको सहभागितामा सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी नव नियुक्त मुख्यमन्त्री लिला गिरीले गरेका छन् । एमाले र माओवादीबाट एक–एक जना गरी दुई जनाले मन्त्रीको सपथ लिनेगरी छलफल अघि बढेको छ । बाँकी दलबाट समेत मन्त्री बन्नेहरुको बारेमा सत्ता गठबन्धनभित्र छलफल चलिरहेको छ ।

एमालेबाट भूमिश्वर ढकाल र माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री बन्ने पक्कापक्कीजस्तै भएको बैठकमा सहभागी एक प्रदेश सभा सदस्यले बताए । तर, माओवादी भित्र सरकारमा सहभागी हुन सबैजसो प्रदेश सभा सदस्य आकांक्षी छन् । यसले गर्दा आन्तरिक रुपमा व्यवस्थापन गर्न जटिल बन्न थालेको छ । एमाले र अन्य दल भित्र पनि यस्तै आकांक्षीको लिस्ट लामै छ ।

भूमिश्वर ढकालले भौतिक पूर्वाधार र जोखबहादुर महराले अर्थ अथवा आन्तरिक मामिला मन्त्रालय मध्य एउटा मन्त्रालयको जिम्मेवारी पाउने छन् । महराले अर्थमन्त्रालय पाउनुपर्ने दावी छ । माओवादीमा दोस्रो कार्यकालमा समेत निर्वाचित र मन्त्री भइसकेका इन्द्रजीत थारु, नमुना केसी समेत मन्त्रीको आकांक्षी छन् ।

एमालेबाट चेतनारायण आचार्य पनि मन्त्री बन्ने लाइनमा छन् । अघिल्लो पटक आचार्य मन्त्री भइसकेका मध्य पर्छन् । यस पटक उनलाई मन्त्री बनाउने समेत तयारी छ ।

यो पनि पढ्नुहोस्

सञ्चारमन्त्रीसँग अस्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेट

सञ्चारमन्त्रीसँग अस्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेट

२ घण्टा अगाडि
इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश

इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

सुनचाँदीको भाउ घट्याे

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

कपिलवस्तु प्रतिष्ठानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक