बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु (बुद्धभूमि) । कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ । वैशाख, जेठलाई लक्षित गरी उहाँले तरकारी लगाउन थाल्नुभएको हो ।

बरई आफूले गरेको मेहनत देखेर जसरी खुसी देखिनुहुन्छ उत्तिकै बढी चिन्ता बजार मूल्यको छ । “अहिलेसम्म पर्याप्त मल पाइएको छैन, बीउबिजन पनि गुणस्तरहीन हुँदा आपत उस्तै छ”, उहाँले गुनासो गर्दै भन्नुभयो, “किसानको जीवन सधैँ चिन्तामा बित्ने भयो ।” बरई पुर्खाले नै गर्दै आएको तरकारी खेती अँगाल्न पुग्नुभएको हो ।

बुवाले गर्दै आएको तरकारी खेती आफूले पनि अँगालेको उहाँले बताउनुभयो । “म ४० वर्षको भएँ, यही तरकारी खेतीबाहेक दायाँबायाँ लागेको छैन”, उहाँले भन्नुभयो । पुर्खौँदेखि तरकारी खेती गरे पनि उहाँको जीवन भने फेरिएको छैन । घरको स्थिति विगतजस्तै छ । छोराछोरी सरकारी विद्यालयमा जसोतसो पढ्न पाएका छन् । “तरकारी खेती गरेर जीवन कहिले फेरिने हो, म त सपना देख्छु”, उहाँ भन्नुहुन्छ ।

अर्का किसान श्रीप्रसाद मौर्या पनि व्यावसायिक तरकारी खेती गर्न लागेको तीन दशक बढी भएको छ । पन्ध्र कठ्ठा क्षेत्रफलमा मौर्याले तरकारी खेती गर्दै आउनुभएको छ । बाह्रै महिना तरकारी फलाउने मौर्याको जीवन बरईको जस्तै छ । “वर्षभरि तरकारी खेती ग¥यो, आम्दानी सापोनापो उही हुन्छ”, उहाँले भन्नुभयो, “तरकारी फलायो फलायो मूल्य पर्दैन, समयमा मल पाइँदैन, बीचमा बिचौलिया हाबी हुन्छन्, लगानी पनि उठ्न सक्दैन ।”

अहिले बजारमा पाइने सबैथरिका मौसमी तरकारी उहाँले उत्पादन गर्नुभएको छ तर उहाँको मनमा खुसी भने छैन । भारतबाट चर्को मूल्यमा मल ल्याउनुपर्ने अवस्था भएको उहाँको गुनासो छ । जसोतसो उत्पादन गरेको तरकारी पनि बजारसम्म पु¥याउन निकै कठिन भएको उहाँ बताउनुहुन्छ ।

बरई र मौर्याका जस्तै यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानको सामूहिक समस्या हो । जिल्लामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसानले विभिन्न समस्या झेल्दै आएका छन् । समयमा मलखाद र बीउ नपाइनु, सिँचाइ सुविधा अभाव हुनु, बिक्री केन्द्र नहुनु र बीचमा बिचौलिया हाबी हुँदा व्यावसायिक तरकारी खेती गर्दै आएका किसान मर्कामा छन् ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका अनुसार पछिल्लो समय व्यावसायिक तरकारी खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका साविक धनकौली, निग्लिहवा, विजुवा, नन्दनगर गाविस, कपिलवस्तु नगरपालिका वडाको वडा नं ३, ४, ५, बुद्धभूमि नगरपालिकाको बुड्ढी, शिवराज नगरपालिकाको शिवपुर, चन्द्रौटा, बाणगङ्गा नगरपालिकाको मोतीपुरलगायतका स्थानमा व्यावसायिक तरकारी खेती हुँदै आएको कार्यालयले जनाएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा बजारीकरण भएको कारण किसानले उत्पादन गरेको तरकारी सजिलै बिक्री हुने गरे पनि दक्षिणी क्षेत्रका किसान मर्कामा पर्ने गरेका छन् । भारतीय सीमाबाट दैनिक भित्रने तरकारीले बजार ढाक्दा नेपाली किसान मर्कामा परेका हुन् । भारतको भन्दा नेपालको तरकारी महँगो हुने किसान बताउँछन् ।

“उत्पादन लागत बढ्दा स्वभाविक बेच्दा महँगो पर्छ, भारतबाट आउने तरकारी तुलनात्मकरूपमा सस्तो पर्छ, तौलिहवाका तरकारी किसान राम गुप्ता भन्नुहुन्छ”, “यसले गर्दा हामी मर्कामा छौँ ।” यहाँ सडकको राम्रो पहुँच नहुँदा पनि दक्षिणी भेगका किसान मर्कामा पर्ने गरेका छन् । रासस

यो पनि पढ्नुहोस्

इरानले जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रस्ताव अघि सारे

तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

२७ मिनेट अगाडि
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक