काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दौरासुरुवालको कहिल्यै पनि विरोध नगरेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा आज मङ्गलवार केही सांसदले प्रचण्डले दौरासुरुवाल लगाएको विषय उठाएपछि प्रचण्डले यसको जवाफ दिएका हुन्। उनले आफूले कहिल्यै विरोध नगरेको र आफ्ना पार्टीका सांसदलाई पनि कहिल्यै नलगाउनु भनेर नभनेको बताए ।
दौरासुरुवाल लगाउन राष्ट्रपतिदेखि अरू दलका नेताले पनि आग्रह गरेको प्रचण्डको भनाइ छ । ‘प्रधानमन्त्री नियुक्त गर्दा राष्ट्रपतिले तपाईँलाई दौरासुरुवालमा हेर्न मन छ भन्नुभयो, मुख्य साझेदार केपी ओलीजी, हाम्रै पार्टीका नारायणकाजीजीले पनि दौरासुरुवाल लगाएरै शपथ लिनुपर्छ भन्नुभयो, मैले पनि लगाएँ’, उनले भने ।


