आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आलु खेतीबाट मनग्गे आम्दानी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आलु खेतीबाट मनग्गे आम्दानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दिपायल । आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दैआएका किसान  पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि डोटी जिल्ला आलु खेतीतर्फ आत्मनिर्भर बन्दै गएको छ ।

परम्परागत खेतीको तुलनामा आधुनिक  खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा  आलुखेती गर्न थालेका हुन् । जिल्लाको  बडिकेदार गाउँपालिका–५ थानकोटका किसान दिल्ली मल्लले आलु खेतीबाट निकै आम्दानी गर्नुभएको छ । उहाँ हिउँदे र बर्खे गरी दुवै याममा  रु दुई लाख बराबरको आम्दानी गर्दै आएको बताउनुहुन्छ । ‘धान,गहुँ र तोरी खेतीले खासै आम्दानी हुँदैनथ्यो,’ मल्ल भन्नुहुन्छ, “आलु खेती गर्न थालेपछि यहाँका किसानले निकै आम्दानी गरेका छन् ।”

जिल्लाको जोरायल गाउँपालिका–६  दहका किसन  गोपाल साउदले ४० रोपनी जमिनमा लगाउनुभएको आलु खनिसक्नुभएको  छ ।  काडिन्ल नामको रातो  आलु ६० क्विन्टल  फलेको र उक्त  आलु प्रतिकिलो ४०   रुपैयाँमा बिक्री भइरहेको उहाँको भनाइ छ ।  एकै याममा करिव रु दुई लाख चालिस हजार बराबर आम्दानी भएको साउद उल्लेख गर्नुहुन्छ ।

कृषि  ज्ञान केन्द्रबाट  चक्लाबन्दी आलु खेतीका लागी ५० प्रतिशत अनुदान तथा प्राविधिक सहयोगमा आलुको बीउ ल्याएर लगाइएकामा  पानी नपरेकाले खासै उत्पादन नभएको उहाँ गुनासो गर्नुहुन्छ ।

आलु उत्पादनलाई उपभोक्तामुखी बनाउँदै किसानले सहज बनाउँदै लगेको बडीकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र शाह बताउनुहुन्छ । हिउँदे र बर्खे बालीका रूपमा आलुखेती गरी उक्त गाउँपालिकाका  प्रत्येक किसानले  रु पाँच लाखभन्दा बढी  आम्दानी गरेका छन् ।

जिल्लामा पछिल्लो समय आलु खेती गर्ने किसान निकै बढेकाले  किसानलाई समयमै बीउ बिजन , मल ,  कृषि औजारलगायत समस्या भएकाले स्थानीय तह , सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी  उपलब्ध गराउन पहल गरिने प्रमुख पनेरु बताउनुहुन्छ

गत आर्थिक वर्ष २०७७÷७८ मा  दुई हजार  नौ सय पाँच  हेक्टर जमिनमा लगाएको आलु  ३३ हजार छ सय ६६ मेट्रिटन उत्पादन भएको  थियो भने यस वर्ष   तीन हजार  चार सय ३३ हेक्टर जमिनमा लगाएको  आलु ४० हजार  पाँच सय ५८ मेट्रिकटन उत्पादन भएको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाको सायल गाउँपालिका,  पूर्वचौकी गाउँपालिका , दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकालाई आलु पकेटको रूपमा छनोट गरी आलु खेती गरिँदै आएको  उक्त केन्द्रले जनाएको छ । RSS

यो पनि पढ्नुहोस्

रातो मच्छिन्द्रनाथको भोटो आज  देखाइने

रातो मच्छिन्द्रनाथको भोटो आज  देखाइने

१६ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक