काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद्लाई प्राज्ञिक थलो बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सांसद सुवालले संसद्लाई सरकारको रबर स्ट्याम्प नबनाउन आग्रह गर्दै हचुवाको भरमा संसद्मा प्रस्ताव नल्याउन आग्रह गरे ।
उनले संसद्मा सांसदको संख्याले नभई दृष्टिकोणले हेर्न आग्रह गर्दै एमसीसी सम्झौताको खारेज गरिनुपर्ने जनाए । उनले नागरिकता विधेयकले देशलाई सिक्किमीकरण गर्ने बताउँदै नागरिकता विधेयक खारेज गर्न माग गरे ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेर चुनाव जित्नेहरूमाथि छानबिन गर्नका लागि छानबिन समिति गठन गर्न पनि उनले माग गरे । सुवालले ख्वप विश्वविद्यालयको विधेयक पारित गर्न सबैलाई अनुरोध गरे ।

