आइत, मंसिर ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनताले राम्रोसँग मतदान गरेकाेछ : गृहमन्त्री लामिछाने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
जनताले राम्रोसँग मतदान गरेकाेछ : गृहमन्त्री लामिछाने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सरकारका गृहमन्त्री रवि लामिछानेले नेपाली जनताको आशाको मतलाई खेर जान नदिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले सो कुरा जनाउनुभएको हो । जनताले जानेर वा नजानेर असाध्य राम्रोसँग मतदान गरेको उहाँले चर्चा गर्नुभयो । नयाँलाई अवसर र पुराना दललाई सचेत गराउने गरी मत आएको उहाँको भनाइ छ ।

जनमतअनुसारको सरकार निर्माण भएको बताउँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, “सरकारको साझा न्यूनतम कार्यक्रम मार्फत जनताको अपेक्षा समाधान गर्नेछौँ, त्यही नै सही उपाय हो ।” जनजीविकाको सवालमा साझा न्यूनतम कार्यक्रमले सम्बोधन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

संसद् प्रतिपक्षी दलको रहेकाले रचनात्मक सुझाव र अभियान चलाउन सके राम्रो हुन्छ भन्नुहुँदै गृहमन्त्री लामिछानेले प्रतिपक्षी भड्काउने होइन, बनाउनेतर्फ पहल लिनुपर्ने उहाँले बताउनुभयो । यसअघिका तमाम बेतिथिको जबाफदेहिता जनताले खोजेको चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, “कुनै पनि कालखण्डका भ्रष्टाचारका विषय निर्ममतापूर्वक छानबिन गर्न हामी अग्रसर हुनेछौँ, सरकार निर्मम भएर खडा हुनेछ ।”

जनप्रतिनिधिहरू जिम्मेवार हुन सकेमा जनताको अपेक्षा पूरा गर्न सहज हुने उहाँले बताउनुभयो । आफ्नै समस्या, पिर मर्का र तानातानमा अल्झियौँ भने जनताको अपेक्षा पूरा हुँदैन चर्चा गर्नुहुँदै गृहमन्त्री लामिछानेले गल्ती गर्नेलाई पुरापुर छानबिन गर्ने अवसर प्रदान गर्न र राजनीतिक रूपले छुटाउन लबिङ नगर्न आग्रह गर्नुभयो । आफ्नोतर्फबाट कुनै अनियमितता नगर्ने र कुनै काण्डमा नफस्ने उहाँले बताउनुभयो । जनताको सामु शिर झुकाउने काम नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संसद्को गरिमामय अवस्थामा उपस्थित हुने अवसर प्रदान गर्नुभएको भन्दै उहाँले मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालको राजनीतिमा नयाँ पार्टीको उदय ठूलो कुरा नभए पनि जनताको विश्वास आफूहरूले प्राप्त गरेको उहाँले चर्चा गर्नुभयो । नेपालीको जनता र मुलुकको हितका लागि सांसदले सदुपयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

६ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक