बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वरिष्ठ कलाकार समीक्षक मुकेश मल्ल नारायणदेवी स्मृति पुरस्कार, २०७९ बाट पुरस्कृत

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वरिष्ठ कलाकार समीक्षक मुकेश मल्ल नारायणदेवी स्मृति पुरस्कार, २०७९ बाट पुरस्कृत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वरिष्ठ कलाकार कला समीक्षक मुकेश मल्ल नारायणदेवी स्मृति पुरस्कार, २०७९ बाट पुरस्कृत भएका छन् ।

नेपाल व्यावसायिक कलाकार संघको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसका अवसरमा कला–लेखक विद्यातर्फको यो पुरस्कारका पहिलोपल्ट कला समीक्षक मल्ललाई प्रदान गरिएको हो । पुरस्कारको प्रमाणपत्रमा भनिएको छ, ‘तपाईंले कला लेखनमार्फत कलाको अभिलेखन कार्यमा पु¥याएको योगदानको उच्च मूल्यांकनसहित यो पुरस्कार प्रदान गरिएको छ ।’

 

कला समीक्षकका रूपमा रातोपाटीमा नियमित स्तम्भकार मल्ल २०२८ सालदेखि कला क्षेत्रमा सक्रिय छन् । २०३४ सालमा धरानमा ‘युवा कला केन्द्र’ संस्था खोलेर ०३४ सालदेखि ‘कला’ पत्रिका निकाल्न थालेका थिए ।

उनी भन्छन्, ‘कला–लेखनका लागि पुरस्कार हामीकहाँ थिएन । कला लेखनका लागि पुरस्कार दिइनु महत्त्वपूर्ण छ । पहिलोपल्ट नै मलाई दिइयो, यस मानेमा पनि म खुसी छु ।’

हामीकहाँ कलाको अभिलेखीकरणको अभाव रहेकाले यसमा राज्य, व्यक्ति तथा संस्थाहरू सक्रिय हुनुपर्ने उनी बताउँछन् । ‘कलाको व्याख्या, समीक्षा हुनुपर्छ । कलाबारे भएका गतिविधिको अभिलेखीकरण हुनुपर्छ । साहित्यजस्तो होइन कला, यसलाई सर्वसाधारणसम्म पु¥याउन अर्कोले लेखिदिनुपर्छ । मिडियामा आउनुपर्छ,’ उनी भन्छन्, ‘कलाबिनाको देशको पहिचान हुँदैन । व्यापारमा कला छ, धर्ममा कला छ, पत्रकारितामा कला छ । सहरीकरणमा कला छ । कलाको अवधारणाबिना देशको विकास नै अपुरो हुन्छ ।’

व्यावसायिक कलाकार संघले आफ्नो स्थापना र अरनिको स्मृति दिवसका अवसरमा एक दर्जनभन्दा बढी कलाका पुरस्कार दिने गर्छ । नेपालभर अनेकौँ शाखा रहेको यस संघले व्यावसायिक कला, उपयोगी कला, सिर्जनशील कला र यसपल्टदेखि लेखन–कलालाई पुरस्कार दिन थालेको

हो ।

युवा कलाकार शुष्मा श्रेष्ठले आफ्नी सासूको नाममा स्थापना गरेको ‘नारायणदेवी पुरस्कार’ संघको आयोजनामा यही वर्षदेखि दिन थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक