मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

यी हुन् अवैध ४० करोड रुपैयाँ भित्र्याउन लागेका शाहलाई लागेका आरोप

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
यी हुन् अवैध ४० करोड रुपैयाँ भित्र्याउन लागेका शाहलाई लागेका आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ– अमेरिकाबाट अवैध ४० करोड रुपैयाँ भित्र्याउन लागिपरेका र ६ वटा कम्पनी खोली विदेशमा व्यापार गरी ठगी गरिरहेको आरोप लागेका पृथ्वीबहादुर शाह पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले ठगीलगायतका मुद्दामा शाहसहित ६ जनालाई पक्राउ गरेको सिआईबीका प्रवक्ता एसपी कमल थापाले बताए।

शाहसहित उनका साझेदार र सहयोगी अछाम बान्नीगढी गाउँपालिका–६ घर भइ हाल काठमाडौँको चाबहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद पक्राउ परेका छन्। पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान अघि बढाउन सीआईबीले शुक्रबार अदालतबाट ६ दिनको म्याद लिइसकेको छ।

शाहले ‘हन्टिङ नेपाल’लगायतका व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी खडा गरेर अमेरिकाबाट अवैध रुपमा रकम भित्र्याउन खोजेको आरोप छ। अमेरिकाबाट अवैध रुपमा भित्र्याउन लागेको भन्दै नेपाल राष्ट्र बैंकले शाहको करोडौँ रकम नेपाल राष्ट्र बैंकले रोक्कासमेत गरेको छ।

के हो उनलाई लागेको आरोप?

उनले केही समयअघि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो करोडौँको व्यापार व्यवसाय रहेको र त्यसैबाट आर्जित रकम नेपाल ल्याउन लागिएको दाबी गरेका थिए। शाहले पारिवारिक मुद्दामा भने अदालतलाई ढाँटेको पाइएको थियो।

श्रीमती सुनिताले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अंश मुद्दामा शाहले आफू ऋणमा डुबेको र बेरोजगार भएकाले श्रीमतीको भरण पोषणका लागि कुनै भरथेग गर्न नसक्ने लिखित जवाफ पेश गरेका थिए।

अछामको बान्नीगढी जयगढ स्थायी घर भएका पृथ्वीबहादुर शाहको २०७४ साल फागुनमा त्यसै भेगकी सुनिता शाहीसँग विवाह भएको थियो। विवाहपछि काठमाडौँ महानगरपालिका वडा नम्बर ७ मा घर बनाएर बसेका शाही र पृथ्वीबीचको परिवारिक जीवन एक वर्ष पनि राम्रोसँग टिक्न सकेन।

सम्पन्न परिवारकी सुनिताले वैवाहिक जीवन अघि बढ्न नसक्ने देखेपछि काठमाडौँमा जिल्ला अदालतमा २०७५ मा अंश चलन मुद्दा दायर गरिन्। उनले शाहबाट आफूले अंश पाउनुपर्ने दाबी गरे पनि अहिलेसम्म उक्त मुद्दाको छिनोफानो भएको छैन।

सामान्यतया: जिल्ला अदालतले १८ महिनाभित्र मुद्दा छिन्ने गरे पनि शाहसँग सम्बन्धित मुद्दा चार वर्ष भइसक्दासमेत फैसला हुने अवस्थामा पुगेको छैन। सुनितानिकट पारिवारिक स्रोतका अनुसार उनले आर्थिक चलखेलबाट अदालतलाई समेत प्रभावित पारेका थिए।

१८ महिनाभित्र फैसला भइसक्नुपर्ने मुद्दा अस्वभाविक रुपमा लम्बिएको हो। शाहले गत भदौ १३ गते काठमाडौँ जिल्ला अदालतमा पेश गरेको ‘आर्थिक हैसियत खुलाएको’ विवरणमा कोरोनाका कारण आफ्ना सबै व्यापार व्यवसाय बन्द रहेको, बेरोजगार हुँदा ऋणमा डुबेको उल्लेख गरेका थिए।

काठमाडौँ जिल्ला अदालतले २०७५ चैत २६ गते नै उनलाई आफ्नो सम्पत्ति विवरण पेश गर्न आदेश दिए पनि त्यसको हदम्याद गुजारेर बसेका शाहले गैरकानुनी रुपमा कोरोना महामारीका बेला दिइएको सुविधालाई प्रयोग गरेर ‘आर्थिक हैसियत खुलाएको’ विवरण पेश गरेको प्राप्त कागजातले देखाउँछ।

शाहले आफूले काठमाडौँ महानगरपालिका वडा नम्बर ७ मा रहेको जग्गा र त्यसमा बनेको पक्की घर धितो राखेर कम्पनीको नाममबाट विभिन्न बैंकबाट ७ करोड ३० लाख ऋण लिएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘विभिन्न साथी भाइहरुसँग लिएको कर्जा तिर्न बुझाउन सकेको छैन। म प्रतिवादीको नाममा विभिन्न कम्पनी दर्ता रहेको भए तापनि सो कम्पनी विगत लामो समय देखिको कोभिड–१९ को कारणले पूर्ण रुपमा बन्द रहेको म प्रतिवादीको अन्य आयस्रोत तथा रोजगार समेत छैन।’

स्रोतका अनुसार सुनिताको माइती पक्षबाट शाहले नगद, गरगहनासमेत गरेर तीन करोडभन्दा बढी दाइजो स्वरुप लगेका छन्। राष्ट्र बैंक र सम्पत्ति शुद्धिकरण विभागले गरेको अनुसन्धानअनुसार उनले दर्ता गरेका कम्पनीहरु व्यवसायिक प्रयोजनका लागि भन्दा पनि आर्थिक चलखेल गर्नका खडा गरिएको स्रोतको दाबी छ।

शाहले माउण्ड कैलाश इनर्जी लिमिटेड, वल्र्ड ट्राभल्स एण्ड इन्भेष्टमेण्ड प्रा.लि., वल्र्ड एक्स्पोर्ट एण्ड इम्पोर्ट प्रा.लि, वल्र्ड फस्ट होलिडे प्रा.लि., वल्र्ड वाईड रेमिट प्रा.लि, टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रा.लि नामका कम्पनी खडा गरेका छन्।

ती कम्पनीमार्फत शाहले विभिन्न देशबाट अवैध रुपमा रकम नेपाल ल्याउने गरेका थिए। उनी भारतीय मुद्रा अपचलनमा अदालतबाट दोषी ठहर भएका व्यक्ति समेत हुन्।

अमेरिकी फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) शाहले नेपाल भित्र्याउन खोजेको ४० करोड रुपैयाँ शंकास्पद भएको बताउँदै छानबिन गरेर फिर्ता पठाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गर्‍यो। फिनसेनको आग्रहपछि राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले रकम रोक्का राखी छानबिन गरिरहेकै बेला तत्कालीन अर्थमन्त्री शर्माले क्षेत्राधिकार बाहिर गएर गर्भनर अधिकारीलाई पत्र लेख्दै रकम छोड्न निर्देशन दिएका थिए।

तर गर्भनर अधिकारीले अर्थमन्त्रीको पत्र राष्ट्रबैंकको स्वायत्तता विपरीत रहेको भन्दै अवज्ञा गरे र अर्थमन्त्रीको गैरकानुनी पत्र सार्वजनिक गरिदिए। त्यसैको झोँकमा सरकारले चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा विवादस्पद तीन सदस्यीय छानबिन समितिसमेत गठन गर्‍यो।

सरकारको निर्णयविरुद्ध अधिकारीले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै वैशाख ६ गते सर्वोच्च अदालतले निलम्बन कार्यान्वयन नगर्न र उनलाई काममा फर्किन दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। अदालतको उक्त आदेशपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने आवाज चर्को रुपमा उठेको थियो।

एउटै घर जग्गा धितो राखेर तीन बैंकबाट ऋण

पृथ्वीबहादुर शाहले चाबहिलमा रहेको एउटै घरजग्गा धितो राखेर गैरकानुनी रुपमा तीनवटा बैंक तथा सहकारीबाट ऋण लिएको खुलाएका थिए।

कानुनअनुसार एउटा धितोबाट एउटा मात्रै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भए पनि शाहले भने तीनवटा संस्थाबाट ऋण लिएको अदालतमा बुझाएको ‘आर्थिक हैसियत खुलाएको’ विवरणमा उल्लेख गरेका छन्।

यो पनि पढ्नुहोस्

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

८ घण्टा अगाडि
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

८ घण्टा अगाडि

उनले कामनपा –७ मा रहेको कित्ता नम्बर २२४ र २२६ नम्बरको जग्गामा बनेको पक्की घर राखेर प्राइम बैंक, कुमारी बैंक र सम्झना बहुमुखी सहकारी संस्थाबाट सात करोड ३० लाख ऋण लिएको उल्लेख गरेका छन्।

उनले अदालतमा पेश गरेको जवाफमा भनेका छन्, ‘प्रतिवादीमध्ये म पृथ्वी बहादुर शाहको नाममा दर्ता श्रेस्ता रहेको का.जि.का.म.न.पा. वडा नं. ७ स्थित कि.नं. २२४ क्षे फ ०–०–३–० जग्गा कित्ता १ र ऐ. ऐ. कि.नं. २२६ को क्षे.फ. ०–३–३–० जग्गा कित्ता-१ समेत २ कित्ता जग्गा र सो जग्गामा बनेको पक्की घर समेत साविक कैलाश विकास बैंक लि. हाल मर्ज भई प्राइम बैंक लि. मा धितो राखी वल्र्ड एक्सपोर्ट एण्ड ईम्पोर्ट प्रा.लि.ऋणी भई मिति २०७४/५/१० मा व्यापारी प्रयोजनका लागि कर्जा रकम रु ३,००,००,०००(तीन करोड रुपैयाँ) रहेको छ।

त्यस्तै साविक देव विकास बैंक हाल मर्ज भइ कुमारी बैंक लि. को रु ३,००,००,००० (तीन करोड) कर्जा रहेको छ त्यसैगरी सम्झना बहुमुखी सहकारी संस्थाक रु १,३०,००,००० भन्दा बढी कर्जा रहेको छ। त्यस्तै विभिन्न साथीभाईहरुसँग लिएको कर्जा तिर्न बुझाउन सकेको छैन। म प्रतिवादीको नाममा विभिन्न कम्पनी दर्ता रहेको भए तापनि सो कम्पनी विगत लामो समय देखिको कोभिड–१९ को कारणले पूर्ण रुपमा बन्द रहेको म प्रतिवादी अन्य आयस्रोत तथा रोजगारसमेत छैन।’

भारतीय नोटको कारोबारमा पनि मुछिएका थिए

शाहमाथि शंकास्पद रुपमा विदेशी मुद्रा भित्र्याएको कसुरमात्र होइन, भारतीय नोटको गैरकानुनी कारोबारको कसुरमा साढे ४ वर्षअघि नै उनी समातिएका थिए । तर, शक्ति केन्द्रको दबाबमा उनी छुटेका थिए । त्यसपछि पनि शाह गैरकानुनी धन्दामा निरन्तर लागिरहेको पछिल्लो पटक विदशेबाट आएको शंकास्पद कारोबारबाट खुलेको छ।

नेपालमा संगठित गिरोह बनाइ प्रतिबन्धित भारु भित्र्याएको आरोपमा सीआईबीले २ जेठ २०७४ मा १५ जनालाई पक्राउ गरेको थियो । त्यस घटनामा प्रतिबन्धित ५०० र १००० का नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचना आएपछि गौरीघाटस्थित एक घरमा खानतलासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रुपैयाँ बरामद भएको थियो ।

त्यस बेला ३ गाडीसहित २ करोड १६ लाख ६१ हजार भारु सीआईबीले राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो । साथमा अछामका पृथ्वीबहादुर शाहसहितका व्यक्ति पक्राउ परेका थिए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक