आइत, मंसिर १७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

देश बनाउने र बचाउनेबीच मेलमिलाप जरुरी !

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
देश बनाउने र बचाउनेबीच मेलमिलाप जरुरी !
हालै मात्र नेपाली कांग्रेसले मेलमिलाप दिवस मनायो । तत्कालीन बीपी कोइरालाको पालामा भारतमा निर्वासित उनी मेलमिलापको अवधारणा अघि सार्दै नेपाल फर्किएका थिए । राजा महेन्द्रले पञ्चायती व्यवस्था ल्याएपछि निर्वासित भएका उनी लामो समयपछि राजासँग नै सहकार्य गर्नुपर्ने धारणासहित नेपाल फर्किएका थिए । बीपीको त्यही पुनरागमनलाई नै कांग्रेसले मेलमिलाप दिवसको रुपमा बनाउँदै आएको छ । बीपीको पालामा देशको त्यतिबेलाको अवस्था र अहिले भने आकाश जमिनको नै फरक छ । संघीय व्यवस्था अभ्यास गरिरहेको देशमा अहिले राजनीतिक दलमा नै नयाँ र पुरानाबीच संघर्ष छ । देशको अवस्थाअनुसार भने के पुराना के नयाँ, के कांग्रेस, के कम्युनिस्ट सबैबीच मेलमिलाप जरुरी देखिएको छ ।
मुलुकमा राजतन्त्रको अन्त्य र लोकतन्त्र तथा गणतन्त्रको बहाली भएको पनि डेढ दशकभन्दा बढी बितिसकेको छ । तर, यो अवधिमा राजनीतिक दलबाट गरिएको अपेक्षाको नतिजा हेर्दा भने निराशाजनक नै छ । वर्षौंदेखि सत्ताको बागडोर सम्हालिरहेका दल तथा तिनका नेता नै जनतालाई सुशासन र विकास दिन सकिरहेका छैनन् । देशको आर्थिक अवस्था अधोगतिमा छ । भ्रष्टाचार र अनियमितता दिनप्रतिदिन बढ्दो छ । बेरोजगारीको समस्या चरम छ भने सर्वहारा वर्ग महँगीको मारमा परिरहेको छ । रेमिट्यान्सको भरमा चलिरहेको देशको अर्थतन्त्र कुन बेला धरापमा पर्ने हो भन्ने टुंगो छैन । विकास निर्माणका योजना वर्षौंदेखि अलपत्र छन् । काम गर्नुपर्ने ठेकेदारहरु आयोजना ओगटेर र म्याद थपेर बसिरहेका छन् ।
देशको यस्तो अवस्था हुनुको मुख्य कारण हो, पुरानै दल तथा नेताको हालिमुहाली, दलहरुबीच असमझदारी र विकासप्रति नेताको उदासीनता । डेढ दशकयता मुलुकमा व्यवस्था परिवर्तन भए पनि नयाँ नेतृत्व खासै देख्न पाइएको छैन । हुन त माओवादी जनयुद्ध गरेर शान्तिप्रक्रियामा आएको हो । तर, यो पार्टीले पनि पुरानै राजनीतिक दलको प्रवृत्ति अँगालेपछि यसका नेताहरुमा पनि नयाँपन बाँकी रहेन । डेढ दशकयताको चुनावमा कुनै पनि दलहरुले बहुमत ल्याउन सकेका छैनन् । अघिल्लो चुनावमा वाम गठबन्धनले बहुमत हासिल गरे पनि ५ वर्ष सत्ता सञ्चालन भने सम्भव भएन । अस्थिर सरकार, राजनीतिक माहोल र नेताहरुको अकर्मण्यताको कारण पनि देशको विकास ओझेलमा पर्दै आएको छ ।
राजनीतिक दल र तिनका नेताबीच सत्ताका लागि मनमुटाव र सत्ताकै मेलमिलाप जस्तो स्वार्थी खेल यस अवधिमा चलिरहेको छ । जुन मुलुकको लागि निकै घातक हो । यसले हाम्रो विकास र समृद्धिको चाहना कहिल्यै पनि पूरा हुन नसक्ने संकेत गर्छ । हालैको निर्वाचन परिणाम र नयाँ सरकार गठनबाट पनि मुलुकले स्थिरता पाउला त भन्नेमा अझै विश्वस्त हुने आधार छैन । हिजो एकअर्काको दुश्मन बनेका नेताहरु आज सत्ताका लागि मित्रता जोड्न तयार भएका छन् । हिजोका गल्तीलाई मनन गर्दै अहिलेको सरकार गठनमा देखिएको वाम गठबन्धनमा अन्य वाम दललाई पनि एकीकृत र सहभागी गराउने हो भन्ने पक्कै पनि मुलुकले केही स्थिरता पाउनेछ । देश बनाउने र बचाउनेबीच मेलमिलाप नै आजको आवश्यकता हो भन्ने चेत नेताहरुमा खुल्न जरुरी छ ,  नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

लागुऔषध सहित एक दम्पती पक्राउ

३७ मिनेट अगाडि
संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न निर्देशन

२ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

लागुऔषध सहित एक दम्पती पक्राउ

३७ मिनेट अगाडि
संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न निर्देशन

२ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेपाल स्टक एक्सचेञ्जमा ७ अंकको गिरावट

२ घण्टा अगाडि
पूर्वप्रधानमन्त्री केपीओलीलेअहिले सरकारमा जाने कुनै मनसाय नरहेको जनाउनुभयो

हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो

३ घण्टा अगाडि
भारतीय महिला लिग खेल्न दुई खेलाडी  भारत प्रस्थान

भारतीय महिला लिग खेल्न दुई खेलाडी भारत प्रस्थान

६ घण्टा अगाडि
प्रम प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

प्रम प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

६ घण्टा अगाडि

लोकप्रिय

  • युइएफए युरोकप २०२४ को ड्र सार्वजनिक

    युइएफए युरोकप २०२४ को ड्र सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • देशलाई प्रतिगमनमा जान नदिनका लागि एमाले लागिरहेको छ : ओली

    0 shares
    Share 0 Tweet 0
  • दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • कोप–२८ मा प्रधानमन्त्री दाहालको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ

    0 shares
    Share 0 Tweet 0
  • आईटीएफ जे–३० मा एलेक्सी र आसाकुरा विजेता

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

शान्ति पुनर्स्थापना गृहद्वारा सात चेलीको उद्धार

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

कामनपामा स्तरीय बाँसुरी बादन प्रतियोगिता हुने

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist