काठमाडौंमा जारी नेपाल टी २० लिगबारे गतल र मिथ्या सूचना फैलाइएको भन्दै नेपाल क्रिकेट संघ क्यानले ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल क्रिकेट संघका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल टी २० लिगमा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको भन्ने गतल सूचना फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरि फैलाइएको यस्ता गतिविधि अन्त्य गर्ने नेपाल क्रिकेट संघ प्रतिवद्धता जनाउदै,यस प्रकारका म्याच फिक्सिङ बारेमा जानकारी भए नेपाल क्रिकेट संघको कार्यालय वा हाल चलिरहेको नेपाल टी २० लिगको एन्टी करप्शन युनिटमा उजुरी बुझाउन विनम्र अनरोध गर्दछ ।
यसका साथै संघ र राष्ट्रको नाममा मिथ्यता र भ्रामक सूचना नफैलाउन नेपाल क्रिकेट संघले अनुरोध समेत गरेको छ । नेपाल क्रिकेट संघको आयोजनामा पहिलो संस्करणको नेपाल टी २० लिग पुस ९ गतेदेखि त्रिवि मैदानमा चलिरहेको छ ।