काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने/नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ।
जनता समाजवादी पार्टीको मंगलबार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने कि नजाने भन्ने सम्बन्धमा शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय गरेको हो।
त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ। जसको सदस्यहरुमा रकम जेमजोङ र गोविन्द चौधरी रहेको प्रवक्ता सुमनले जानकारी दिए।
उनले भने, ‘सरकारमा जाने, नजाने सम्बन्धमा पनि पार्टीका विचारहरु आउँदा सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरी र सरकारले गर्न थालेको शक्ति बाँडफाँटको विषयलाई ध्यानमा केन्द्रित राखेर मात्र सरकारमा सामेल हुने, अन्यथा बाहिरबाट सरकारको समर्थन त जारी नै रहने छ भन्ने हाम्रो निर्णय भयो।