बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

संसद छिर्न तिखारिँदै नयाँ सांसद

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
संसद छिर्न तिखारिँदै नयाँ सांसद
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभामा निर्वाचित माधव सापकोटा हिजोआज ‘सांसद’ बन्ने तयारीमा लागि परेका छन्।

मंसिर ४ को चुनावले माओवादी केन्द्रका उम्मेदवारका रुपमा निर्वाचित भएर पहिलो पटक संसद छिरेका उनी आफू प्रभावकारी सांसद बन्न अध्ययन, खोजबिन र सोधपुछमा लागि परेको बताउँछन्।

आइतबार संसदीय रिपोर्टिङ गरिरहेका पत्रकारहरुसँग आफ्नो दैनिकीबारे सुनाउँदै उनले भने, ‘हिजोआज म संसदमा कसरी प्रभावकारी भूमिका खेल्ने भन्ने विषयमा केन्द्रित छु। त्यसका लागि प्रतिनिधिसभाको नियमावली, संसद र सांसदसँग सम्बन्धित कानुन, युट्युबमा पुरानो संसदका बैठकहरु मसिनो गरी अध्ययन गरिरहेको छु।’

उनले पुराना र अनुभवी व्यक्तिहरुसँग पनि आफूले टेलिफोन गरेर सिकिरहेको जानकारी दिए। सापकोटा मात्रै होइन, पहिलो पटक सांसद बनेका सबै दलका सांसदहरु यसैगरी प्रभावकारी सांसद बन्ने तयारीमा जुटिरहेका छन्।

मंसिर ४ गते भएको चुनावबाट प्रतिनिधिसभामा निर्वाचित भएका सांसदहरुले पुस ७ गते शपथ ग्रहण गरेर आफ्नो पाँच वर्षे कार्यकाल सुरु गरिसकेका छन्। सरकारले पुस २५ गतेका लागि संसदको पहिलो अधिवेशन आह्वान गरेको छ।

अधिवेशन आह्वान भएसँगै सांसदहरु औपचारिक रुपमा आफ्नो कामकाजमा प्रवेश गर्दैछन्। उनीहरुको पहिलो काम नै २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतमाथि मतदान गर्नेछन्। अधिवेशन आह्वान र संसदीय काम कारबाही सुरु हुने तरखरसँगै सांसदहरु आफूलाई तिखार्न लागिपरेका हुन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा २०७४ मा सांसद नभएका २२० जना व्यक्ति निर्वाचित भएर आएका छन्।

एमालेको समानुपातिकतर्फबाट प्रतिनिधिसभा छिरेकी दीपा शर्मा पनि संसदमा आफूले खेल्ने भूमिकाबारे जानकारी लिँदैछिन्।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा घाम ताप्दै उनी अब आफू संसदमा कसरी प्रस्तुत हुने र त्यसका लागि के कस्तो तयारी गर्नुपर्छ भन्ने विषयमा दोस्रो संविधानसभा र २०७४ मा चितवन–२ बाट निर्वाचित भएर संसदमा छुट्टै पहिचना बनाएमा एमालेका कृष्णभक्त पोखरेलसँग सोधिखोजी गरिन्।

पछिल्लो चुनावमा संसद छिर्न नसके पनि अनुभवी सांसदको छवि बनाएका पोखरेलले शर्मालाई सुझाउँदै भने, ‘तपाईं संविधान, प्रतिनिधिसभाको नियमावली अध्ययन गर्नुहोस्। मैंले कानुन न्याय तथा मानव अधिकार समितिको सभापति हुँदा संसदीय अभ्यासबारे किताब निकालेको छु। सचिवालयमा गएर त्यो पनि मागेर हेर्नुहोस्।’

पाल्पा–२ बाट निर्वाचित भएर पहिलो पटक संसद छिरेका एमालेका ठाकुर गैरे पनि संसदमा कसरी देखिने बन्ने भन्ने ध्याउन्नमा छन्। पूर्वसभामुख समेत रहेका आफ्नै पार्टीका सांसद सुवास नेम्वाङसँग आफ्नो भूमिकाबारे जान्न उनी शपथ ग्रहणपछि दलको कार्यालय पुगेका थिए।

उनले नेम्वाङलाई सोधे, ‘हामीले अब के गर्नुपर्छ?’ तीन कार्यकाल सभामुख भइसकेका नेम्वाङले पनि गैरेलाई अरुले जस्तै सुझाव दिए, ‘संविधान, नियमावली हेर्दै गर्नुहोस्। यसबारे हामी दलमै मसिनो गरी जानकारी गराउँछौँ।’

काठमाडौँ–५ बाट निर्वाचित भएका कांग्रेसका प्रदीप पौडेल पनि नयाँ जोस जाँगरसहित संसदको काम कारबाहीमा सहभागी हुने प्रतिक्षामा छन्। पहिलो पटक सांसद भएका उनी संसदमा कसरी आफ्नो र दलको उपस्थिति देखाउने भन्ने योजना बुनिरहेका छन्।

‘हामी संसदमा विपक्षी भएका छौँ। राज्यका निकायलाई घच्घचाउने काम हुनेछ,’ पौडेलले आफूले गरिरहेको तयारीबारे जानकारी दिँदै अगाडि भने, ‘हामीले बाहिर भन्दै आएको, चुनावमा प्रतिबद्धता जनाएका कुरा संसदको रोष्ट्रमबाट उठाउने छौँ। सुशासनको विषयलाई उठाउने छौँ। अव्यवहारिक नीति, नियम कानुनलाई संशोधन गर्नुपर्ने अवस्था छ। नयाँ कानुन निर्माण गरेर कानुनी राज्यको अनुभूति दिनेछौँ। त्यसका लागि मैले तयारी गरिरहेको छु।’

जुम्लाबाट निर्वाचित राप्रपाका युवा सांसद ज्ञानेन्द्र शाहीले चुनावी परिणाम आएलगत्तै उहीँबाट संसद सचिवालयमा फोन गरेर आफूले अब के गर्नुपर्छ भनेर सोधेका थिए।

संसद छिर्नुअघि आफ्नो तयारीबारे जानकारी दिँदै उनले देश सञ्चारसँग भने, ‘म निर्वाचित भएलगत्तै जुम्लाबाटै संसद सचिवालयमा फोन गरेर सांसदले गर्नुपर्ने कामबारे जानकारी लिएँ। त्यसका लागि के के अध्ययन गर्नुपर्न, आफूलाई कसरी तयारी गर्नुपर्छ भन्ने जानकारी लिएर तयारी गरिररहेको छु।’

सांसदहरुले आफ्नो भूमिकालाई व्यक्तिगत रुपमा तयारी गरिरहेको अवस्थामा संसद सचिवालय र सम्बन्धित दलले पनि आफ्ना सांसदलाई प्रशिक्षण दिँदैछन्।

सचिवालयले पुस २५ गते अधिवेशन सुरु हुने र २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएकाले त्यसलगत्तै सांसदहरुलाई क्षमता अभिवृद्धिका लागि ओरेण्टेसन कार्यक्रम राख्ने प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

‘सबै सांसदहरुलाई ओरेण्टेसन कार्यक्रम हुन्छ,’ पाण्डेले अगाडि भने, ‘त्यहाँ हामी उहाँहरुलाई कानुन निर्माण प्रक्रियाका बारेमा मसिनो गरी विज्ञबाट जानकारी गराउँछौँ। तल्लो सदन, माथिल्लो सदनमा विधेयक कसरी अघि बढ्छ? समिति प्रणाली, अनुगमनका बारेमा प्रशिक्षित गर्छौँ। समग्रमा सांसदले खेल्नुपर्ने भूमिकाका बारेमा सिकाउँछौँ।’

दलगत रुपमा एमालेले अविधेशन सुरु हुनुअघि नै पुस २३ र २४ गते आफ्ना सांसदका लागि प्रशिक्षण कार्यक्रम तय गरिसकेको छ। जहाँ एमालेकै पूर्व र बहालवाला सांसदहरुले आफ्ना अनुभव सुनाउने छन्।

त्यस्तै, माओवादी केन्द्रले पनि आफ्ना सांसदलाई आरेण्टेसन दिने जनाएको छ। प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘हामी पनि सांसदहरुलाई प्रशिक्षित गर्छौँ तर मिति तय भएको छैन।’

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

५ घण्टा अगाडि

संसदको ठूलो दल कांग्रेसले पनि आफ्ना सांसदलाई भूमिकाबारे जानकारी गराउने जनाएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक