बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ :  वरिष्ठ नेता पौडेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने जनाएका छन् । मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने जनाएका हुन् ।

उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको जिकिर गरे । उनले भने, ‘यहाँ जो राष्ट्रिय सहमतिको कुरा आइराख्छ नि बेला बेलामा । यो बेला हो कि । आज यो देशमा के भइराखेको छ, एकातिर अर्थतन्त्रको यत्रो खतरनाक अवस्थामा छ भन्ने छ ।

विश्वको मन्दी यहाँ पनि घुम्दै आइराखेको छ । अर्कोतर्फ चीनबाट उत्पन्न भएको कोरोना फेरि घुम्दै घुम्दै इन्डिया हुँदै नेपाल आउँदैछ भनिएको छ । यहाँ राजनीतिक, आर्थिक, स्वास्थ्य सम्बन्धी, सामाजिक, मानवीय समस्याहरूले हामीलाई घेरिरहेका छन् । यो घेरिरहेको बेलामा हामीले आफ्नो लागि उपयुक्त बाँच्ने उपाय के हो त रु मलाई अझै पनि लाग्छ राष्ट्रिय सहमतिको एउटा खोजी गरौँ ।

अझै पनि लाग्छ हामी मिलेर नेपालको स्वार्थमा, नेपालीको, प्रजातन्त्रको स्वार्थमा । ७० वर्ष लडेर प्राप्त गरेको परिवर्तन, व्यवस्था, यो संविधानको स्वार्थमा एकपटक फेरि हामीले राष्ट्रिय सहमति खोज्ने हो कि रु म यहाँ बाहिर भएर यो भनिरहेको छैन । तपाईंहरु विचार गर्नुहोला भोलि । म जहाँ भए पनि म एउटा नेपाली भएर भनिरहेको छु । अहिले पनि राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिको सरकारको प्रयत्न अझै पनि गर्नुपर्छ कि भन्ने मलाई लाग्छ । यो मेरो भित्र दिलले देखाएको बाटो । एउटा उपाय बाँच्ने बाटो । यो मलाई लागिरहेको छ । नेपाललाई अहिले यो परिवर्तनलाई जोगाएर, यो व्यवस्था, यो संविधानलाई जोगाएर हामी एक भएर अझै पनि राष्ट्रिय सहमति गरेर जाने हो कि भन्ने मलाई लाग्छ ।’

वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे । उनले आफूहरूले गरेको हिसाबकिताबले काम नगरेको जनाए। उनले विगतमा आफूहरुका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको जनाए  । देशमा अस्थिरताको शृङ्खला अगाडी बढेको उनले जनाए । उनले भने, ‘म ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो भन्ने एउटा नेपाली उखान छ, एउटा कुरा सोचेर आइराखेको छ कुरा अर्कै भइसक्छ । हाम्रो हिसाबकिताबले यहाँ काम गरेकै छैन ।

कुन हिसाबकिताबले काम गरेको हो थाहा छैन । एकथोक सोचेको अर्को थोक भइराखेको हुन्छ । काँग्रेसले माओवादीलाई हँसिया हथौडामा भोट हालेर, माओवादीले रुखमा भोट हालेर आफ्नो विपरीत सिद्धान्तलाई पनि अङ्गीकार गरेर चुनाव सम्पन्न भयो । लगभग गठबन्धन बहुमतमा आयो पनि । दुई चार भोट यता उता त्यो मिलिहाल्थ्यो ।

त्यो आएको गठबन्धन एकाएक हाइज्याक भयो । यसलाई मैले के रूपमा भनेको छु भने फेरि देशको लागि दुर्भाग्य । अस्थिरताको शृङ्खला यो मुलुकमा अत्यन्त तीव्र तासाथ अगाडी बढ्यो । यसले फेरि राष्ट्रलाई गरिखान दिँदैन । हामीले विकास गर्नलाई यहाँ बसेर फेरि नपाउनेतिर जान लागेको मलाई चिन्ता भएको छ ।’

वरिष्ठ नेता पौडेलले सांसदहरूलाई ऐन, कानून बनाउनका लागि जनताको प्रतिनिधिको रूपमा पठाइने भए पनि सांसदहरू विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेका बताए । जनताले पनि सांसदहरूलाई विकासे कार्यकताको रूपमा बुझ्दा समस्या भएको बताए । जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरू पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उनको भनाई थियो । उनले संविधानले दिएजति अधिकार स्थानीय तहले पाउन नसकेको बताए । केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसकेका कारण स्थानीय तहहरूले अधिकार नपाएका उनको जिकिर थियो ।

 

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

३ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक