आइत, मंसिर ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचन समाचार सङ्ग्रह–प्रतिवेदन हस्तान्तरण

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
निर्वाचन समाचार सङ्ग्रह–प्रतिवेदन हस्तान्तरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकलाई निर्वाचनमय बनाउन राष्ट्रिय समाचार समिति (रासस) को भूमिका अद्वितीय रहेको बताउनुभएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा गरिएका क्रियाकलापबारे राससको प्रतिवेदन आज (मङ्गलबार) आयोगको कार्यालयमा बुझ्दै प्रमुख आयुक्त थपलियाले समाचार सङ्कलन गर्ने निकाय कम तर सम्प्रेषण गर्ने निकाय धेरै भएको अवस्थामा राससले तल्लो तहसम्मका निर्वाचनका सूचना र समाचारलाई सङ्कलन गरी सम्प्रेषण गरेको बताउनुभयो । उहाँले निर्वाचनका समयमा राससले सम्प्रेषण गरेका सामग्री निर्वाचनसम्बन्धी अध्ययनका साथै इतिहास लेखनका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गर्दै निर्वाचनका समयमा राससले आफ्नो क्षमताको पुनः पुष्टि गरेको जनाउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राससकर्मीको उक्त कार्यका लागि आभार व्यक्त गर्दै सार्वजनिक सञ्चारमाध्यमका लागि आयोगले गर्न सक्ने अन्य पूर्वाधार सहयोग पनि गर्ने प्रतिबद्धता सुनाउनुभयो । उहाँले निर्वाचन व्यवस्थापनका क्रममा हार्डवेयर र सफ्टवेयर दुई कार्य हुने र निर्वाचन प्रचारप्रसारका लागि सफ्टवेयर महत्त्वपूर्ण हुने भएकाले रासससँग निर्वाचनपछिका अवधिमा पनि निरन्तर सहयोग र सहकार्य हुनुपर्ने बताउँदै भन्नुभयो, “निर्वाचनलाई मानिसका जीवनशैलीका रूपमा लिनुपर्छ । निर्वाचन पछिका अवधिमा पनि आयोग निरन्तर क्रियाशील रहन्छ । त्यस क्रममा आमसञ्चार र सामाजिक सञ्जालसँगको नियमित समन्वय र सम्पर्कका लागि आयोगले सङ्गठन पुनः व्यवस्थापन गर्नेछ ।”

राससबाट निर्वाचनको दुई महिने अवधिमा सम्प्रेषित समाचारको एक हजार एक सय पृष्ठको सङ्ग्रह–प्रतिवेदन हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई आयोगबाट गरिएको विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष झाले राससले तल्लो तहसम्मका समाचारलाई संलग्न गरेर सन्तुलितरुपमा सम्प्रेषण गरेको जनाउँदै निर्वाचनपछिका अवधिमा पनि आयोगसँग सहकार्य हुने अपेक्षा व्यक्त गर्नुभयो ।

राससका नायब महाप्रबन्धक सोमनाथ लामिछानेका अनुसार यस निर्वाचनका अवधिमा राससबाट करिब छ हजार फोटो र एक हजार पाँच सय भिडियो सामग्री सम्प्रेषण गरिएको थियो । सो अवसरमा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, आयोगका सहसचिव शालिग्राम शर्मा पौडेल, तुलसीबहादुर श्रेष्ठ, राससका महाप्रबन्धक सिद्धराज राई, आयोगका उपसचिव सूर्यप्रसाद अर्याल र कमल भट्टराई, रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रमुख समाचारदाता उत्तम सिलवाल, प्रशासन प्रमुख शीतल महतोलगायत सहभागी हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

५ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक