बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ लोकार्पण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ लोकार्पण

????????? ???????? ????????? ?????? ?????? ????? ??????????? ????? ???? ??????? ????? ?????? ???????? ???????? ???????? ????? ??????????? ?????? ???????????????? ????????? ???? ? ??????? ??????? ?????, ????

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यको नेपाल–चीन सम्बन्धसहितका कूटनीतिक क्षेत्रका विविध विषयवस्तु समेटिएको ‘कूटनीतिक डायरी’ पुस्तक सार्वजनिक भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले आज यहाँ आयोजित समारोहमा उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । चीनमा रहँदा नेपाल–चीन सम्बन्ध विकसित गर्ने सम्बन्धमा भएका द्विपक्षीय भेटघाट, छलफल, सहयोग र सम्झौतासम्बन्धी देखेको, भोगको र अनुभव गरेका विषय स्पष्टरूपमा कृतिमा समावेश गर्नुभएको छ ।

पुस्तकमा कूटनीतिक यात्रा, चीनबारे अनुभव र बुझाइ, माओको उदय र प्रभाव, एक चीन नीति, कालापानीबारे चासो, पारवहन सन्धिको चासो, राजा वीरेन्द्रको चीन भ्रमण, चिनियाँ प्रधानन्त्री झु रुङ जीको नेपाल भ्रमण तथा आर्थिक कूटनीति र मगन्ते प्रवृत्तिलगायत शीर्षकमा विविध विषय समेटिएको छ ।

उहाँ विसं २०५५ कात्तिक १ देखि २०५९ माघ १५ गतेसम्म चीनका लागि राजदूत हुनुहुन्थ्यो । पूर्वराजदूत आचार्यले आफ्नो पुस्तक स्व राजा वीरेन्द्र तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व विपी कोइरालाप्रति समर्पित गर्नुभएको उल्लेख छ ।

बेइजिङमा चार वर्ष रहँदा उहाँलाई दुई राजा र पाँचवटा सरकारको प्रतिनिधि भई काम गर्ने अवसर जुटेको थियो । नेपाल चीनसँग सीमा जोडिएका १४ मध्ये एक छिमेकी राष्ट्र हो । शान्त कूटनीतिमा विश्वास गर्ने चीन र नेपालबीचको सम्बन्ध सदियौँदेखि मित्रवत् रहँदै आएको छ ।

नेपालजस्ता मुलुकले चीनको अवधारण बुझेर नीतिगत सामञ्जस्य मिलाएर राष्ट्रिय हित संरक्षण गर्न सक्नुपर्छ भन्ने परराष्ट्र मामिलाका जानकार बताउनुहुन्छ । कृतिमा प्राध्यापक केदारभक्त माथेमा, कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ, पत्रकार ध्रुबहरि अधिकारी र कमला आचार्यले कृतिका सम्बन्धमा समीक्षा र प्रतिक्रिया समेटिएको छ ।

पुस्तकमा मङ्गोलिया र उत्तर कोरिया सम्बन्धित  कतिपय विषयवस्तु र तथ्य तथ्याङ्क समावेश गरिएको छ । राष्ट्रहितलाई सर्वोपरी राखेर छिमेकीसित सन्तुलन कायम गर्न तथा विश्व शान्ति र अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने विषयमा समेटिएको लेखले कृतिलाई ओजपूर्ण तुल्याएको छ ।

चीनबारे अनुभव  र बुझाइ शीर्षकमा लेखक आचार्यले चिनियाँ नेतृत्वसहित सबैले कडाइका साथ समयको पालना गरेको, सबै काम र भेटघाट निर्धारित समयमै हुने गरेको तथा सार्वजनिक यातायात हवाई, रेल र बस निकै व्यवस्थित रहेको उल्लेख छ । चीनले अनुसन्धान र विकासमा धेरै ठूलो लगानी गरेको तथा उनीहरूको जोड विशेषत विद्यार्थीमा ज्ञान, सीप र व्यक्तित्व विकासमा रहेको उल्लेख छ ।

पुस्तक विमोचन समारोहमा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले छिमेकीसँग सन्तुलन कायम गरी आफ्नो राष्ट्रियहितमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “चीनका नेताहरूबाट माथिल्लो तहको शिष्टाचार र मानवीय पक्षमामा सबैले ज्ञान लिन र सिक्न जरुरी छ ।”

कूटनीतिक क्षेत्रका जानकार पूर्वसचिव चिरनशम्शेर थापाले राजनीतिक हिसाबले उथलपुथल भए पनि चीनले नेपालाई सधैँभर श्रद्धाभावले हेर्दै आएको बताउनुभयो ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले मुलुकको प्रतिनिधित्व गरेर जाने व्यक्तिले दल विशेषको नभई राष्ट्रहितलाई सर्वोपरी राखेर काम गर्न सक्नुपर्छ भन्ने सन्देश पुस्तक अध्ययनबाट थाहा पाइने छ भन्नुभयो ।

वरिष्ठ पत्रकार अधिकारीले नेपाल–चीन सम्बन्ध र समग्र कूटनीतिबारे जानकारी लिन चाहने पाठकका लागि कूटनीति डायरी ओजपूर्ण र मूल्यवान रहेको बताउनुभयो ।  लेखक शौरभले मुलुक कृषिमा आत्मनिर्भर नरहेसम्म  परिपक्क ढङ्गबाट कूटनीतिमा सन्तुलन कायम गर्न सकिन्न भन्ने सन्देशलाई नेतृत्वले अझै आत्मसाथ गर्न नसकेको भनी टिप्पणी गर्नुभयो ।

पुस्तका स्रष्टा आचार्यले नेपाल र चीनबीच समस्यारहित रहेको धारणा राख्नुभयो । पूर्वराजदूत आचार्यले कूटनीतिक डायरी विसं २०३३ मा विपी कोइराला मेलमिलापको नीति लिई ज्यानकै बाजी राखेर स्वदेश फर्केको दिनका अवसर पारेर विमोचन कार्यक्रम राख्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक