काठमाडौँ–एकीकृत समाजवादी (नेकपा एस)ले शनिबार स्थायी कमिटी बैठक आह्वान गरेको छ। बैठक शनिबार बिहान ११ बजे आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने र चुनावको समीक्षा गरिने पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिए।
सरकारमा सहभागी हुने नहुने र अब पार्टीले चाल्नु पर्ने कदमका बारेमा अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेका छन्।
जिल्ला तहबाट प्राप्त भएको सुझाव बारे पनि बैठकमा छलफल हुने नेकपा एसले जनाएको छ।


