काठमाडौँ- भारत सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग मिलेर काम गर्ने आशा राखेको तथा सांस्कृतिक सम्बन्धलाई बढाउने दिशामा काम गर्ने बताएका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन भारत सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले नेपाल-भारत सम्बन्धको सांस्कृतिक सम्बन्ध अद्भूत रहेको उल्लेख गर्दै नयाँ सरकारसँग मिलेर अघि बढ्ने भारत सरकारको नीतिबारे प्रस्ट पारेका हुन्।


