काठमाडाैं । स्वास्थ्यजन्य फोहरलाई विभिन्न प्रकारका हेल्थपोष्ट तथा क्लिनिकहरुबाट संकालन गरी सुरक्षित ढङ्गले व्यावस्थापन गर्न एकीकृत शहरी विकास केन्द्र सिआईयूडिले कीर्तिपुर नगरपालिकालाई फोहर राख्ने क्याविन सहितको एक थान ई—रिक्सा हस्तानतरण गरेको छ ।
आज पुष १४ नगरपालिकाको सभा कक्षमा संचालिन एक कार्यक्रमकावीच संस्थाका प्रशासनिक प्रवन्धक सुवर्ण नरसिंह जोशीले नगरपालिकाकी उप–मेयर शुभ लक्ष्मी शाक्यलाई उक्त विधुतीय रिक्साको साचो र सवारी साधन दर्ता प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा उपमेयर शाक्य सिआईयूडिलाई धन्यबाद दिदै कीर्तिपुर नगरपालिकाले आफ्नो फोहर आफैले समाधान गर्ने नित्ती अपनाएर अविल्म्ब फोहरमैला तथा अन्य सरकारवालाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने जनाइन् ।
कार्यक्रममा कीर्तिपुर स्वास्थ्य विकासका प्रमुख सन्तमान मानन्धरले COVID -19 विरुद्वको खोपबाट सिर्जिट अत्याधीक घातक स्वस्थ्यजन्य फोहरहरु फोहरहरु पालीकाले एउटा कोठामा थुपारेर राख्न वाध्य भएको जानकारी गराउनुभयो । विभिन्न संस्थासँगको समन्वयमा बायो मेडिकलको फोहरलाई पनि व्यवस्थीत गर्ने आगमी लक्ष्य रहेको र तद् अनुसार यस विधुतीय रिक्साले सहयोग हुने आशा व्यक्त गर्नुभयो ।
यसका साथै रुपेश महर्जन केरेला Workshop on Wheels बाट सिकेका, बुझेका र देखेका अनुभवका बारेमा प्रस्तुत गर्नुभएको थियो । त्यस्तै CIUD का रेगन श्रेष्ठले विधुतीय रिक्सा तथा क्याविनेटका प्रविधिक पक्ष तथा मर्मत सम्भारका बारे जानकारी गराउनु भएको थियो । यस R4D तथा TAG Project का Assistant Researcher यश मान कर्माचार्यले CIUD को परिचय तथा यस परियोजनाको बारे विस्तृत रुपमा जानकारी गराउँदै कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वागत मन्तव्य राखेर कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रममा कीर्तिपुरका वन तथा वातावरण संयोजक र वडा नं. १ का अध्यक्ष हिरालाल महर्जनले स्वास्थ्यजन्य फोहरको व्यवस्थापन कार्यको शुरुवात कीर्तिपुरबाटै एउटा माेडेलकारुपमा शुरु हुन लागिएकोमा खुसी व्यक्त गर्नुभयो र आगामी दिनहरुमा पनि संघसंस्थाहरुसंग समन्वय गर्दै कीर्तिपुरलाई फोहर व्यवस्थापनमा अग्रगामी भुमिका खेल्ने दावी गर्नुभयो ।


