शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कांग्रेसमा देउवा रक्षात्मक, बलियो बन्ने रणनीतिमा इतर समूह

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कांग्रेसमा देउवा रक्षात्मक, बलियो बन्ने रणनीतिमा इतर समूह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ– नेपाली कांग्रेस संस्थापनइतर समूहले आफ्नो गुट बलियो बनाउने रणनीति अघि बढाएको छ। केन्द्रदेखि तल्लो तहसम्मका नेता–कार्यकर्तालाई संस्थापनइतर पक्षमा उभ्याउन पहल गर्ने गरी छलफल थालेको हो।

निर्वाचनमार्फत मुलुकको पहिलो राजनीतिक दल बने पनि पार्टी सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको हठका कारण सरकारको प्रतिपक्षीको रुपमा बस्नुपरेको भन्दै नेता–कार्यकर्ता रुष्ट भइरहेका बेला इतर समूहले गुट बलियो बनाउने गृहकार्य सुरु गरेको हो।

देउवासँग असन्तुष्ट भएपछि एमालेसँग तालमेल गरी बहुमत सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देउवासँग पार्टीभित्र आफ्नै समूहका नेता –कार्यकर्तासमेत चिढिएका छन्। देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले नै पाउनुपर्ने अडान राखेपछि प्रचण्डले सरकार निर्माणको विकल्प खोजेका हुन्।

‘प्रचण्ड’ एमालेसहित विभिन्न सात दल र स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बने भने अझै सरकारमा सहभागी हुने दल र समर्थन जुटाउनेको संख्या बढाउने गृहकार्य गरिरहेका छन्।

यसमा ओलीले पनि प्रचण्ड जत्तिकै भूमिका खेलिरहेका छन्। दुई वर्षअघि पानी बाराबारको अवस्थामा पुगेका ओली र प्रचण्डले सरकार निर्माणको लागि तालमेल गरेका हुन् भने उक्त समूहमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई पनि सामेल गराउन पहल भइरहेको छ।

ओलीसँगको इगोका कारण पार्टी नै फुटाएर हिँडेका माधवकुमार नेपाल, झलनाथ खनालसमेत उनै ओलीसँग मिल्न जान तयार हुने अवस्था सिर्जना हुँदै गर्दा देउवा भने एक्लिँदै गएका छन्।

ओली–प्रचण्डले देउवाबाहेक लगभग सबै दललाई सरकारको समर्थनमा उभ्याउने पहल गरिरहँदा देउवा भने आफ्नै पार्टीका नेता कार्यकर्ताको साथ गुमाउने अवस्थामा पुगेका छन्। आफू रणनीतिक रुपमा असफल भएपछि देउवा पार्टीभित्रै रक्षात्मक अवस्थामा पुगेका छन्।

देउवाले सत्ता गठबन्धन टिकाउन नसकेको भन्दै इतर समूहका नेताहरु देउवाले राजीनामा दिनुपर्नेसम्मका अभिव्यक्ति दिँदै आएका छन्। पार्टीमा संस्थापनइतर समूहले केन्द्रदेखि प्रदेशसम्मै आफूहरुको गुट बलियो बनाउने रणनीति अघि बढाएपछि देउवा पार्टीभित्रै कमजोर हुने अवस्थामा देखिएका हुन्।

पार्टीको संसदीय दलको नेतामा हस्तक्षेपकारी भूमिका खेलेको संस्थापनइतर समूहले सातै प्रदेशका संसदीय दलको चुनावमा पनि त्यस्तै अभ्यास गर्दै छ। सात वटा प्रदेशमध्ये हालसम्म ३ वटा प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन भएका छन्। चार प्रदेशमा छान्न बाँकी छ।

बुधबार बागमती प्रदेश र गण्डकी प्रदेश संसदीय दलको नेता निर्वाचनमार्फत चुनिएका छन्। केन्द्रको सिको गर्दै कांग्रेसका प्रदेश सांसदले पनि निर्वाचनमार्फत दलको नेता छानेका हुन्।

बागमतीमा बहादुर सिंह लामा र गण्डकीमा सुरेन्द्रराज पाण्डे निर्वाचनमार्फत चुनिएका छन्। नुवाकोट २ ‘ख’ बाट प्रदेश सभा विजयी लामाले प्रतिद्वन्द्वी मकवानपुर २ ‘ख’ बाट विजयी ईन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन्। लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत प्राप्त गरे। बागमती प्रदेशमा कांग्रेसका ३७ सदस्य छन्।

गण्डकी प्रदेश संसदीय दलको नेतामा चुनिएका पाण्डेले प्रतिस्पर्धी भोजराज अर्याललाई १० मतले पराजित गरेका छन्। पाण्डेले १८ मत र अर्यालले ८ मत पाएका छन्। २७ मतमध्ये १ मत बदर भएको छ। पाण्डे गोरखा २ ‘ख’ र अर्याल स्याङ्जा २ ‘क’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए। बागमती र गण्डकीबाट जितेका दुवै नेता पार्टी सभापति देउवानिकट हुन्।

उनीहरु देउवानिकट नेताको रुपमा मानिँदै आए पनि संसदीय दलको चुनावमा भने इतर समूहका नेताले पनि सहयोग गरेका बुझिएको छ।

बागमती र गण्डकी प्रदेश संसदीय दलको निर्वाचनमा पार्टीका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले हस्तक्षेपकारी नीति अपनाए पनि उनीहरुले समर्थन गरेका नेता विजयी हुन सकेनन् तर नेताहरु गुरुङ र थापाका कारण विजयी भएका दलका नेतासँगको मतान्तर घटाइदिएका इतर समूहका एक नेताले दाबी गरेका छन्।

कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही गत शुक्रबार सर्वसम्मत चयन भएका छन्। शाही पनि देउवा निकट हुन्। शाही हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशमा आगामी १७ गते संसदीय दलको नेताको लागि चुनाव हुँदै छ। १६ गते प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ। लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेताको लागि राजु खनाल अव्दुल रजाक, दिल्ली चौधरी, वीरबहादुर रानालगायत आकांक्षी रहेका पार्टीकी प्रदेश सहमहामन्त्री तथा सांसद निमा गिरीले देश सञ्चारलाई जानकारी दिइन्।

सुदूरपश्चिम प्रदेशमा चुनाव कहिले गर्ने भन्ने टुंगो लागिसकेको छैन। उक्त प्रदेश संसदीय दलको नेताको लागि प्रकाशबहादुर देउवा, मेघराज खड्कालगायतले दाबी गरेका छन्।

यस्तै प्रदेश नम्बर एकको संसदीय दलको नेता पर्सी चुन्ने तयारी भएको यो प्रदेशका पार्टी सभापति उद्धव थापाले जानकारी दिए। एक नम्बर प्रदेशमा कांग्रेसका २९ सांसद छन्। प्रदेश नम्बर एकमा कांग्रेस सस्थापनइतर समूहका नेता डा. शेखर कोइराला स्वय‌ं खटिएका छन्।

संसदीय दलको नेता आफ्नो समूहको चुन्न उनी लागिपरेका हुन्। अंक गणितअनुसार प्रदेश एकको संसदीय दलको नेता पनि संस्थापन समूहकै हुने देखिन्छ तर कोइरालाले आफ्नो पक्षमा माहोल बनाउने प्रयास गर्दै छन्। दुई नम्बर प्रदेशको संसदीय दलको नेता बिहीबार चुन्ने तयारी छ। कांग्रेसका कुल २२ जना सांसद रहेका यो प्रदेशमा पनि निर्वाचन नै हुन लागेको प्रदेश सभापति कृष्ण यादवले देश सञ्चारलाई जानकारी दिए।

कांग्रेसले कर्णाली प्रदेश बाहेक सबै प्रदेशमा निर्वाचनमार्फत नै संसदीय दलको नेता चुन्ने भएको हो। केन्द्रबाटै यो अभ्यासको सुरुवात भएको हो। पार्टीको संसदीय दलको नेतामा महामन्त्री गगन थापा पार्टी सभापति देउवासँग पराजित भएपछि इतर समूह थप आक्रमक र विद्रोही बन्दै गएको छ। बलियो बन्दै गएको इतर समूहले पार्टी सभापति देउवाको कारण सरकार बाहिर रहन परेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने समेत माग गरेका छन्।

बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बुधबार इतर समूहको भेलामा यस विषयमा पनि छलफल भएको थियो। मंसिर ४ मा सम्पन्न निर्वाचन र निर्वाचनपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल भएको हो। बैठकमा पुस २२ गते बस्न लागेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा समूहका तर्फबाट प्रस्तुत गर्ने एजेन्डा तय गरिँदै छ।

यो पनि पढ्नुहोस्

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

६ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

न्यून चापीय क्षेत्रको प्रभाव

८ घण्टा अगाडि

इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, दिलेन्दप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाईंलगायत नेता बुधबारको बैठकमा सहभागी थिए। यो समूहले फेरि छिट्टै अर्को बैठक बोलाउने तयारी गरेको सहमहामन्त्री परियारले बताए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक