काठमाडौँ – एकीकृत समाजवादीलाई सरकारको पक्षमा ल्याउन राजनीतिक कसरत हुन थालेको छ।
कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार एमाले, रास्वपा, राप्रपासहितका दलको समर्थनमा प्रधानमन्त्री बने।
त्यसैक्रममा मंगलबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले भेटवार्ता गरेका छन्।
निटक स्रोतका अनुसार नेपालको सम्धी सोमप्रसाद पाण्डेको निवास बानेश्वरमा भएको भेटवार्ता पौडेलले सरकारलाई समर्थन गर्न र एमालेमा फर्किन नेपाललाई आग्रह गरेका छन्।
यसअघि गत बिहीबार एमाले अध्यक्ष ओलीले नै नेपाललाई फोन गरेर संवादका लागि आग्रह गरे पनि उनले अस्वीकार गरेका थिए। कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि नेपालले आफ्नो पार्टीलाई दुवै दलले धोखा दिएको भन्दै गुनासो गरेका छन्।
अध्यक्ष नेपाललाई दाहाल नेतृत्वको सरकारलाई समर्थन दिन पार्टीभित्रबाट दबाब बढेको छ।


