काठमाडौं। प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गरेका छन् । आज बिहान भएको छलफलमा सरकारलाई समर्थन गर्न प्रचण्डले नेपाललाईआग्रह गरेका छन् ।
छलफलमा नेता नेपालले पार्टीमा छलफल गरेर निर्णय दिइने बताएका थिए । ‘माधवकुमार नेपालसँग पनि कुरा भएको छ , सरकारलाई समर्थन दिने विषयमा प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ’, प्रचण्डका स्वकीय सचिव रमेश मल्ले भने ‘उहाँहरुले सल्लाह गर्छौँ भन्नुभएको छ । ‘

