बिहि, असार १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री प्रचण्डले खोला तर्‍यो लौरो बिर्सियोझैं गरे : माकुने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री प्रचण्डले खोला तर्‍यो लौरो बिर्सियोझैं गरे :  माकुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । मित्रताका हिसाबले घनिष्ठ सम्बन्ध भएका व्यक्ति हुन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। एमालेबाट पार्टी विभाजन गरेपछि यी दुई जनाको घनिष्ठता झन् झाँगिएको थियो। संसदीय चुनावपछि संयन्त्र बनाएर पार्टी एकताको गृहकार्यसमेत गरेका दुई जनाको मित्रता आइतबारको घटनापछि एकाएक पुसको जाडोझैं चिसिएको छ। प्रचण्डले माधव नेपालप्रति दुखेसो पोखेका छन् भने नेपालले प्रचण्डप्रति गुनासो गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पहिलो कार्यकालमा प्रधानमन्त्री नदिने अडान कांग्रेस सभापति शेरबहादुर देउवाले कायम राखेपछि आइतबार नयाँ घटनाक्रम विकसित भयो। १०:४० मा बालुवाटार छिरेका प्रचण्ड १२:५० मा गठबन्धन टुट्‍यो भन्दै निस्किए। तर हिँड्ने बेला उनले आफ्ना मित्र माधव नेपाललाई जाऊँसम्म भनेनन्।उहाँ त गठबन्धन भत्कियो भन्ने घोषणा गरेर हिँड्नुभयो। अर्को विकल्पमा छलफलमा जाऔंसम्म भन्नुभएन। यो उहाँको बानी नै हो,’ नेपालले भने, ‘खोला तर्‍यो लौरो बिर्सियो भन्छन् नि१ हो त्यस्तै।

माधव नेपालका अनुसार प्रचण्डले उनीसँग गरेको सल्लाहको पनि पालना गरेनन्। पहिलो कार्यकाल आफूलाई दिन देउवाले अस्वीकार गरेपछि प्रचण्डले माधव नेपाललाई ओलीकहाँ गएर नयाँ समीकरणका लागि छलफल गर्ने भनेका रहेछन्। देउवाजीले अडान नछाडेपछि तपाईं र म केपी ओलीसँग बसेर छलफल गरौं भन्नुभएको थियो। यो प्रस्तावको पनि पालना नगरी उहाँ त सिधै बालकोट जानुभयो। कुनै खबर नै गर्नुभएन, नेपालले सेतोपाटीसँग भने। पछिल्लो समय माधव नेपालप्रति प्रचण्डको पनि मन मरेको देखिन्छ। यसमा मुख्यतस् तीन कारण छन्।

पहिलो कारणबारे चर्चा गरौं।

बालुवाटारमा आइतबार त्रिपक्षीय बैठक भएको थियो। बैठकमा प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्रीमा दाबी छाडेनन्। देउवाले पनि साथीहरूले दिन मान्दैनन् भनिरहे। प्रचण्डका लागि महत्वपूर्ण त्यो घडीमा नेपाल भने उनका पक्षमा खुलेनन्। बरू उनले भनिदिए,२-२-१ वर्ष आलोपालोको कुरा भएको छ। तपाईंहरूको कुरा मिल्दैन भने पहिलो अवसर समाजवादीलाई दिनुस्। प्रचण्डको अपेक्षा भने आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन नेपालले देउवालाई दबाब दिऊन् भन्ने थियो। यो कुरा उनले सोमबारको पदाधिकारी बैठकमा खुलाए। माधव नेपालप्रति चित्त दुखाउँदै प्रचण्डले पदाधिकारी बैठकमा भनेका थिए, ुदेउवाजी टसमस हुनुभएन। माधवजीले सहमति कार्यान्वयन गर्नुस् भन्नुहोला भनेको त उहाँ निकै कृतघ्न पात्र हुनुहुँदो रहेछ।’

दोस्रो कुरा, नेता नेपाल पाँचदलीय गठबन्धनकै सरकार निर्माण हुनुपर्ने पक्षमा थिए। बालुवाटारका छलफलमा प्रचण्डले अर्को विकल्पमा जाने कुरा सुनाउँदा नेपालले नै कम्युनिस्ट वा वामपन्थी सरकार गठनका नाममा गठबन्धन तोड्न नहुने भनेको एक नेताले बताए। विकल्प सोचौं भन्ने अध्यक्षको प्रस्तावमा उहाँले अहिले कम्युनिस्ट वामपन्थी सरकार निर्माणको कुरै नगरौं भन्नुभयो, ती नेताले भने। तेस्रो विषय हो, केपी(माधव सम्बन्ध। देउवाले पहिलो कार्यकाल नदिने भनेपछि प्रचण्ड जसरी पनि पहिलो पालामै प्रधानमन्त्री हुनेमा थिए।

एमाले-माओवादी गठबन्धन निर्माणका लागि दोस्रो तहका नेताहरूको पहल अगाडिदेखि नै थियो। आइतबार प्रचण्डले महासचिव देव गुरूङ, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सुरूमा बालकोट पठाए। त्यहाँ सात दलको समर्थन पाउने वातावरण निर्माण भयो। केपी(माधवबीच चिसिएको सम्बन्धका कारण सुरूमै माधवलाई लैजाँदा सहमतिमा बाधा हुनसक्नेमा प्रचण्ड सचेत थिए। पहिलो कार्यकाल दिने गरी सहमति गर्न एमाले अध्यक्ष तयार हुनुभयो। सात दलको समर्थन पनि जुट्ने निश्चित भयो। सहमतिको वातावरण नबिथोलियोस् भन्नेमा अध्यक्षज्यू सजग हुनुहुनुथ्यो,ती पदाधिकारीले भने।

नयाँ सरकारमा माधव नेपाललाई जोड्नु नपर्दा ओली पनि खुसी हुन्छन् भन्ने प्रचण्डलाई पनि थाहा थियो।

नयाँ सरकार बनिसकेपछि भने बिस्तारै दुवै नेताबीच फेरि कुराकानी सुरू भएको छ। त्यसो त नयाँ सत्ता समीकरण निर्माणपछि केपी(माधवको संवादहीनता पनि तोडिएको छ। सोमबार प्रधानमन्त्री प्रचण्डको शपथग्रहणमा पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित दुई नेताबीच दोहोरो कुराकानी भएको थियो। कुराकानीबारे नेता नेपालले भनेका थिए,  राजनीतिक परिस्थितिबारे होइन, सामान्य हालचाल सोधपुछ भयो।’

 

यो पनि पढ्नुहोस्

सञ्चारमन्त्रीसँग अस्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेट

सञ्चारमन्त्रीसँग अस्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेट

३ घण्टा अगाडि
इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश

इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

सुनचाँदीको भाउ घट्याे

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

कपिलवस्तु प्रतिष्ठानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक