सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

नन्दी रात्रि माविलाई छुट्टै भवन आवश्यक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नन्दी रात्रि माविलाई छुट्टै भवन आवश्यक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उनीहरूले विद्यालय जाने उमेरमा पढ्न पाएनन् । इच्छा हुँदाहुँदै पनि अनेक बाध्यता आए । पढ्ने रहर मनमा छँदैथियो । इच्छा भएपछि उमेर ढल्किँदै गए पनि पढ्ने रहरलाई केहीले छेक्दैन । यस्तै सपना बोकेर राजधानी छिर्नेहरूमा विद्यालय पढ्न नपाएका कैयौँ छन् । तिनै अधुरो सपना र पढाइ भएकाका लागि नक्सालस्थित नन्दी रात्रि मावि एउटा राम्रो ठाउँ हो ।

विद्यालयमा अहिले दुई सय विद्यार्थीले रात्रि शिक्षा लिइरहेका छन् । पढ्ने उमेरमा विद्यालय जान नपाएकाका लागि अहिले ढुङ्गा खोज्दा देउता पाएजस्तो भएको छ । विद्यालयमा रात्रि शिक्षा लिनेमध्ये धेरै विद्यार्थी दिउँसो काम गर्छन् ।  दिनभरि काम गर्ने उनीहरु आफ्नो थकान र भोकसमेत भुलेर साँझ ढल्केपछि विद्यालयतिर दगुर्छन् ।

कुनै बेला ‘भगवद् गीता’ पढ्न स्थापित उक्त विद्यालय दिनभरि श्रम गरेर राति ढुक्कसँग पढेर शैक्षिक योग्यता बढाउने विद्याको मन्दिर भएको छ ।  विद्यालयमा १३  शिक्षकको दरबन्दी छ । काठमाडौंंका विभिन्न स्थानमा बसोबास गर्ने विद्यार्थी यहाँ रात्रि शिक्षा लिन आउछन् । विसं २००७ देखि भर्ना सुरु गरेको  विद्यालयमा सुरुमा ८, ९ र १० कक्षा लिइन्थ्यो ।  संस्थापक रामजीप्रसाद अर्यालले हाँडीगाउँबाट भर्ना सुरु गरी नन्दीकेशर बहालमा सारेर पठनपाठन सुरु गराउनुभएको थियो । विसं २०३० मा  प्रौढ महिला मन्दिर, नन्दी विद्यालय, रात्रि पाठशाला र गुरुकुल शिक्षालयलाई गाभेर नन्दी रात्रि माविका नामबाट सञ्चालन गरियो । त्यसपछि २०४७ सालमा नन्दी रात्रि मावि र नन्दी मावि नाम राखेर छुट्टै व्यवस्थापनमा चल्यो ।

चाबहिलका चेतनाथ पराजुली सरकारी जागिरे भए पनि आफ्नो शैक्षिक योग्यता बढाउने हुट्हुटीले यही विद्यालयसम्म ल्याइदियो । उहाँ दिउँसो कार्यालयको काम सकेर कक्षा ११ मा पढ्न आइपुग्नुहुन्छ । छोराले पढ्न जान नमानेपछि आफैँ पढ्न आएको उहाँले बताउनुभयो । “छोराको भर्ना गर्न जाँदा उसले  पढ्दिन भनेपछि त्यही रिसमा म आफैँ पढ्नुपर्‍यो भनेर यहाँ आएर भर्ना भएँ”, उहाँले भन्नुभयो, “मलाई पढ्ने मन पहिल्यैदेखि नै थियो तर मिलेको थिएन । ३२ वर्षपछि फेरि विद्यालयमा पाइला टेकेँ ।”

समयले साथ दिएसम्म उच्चशिक्षा पढ्ने उहाँको इच्छा । कार्यालयमा काम गर्दा थकाइ भए पनि विद्यालय प्रवेश गरेपछि पढ्ने जोस आफैँ आउँछ उहाँलाई । “अन्य विद्यालयमा दिउँसो धेरै विद्यार्थीहरू आउने र होहल्ला हुने गर्थ्याे तर यहाँ शान्त वातावरणमा पढ्न पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

शिक्षकले पनि कुरा नबुझ्दा दुईतीन पटकसम्म बुझाइदिने उहाँको अनुभव छ । उहाँले थप्नुभयो, “यस विद्यालयबारे पहिले नै थाहा पाएको भए पहिल्यै आउने थिएँ, यहाँबाट सम्पूर्ण ज्ञान लिएर जानेछु ।”

कक्षा ८ देखि पढाइ सुरु गर्नुभएका कक्षा १० का वसन्ती तामाङले दुई दशकअघि  छुटेको पढाइ अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरायसी व्यवहारले पढाइ छाडेँ, विवाहपछि परिवारिक जिम्मेवारीले पढ्न पाइएन, २२ वर्षपछि पुनः पढ्न पाउँदा खुसी लागेको छ ।”

जोरपाटीमा व्यवसाय गरेर बस्ने तामाङले धेरै वर्ष पढाइ छुटेकाले पढेको कुरा बुझ्न गाह्रो हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पढाइ छाडेको धेरै भएकाले गुरुहरूले पढाएको कुरा फेरि सम्झिन गाह्रो हुन्छ, दोहो¥याएर सोध्नुपर्छ, तर सरहरू झर्को नमानी राम्रोसँग सम्झाउनुहुन्छ ।” समयाभावले गृहकार्य गर्न गाह्रो हुने उहाँले बताउनुभयो । “कामको थकाइले गृहकार्य गर्न समस्या हुन्छ, गुरुहरूले थप समय दिएर सहयोग गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “झर्को मान्नुहुँदैन, हाँसीहाँसी पढाउनुहुन्छ ।”

अहिले पढ्न पाउँदा विद्यालयले बालाजीवन फर्काइदिएको अनुभव भएको उहाँको छ । “विद्यालयले फेरि बालापन फर्काइदिएको छ, यहाँ महिनामा एकपटक अतिरिक्त क्रियाकलाप हुन्छ, त्यहाँ आफ्नो प्रतिभा देखाउन पाइन्छ”, उहाँले भन्नुभयो ।

उहाँले नन्दी रात्रि माविजस्तै विद्यालय विभिन्न ठाउँमा चाहिने बताउनुभयो । “म जोरपाटीबाट आउँछु, यहाँ आइपुग्न निकै समय लाग्छ, विद्यालयले तोकेको समयमा पुग्न गाह्रो हुन्छ, राति घर फर्किन पनि समस्या हुन्छ, त्यसैले यसको शाखा ठाउँठाउँमा खोलेको भए अरू मानिसले पनि  शिक्षित हुने अवसर पाउँथे ।”

विद्यालयका सहायक प्रधानाध्यापक शिव शिवाकोटी पढ्ने इच्छाशक्ति भए पनि श्रममा व्यस्त रहेकालाई लक्षित गरी खोलिएको विद्यालय भएकाले यहाँका विद्यार्थीलाई सजिलो पार्न कक्षाकोठामै गृहकार्य गराइने बताउनुहुन्छ । विभिन्न उमेर समूहका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर सँगै पढाउँदा सबैलाई बुझाउन गाह्रो हुन्छ । “यहाँ पढ्न आउने विद्यार्थी विद्यालयभन्दा बाहिर विभिन्न कार्यमा आबद्ध हुन्छन्, त्यसैले एउटै तरिकाले सिकाउन नमिल्ने रहेछ, विद्यार्थीको अवस्था हेरेर पढाउनुपर्छ ।”

विद्यालयका प्रधानाध्यापक राजेश हुमागाईं यस्ता विद्यालय अन्त नभएको बताउनुहुन्छ । “पहिला विद्यालयको सङ्ख्या न्यून थियो । सरकारी जागिर गरेकाको शैक्षिक योग्यता नहुँदा यो विद्यालयको स्थापना गर्नुपर्‍यो,” उहाँले भन्नुभयो, “केही कारणवश पढाइ छाडेकाहरु फेरि पढ्नुपर्ने रहेछ भन्ने लागेपछि यहाँ आउँछन् ।”

कोभिड महामारीभन्दा अगाडि धेरै विद्यार्थी यहाँ आउँथे । अहिले घटेर दुई सय छ । विद्यार्थी नियमित नहुनाले पठनपाठनमा समस्या पर्छ । विद्यालयको नतिजा राम्रो रहेको उहाँले जिकिर गर्नुभयो । “यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अन्य स्कुलसँग तुलना गर्न त मिल्दैन”, उहाँले भन्नुभयो, “तर नतिजा हेर्दा यहाँका विद्यार्थी प्रायः सबै उत्तीर्ण हुन्छन् ।”

विद्यार्थीलाई पढ्न आउन सजिलो छ । तर राति यातायात सेवा नचल्दा घर फर्कन अप्ठ्यारो हुन्छ । एउटै भवनमा नन्दी रात्रि मावि र नन्दी मावि सञ्चालन हुन्छ । व्यवस्थापन फरकफरक भएकाले कक्षा कोठादेखि सरसफाइसम्ममा समन्वयको अभाव रहेको गुनासो छ । नन्दी रात्रि विद्यालयका लागि छुट्टै भवनको व्यवस्था गरिदिन सरकारसँग माग गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, कम्प्युटर र विज्ञान प्रयोगशाला जस्ता पूर्वाधार अभावले आधुनिक प्रविधि उपयोग गरेर विद्यार्थीलाई पठनपाठन गर्न बाधा परेको गुनासो उहाँले गर्नुभयो ।

यो पनि पढ्नुहोस्

सरकारी खर्च मितव्ययी बनाउन निर्देशन

सरकारी खर्च मितव्ययी बनाउन निर्देशन

१६ मिनेट अगाडि
आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक सुरु

देशका विभिन्न स्थानमा  बदली

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक