काठमाडाैं । जनता समाजवाद पार्टी (जसपा) काे संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन हुनुभएकाे छ ।
आज बुधवार यादवलाई संसदीय दलकाे नेतामा सर्वसम्मतरूपमा चयन गरिएकाे पार्टीले जनाएकाे छ । उहाँ पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिनुहुन्छ । यसअघि दलको नेता छान्न निर्वाचन कार्यतालिकासमेत तय भएकाे थियाे । तर अन्तिम समयमा सहमतिमै दलकाे नेता चयन गरिएकाे हाे ।
दलकाे नेतामा यादवसहित सङ्घीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवकाे दाबी रहेकाे थियाे । नवनिर्वाचित संसदीय दलका नेता यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताउनुभयाे ।
दलको नेतामा निर्वाचित भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पार्टीको एजेन्डा दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढङ्गले उठाउने बताउनुभएको हो ।
यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।


