सोम, असार २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

कारागार पुगेर ‘नोस्टाल्जिक’ गण्डकीका मुख्यमन्त्री

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
कारागार पुगेर ‘नोस्टाल्जिक’ गण्डकीका मुख्यमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा – पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले देशभर आन्दोलन चलाइरहेको थियो। तत्कालीन पञ्चायती सरकारले नवलपुरका कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई पक्राउ गर्‍यो। यो २०३५ सालको कुरा हो। पक्राउ परेका नेपालीलाई ल्याइपुर्‍याइयो कास्की कारागारमा। एक महिना जेल बसेपछि उनी रिहा भए।

२०३६ सालको जनमत संग्रहको बेला उनी फेरि दोस्रो पटक पक्राउ परे। र सोही जेलमा साढे ८ महिना कैद भए। उनै नेता पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री छन्। उनी मंगलबार कास्की कारागारमा पुगे। उनले त्यो बेलाको जेल जीवनलाई सम्झिए। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सकसपूर्ण जेल जीवन बिताएको मुख्यमन्त्री पोखरेलले सुनाए।

कारागारलाई सुधार गृह बनाउने प्रयास भए पनि क्षमताभन्दा बढी कैदी राख्दा सम्भव नभएको उनले बताए। केन्द्र सरकार मातहातमा भएकाले प्रदेश सरकारले कारागार सुधारको काम गर्न नसकेको उनको भनाइ छ। ‘यो हाम्रो दायित्वको कुरा हो। खासगरी यो लोकतन्त्रमा संघीयतामा जुन मानवीय मापदण्ड छन्, ती मापदण्ड सबै कैदीबन्दीहरुलाई हुनुपर्छ भन्नेमा विश्वास राख्छौँ। केन्द्र सरकारसँग यी कुराहरु हाम्रा माध्यमबाट राख्नेछौँ’, उनले भने।

मुख्यमन्त्री पोखरेलले मुलुकको नेतृत्वमा पुग्नेहरु जेल जीवन नबिताएका कोही नभएको बताए। ‘एउटा तीतो सत्य के रहेछ भने यो मुलुकको प्रधानमन्त्री, मन्त्री हुने प्रायः जेल नबसेको कोही छैन, नयाँ पुस्ताबाहेक। हामी जेलबाट निस्किसकेपछि राज्य सञ्चालनमा हामी पुग्यौँ। तर, त्यो जेलभित्रको कुरा हामी भुल्दा रहेछौँ। म स्वीकार्न चाहन्छु’, उनले भने।

गण्डकीका आन्तरिक मामिला मन्त्री डोवाटे विकले कैदीबन्दीलाई मानव अधिकारको प्रत्याभूत गराउने राज्यको दायित्व भएको बताए। ‘धेरै जिल्लाको कारागर निरीक्षण गरेको छु। कहीँ पनि दोब्बरभन्दा कम कैदीबन्दी छैनन्’, उनले भने। कारागारलाई सुधार गृह बनाउन राज्यको ध्यान नपुगेको उनको ठम्याइ छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सरकार कारागारको दुरावस्थाबारे जानकार रहेको बताए। ‘कारगारको दुरावस्थाबारे थाहा नभएको हैन थाहा छ। सुधारको काम गर्दै पनि आएको छ’, उनको जिकिर छ। खचाखच कैदीबन्दी बस्नपर्ने अवस्थामा पनि सुधार आउने केसीले बताए।

कास्की कारागारको क्षमता ४२० हो। क्षमताभन्दा दोब्बर बढी ८११ जना कैदी रहेको निमित्त जेलर महेन्द्रबहादुर कुवँरले जानकारी दिए। उनले कैदीबन्दीको तुलनामा स्वास्थ्यकर्मीको कमी भएको बताए। १ जना सिनियर अहेवको दरबन्दी रहेको छ।

‘कैदीबन्दीको संख्याअनुसार एमबीबीएस डाक्टर र थप स्वास्थ्यर्कीको व्यवस्था हुनुपर्ने छ’, उनले भने, ‘महिला कैदीबन्दी भएकाले महिला स्वास्थ्यकर्मीको समेत आवश्यकता छ।’ निमित्त जेलर कुवँरका अनुसार कारागारमा खानेपानी, सोलारबत्ती र पढ्नका लागि विद्यालयको समस्या छ। प्रशासनिक भवन र सुरक्षापोष्ट जिर्ण भएको मुख्यमन्त्री पोखरेल समक्ष गुनासो पोखे।

यो पनि पढ्नुहोस्

चलचित्र विधेयकमाथि प्रतिनिधि सभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता

६ घण्टा अगाडि
संरक्षण र दिगो व्यवस्थापनबाट सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन जिल्लाकै नमुना बन्दै

संरक्षण र दिगो व्यवस्थापनबाट सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन जिल्लाकै नमुना बन्दै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक