काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संसद् अधिवेशन आह्वान गरेकी छिन्। संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। NTC Marvel ad सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेश आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक पहिलोपटक बोलाइएको हो। प्रतिनिधि सभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ।


