विराटनगर – प्रदेश नं १ का प्रदेशसभा सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई मध्याह्न १२ः३० प्रदेश सभाध्यक्षका रुपमा शपथ गराउने छन्। त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
सांसदले सकेसम्म राष्ट्रिय पोसाक नभए सांस्कृतिक झल्किने पोसाकमा आउन सूचना जारी भएको र प्रदेशसभामा प्रत्येक सांसदलाई एक थान लोगो, एक थान ब्याग र केही पुस्तक उपलब्ध गराउने तयारी भएको बताइएको छ।रासस

