काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन् ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएर आज शपथ लिन लागेका प्रधानमन्त्री प्रचण्डलाई शरिफले ट्वीटरमार्फत बधाई दिएका हुन् ।
शरिफ प्रचण्डलाई बधाई दिने प्रधानमन्त्रीस्तरका दोस्रा नेता हुन् । यसअघि प्रचण्ड नियुक्त भएको केही समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नै बधाई दिएका थिए ।


