शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

क. माओ र “विद्रोह गर्नु अधिकार हो” भन्नेबारे केही कुरा 

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 2 mins read
0
क. माओ र “विद्रोह गर्नु अधिकार हो” भन्नेबारे केही कुरा 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
-नारायण शर्मा
गत १५ डिसेम्बरमा मैले एउटा फेसबुक स्टाटस पोष्ट गरेको थिएँ । त्यो यस्तो थियो : – “It is right to rebel. It is quite right but not wrong to rebel. N, it is the right time to rebel in Nepal for revolution.”
यो पोष्ट पढेपछि एक जना विद्वान देसभक्त अभियन्ता मित्र Sk Timilsina जीले  मलाई मेसेन्जरमै यस्तो प्रश्न पठाउनु भयो : ” दाइ, विद्रोह किन गर्नु परेको छ भनी कारण सहित भन्न सकिन्छ ? के के कुरामा अनि यसको विकल्प के हुन सक्छ ?”
तत्पश्चात् मैले उहाँलाई यस्तो जवाफ पठाएँ : ” ल राम्रो प्रश्न गर्नु भो ! किन विद्रोह भन्नेबारे सानोतिनो टिप्पणी नै लेख्छु है केही दिनमै ! केही दिन अलि व्यस्त छु !”
आज २६ डिसेम्बर तदनुसार ११ पौष महान् क्रान्तिकारी विचारक, नेतृत्व र व्यक्तित्व क. माओको जन्मदिन हो । यस सन्दर्भमा यो टिप्पणी लेख्दा आदरणीय महान् विश्वनेताप्रति स्मरण, श्रद्धा र सलामी नै हुनेछ भन्ने लागेर आजै यो लेख पूरा गर्ने र सम्प्रेषण गर्ने उपयुक्त ठानेर यो प्रयास गर्दैछु ।
 मैले अंग्रेजीमा लेखेको उक्त भनाइमध्ये शुरुको वाक्य क. माओको हो र अझ त्यहाँ प्रतिकृयावादीहरु विरुद्ध (against reactionaries) भन्ने दुई शब्द छुटेका छन् । मालेमावादी साहित्यमा अन्याय-अत्याचार र शोषण-दमनविरुद्ध  विद्रोह वा क्रान्ति गर्नु अधिकार हो भन्ने मान्यता राम्रोसँग स्थापित छ । तथापि क. माओले सम्पूर्ण  मार्क्सवादी साहित्यको सारलाई एउटा वाक्यमा सार खिच्दै संश्लेषण स्वरुप यो कुरा भन्नुभएको हो । माओले भन्नुभएको उक्त भनाइलाई अझ स्पष्ट र विस्तार गर्न खोज्ने सन्दर्भमा अन्य दुई वाक्यहरु मैले लेखेको हुँ । जे होस्, मेरो उपरोक्त पोस्टप्रति थप स्पष्टताका लागि SK जीले गरेको जिज्ञासामूलक अनुरोधलाई मैले सकारात्मक, स्वाभाविक र आवस्यक ठानेर नै  त्यसलाई सम्बोधन गर्ने बचन दिएकोले  आज त्यो प्रयास  सही समयमा सार्थक हुन गैरहेकोले खुशी सहित मित्र Sk जीप्रति आत्मीय आभार प्रकट गर्न चाहन्छु ।
मालेमाले मान्छेमाथि भैरहेका र हुने राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि विभिन्न प्रकारका  अन्याय, अत्याचार, शोषण, उत्पीडन, बन्धन, दासता, असमानता, अपहेलना र निषेध आदिका विरुद्धमा  जनता र मानवजातिकै क्रान्ति, मुक्ति र प्रगति-समृद्धिको लागि विद्रोह अनिवार्य छ, यो एक नैसर्गिक अधिकार र कर्तब्य पनि हो; त्यसैले यस्तो अवस्थामा विद्रोह एकमात्र विकल्प हो  भन्ने भाष्य विकसित र विश्वव्यापी रुपमा  स्थापित पनि भएको हो । यस अवस्थामा विद्रोह एउटा आवश्यकता हो र यसको पूर्ति गर्नु शोषित-पीडित  जनता र मानवजातिको कर्तव्य पनि हो भन्ने अर्थमा उक्त कुरा मालेमावादी साहित्यमा सर्वमान्य भएकोले माओले संश्लेषित रुपमा एक वाक्यमा यो कुरा भन्नु भएको स्वत: स्पष्ट छ ।
जहाँसम्म SK जीको विद्रोह किन र कारण के भन्ने जिज्ञासा छ, त्यसको उत्तर आइसकेजस्तो लाग्छ ! मेरो सुरुकै पोष्टमा भनिएको क्रान्तिको लागि विद्रोह गर्ने सही समय यही हो भन्नेबाटै पनि विद्रोह किन र के कारणले गर्ने भन्ने प्रश्नको उत्तरको झल्को मिल्छ भन्ने लाग्छ । त्यसमाथि माओले ” प्रतिक्रियावादीहरु विरुद्ध विद्रोह गर्नु अधिकार हो ” भनेर मालेमाको सारलाई एउटै वाक्यमा भन्नु भएको कारण र परिस्थितिबारे माथि गरिएको छोंटो चर्चाबाट पनि धेरै कुरा बोध हुन्छ । फेरिपनि यसबारे थोरै थप चर्चा वान्छनीय नै होला ।
विद्रोह किन भन्नेबारे   झन् प्रस्ट हुन माओकै अझ अर्को यो भनाइको मद्दत लिनु उचित हुन्छ । माओ भन्नुहुन्छ, ” जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ र जहाँ प्रतिरोध हुन्छ, त्यहाँ विष्फोट हुन्छ” । यसको अर्थ दमन भएमा दमनबाट मुक्ति पाउनको लागि विद्रोह हुन्छ, गरिन्छ र गर्नुपर्छ भन्ने नै हो ।
माथिको सैद्धान्तिक आलोकबाट मात्र होइन विद्रोह शब्दको सार्वभौम र सार्वजनीन अर्थ र परिभाषा हेर्दा पनि यही कुरा पुष्टि हुन्छ ।
गूगल सर्च गर्दाअक्सफोर्ड डिक्सनरीको हवाहा दिंदै लेखिएको रहेछ :
Rebel ( v )
– take violent action against an established government or ruler; revolt.
– take part in an uprising.
– show resistance.
– resist/oppose authority.
– disobey/defy authority.
– refuse to obey orders.
– refuse to acknowledge someone or something as having authority.
यसरी नै राजनीतिमा विद्रोह गर्नु अधिकार मात्र होइन यो एक कर्तव्य अर्थात सत्कर्म हो भन्नेबारे पनि भनिएको छ :
” in political philosophy, the right of revolution (or right of rebellion) is the right or duty of a people to `alter or abolish´ a government that acts against their common interests or threatens the safety of the people without cause. Stated throughout history in one form or another, the belief in this right has been used to justify various revolutions……”
नभन्दै आज प्रचण्डहरुले देउवा शासनबाट हाल भैरहेको र भविष्यमा झन् धेरै हुने हैकम, हुङ्कार र हालीमुहालीका विरुद्धमा विद्रोह गरे, घोर प्रतिक्रियावादी बन्धन रुपी गठबन्धन तोडे । यो बन्धन तोड्ने उनीहरुको अधिकार त थियो नै, संगसंगै केकति कर्तव्य थियो वा थिएन भन्ने कुरा भने भविष्यमा देखिने छ । लाग्छ, अहिले प्रचण्डहरुले गरेको विद्रोहरुपी यो कर्तब्यबाट विगतमा जस्तो विदेसीको हित गर्ने गरी उनीहरुलाई कम्फर्टेबल हुने खालको हुने छैन, बरु आशा गरौं, यो नेपाल र नेपालीका लागि केही न केही कम्फर्टेबल नै हुनेछ । साथै, यस्तो होस् भन्ने चाहना र कामना पनि छ !
जे होस्, विद्रोह परंरागत दृष्टिले हेर्दा नराम्रो कामकुरा  भनिएता पनि आधुनिक र उन्नत दृष्टिले यो सामान्यतया राम्रो, उन्नत र अग्रगामी कदम र कामकुरा हो भन्ने देखिन्छ ! विद्रोह राम्रो हो वा होइन भन्नेबारे पनि त्यहाँ भनिएको छ : “It is good to have rebels because they make the society livelier with their mischief and amusement, and they teach us to accept and respect the differences amongst the thought processes of people around us.”
यसरी विद्रोहले विद्यमान दुखी, स्थिर, जड, शुष्क र निरस मानव-समाजलाई जीवन्त र आल्हादित बनाउने हुनाले यो राम्रो र आवस्यक हुन्छ भन्ने कुरा यस परिभाषाबाट पनि स्पष्ट हुन्छ ।
क्रान्ति र विद्रोह वा क्रान्ति गर्नु वा विद्रोह गर्नु समानार्थी शब्द नै हुन् ! क्रान्ति भनेको परिवर्तन हो, अझ भनौं पूर्ण परिवर्तन हो अर्थात् पुरानो अवस्थाभन्दा नितान्त फरकअवस्था हो । त्यो फरकको स्तर मात्रात्मक वा थोरै मात्र होइन, गुणात्मक वा धेरैनै मात्रामा भिन्न, नयाँ र उच्च अवस्था हो, जो स्वाभाविक रुपले राम्रो र पृय हुन्छ । एकपटक विद्रोह वा क्रान्ति सम्पन्न र सफल भैसकेपछि पनि त्यहाँं निरन्तर क्रान्ति हुनुपर्छ । त्यसैले त क. माओले नै यसलाई सैद्धान्तिकरण गर्दै निरन्तर क्रान्तिको सिद्धान्त नै प्रतिपादन गर्नुभएको छ । निरन्तर क्रान्ति एक शुद्धीकरण अभियान जस्तै हो जस्ले समयक्रमसँगै जम्मा भएका फोहोरमैलाहरुलाई सफा गर्छ । निरन्तर क्रान्ति भएन भने केही समयपछि नै त्यो अवस्था वा व्यवस्था अगतिशील हुन सक्छ, असुन्दर पनि बन्न सक्छ र फेरि त्यहाँ विष्फोट वा विद्रोह भै क्रान्ति र परिवर्तन हुन्छ । त्यो परिवर्तनबाट पूर्ण मुक्ति, सम्पूर्ण प्रगति, पूर्ण समृद्धि  र समग्र क्षेत्रमा सम्पूर्णलाई न्याय, समानता र स्वतन्त्रता हुँदै पूर्ण र दीगो शान्तिसहितको साम्यवादी समाजव्यवस्था र अवस्थाको रूपमा निरन्तर अघि बढ्छ ।
 यसरी विद्रोहको सम्बन्ध साधारण र साना-साना घटनाप्रकृयाहरु हुँदै अन्ततः समाजवाद-साम्यवादजस्तो सत्यं, शिवं, सुन्दरंयुक्त समाजव्यवस्थासँग सम्बन्धित हुन आउँछ । त्यसो हुनाले कुनै व्यक्ति, समूह वा समाजले पूर्ववर्ती अगतिशील र कष्टकर समाजव्यवस्थाको विकल्पमा प्रगतिशील र सुखमय समाजव्यवस्थाको लागि गरिने एक स्वाभाविक, आवश्यक, अनिवार्य र अपरिहार्य घटनाप्रकृया हो विद्रोह, जस्लाई हामी सचेत जनमनहरुले आत्मसात गर्नुपर्छ । हो, कहिले काहीँ जान वा अनजान रुपमा यस्ता विद्रोह नामका घटनाहरु प्रतिगामी, पश्चगमनकारी, पुनरुत्थानकारी र प्रतिक्रान्तिकारी पनि हुन सक्छन् ! ती घटनाहरु दुर्घटना नै हुन् । ती आकस्मिक र क्षणिक हुन्छन् । तिनलाई सचेत व्यक्ति, शक्ति र समुदायले चिन्न र बिन्न, सामना गर्न र सम्हाल्न, अनि तान्न र हान्न समेत सक्नुपर्छ । यसरी निरन्तर उर्ध्वन्मुख गतिमा गतिवान भैरहनु पर्दछ ।
अन्तमा “विद्रोह गर्नु अधिकार हो” भन्ने मान्यता स्थापित र विकसित गर्ने अनि प्रयोग र प्रबर्द्धन गर्ने मार्क्सदेखि माओसम्मका महान् गुरुहरुप्रति हार्दिक आभार प्रकट गर्दै
आज पौष ११ गते अर्थात् २६ डिसेम्बर कमरेड माओको जन्मदिवसका सन्दर्भमा उहाँले नै संश्लेषण गर्नुभएको “प्रतिक्रियावादीहरुविरुद्ध विद्रोह गर्नु अधिकार हो” र यो सही र राम्रो पनि हो भन्दै उहाँको भनाइलाई केही व्याख्यासहित प्रस्ट पार्ने प्रयास गरी क. माओप्रति विशेष रुपले हार्दिक स्मरण, श्रद्धासुमन र सलामी अर्पण गर्दछु । साथै, यो लेखोट तयार गर्न प्रेरित गर्नुहुने मित्र SK तिमिल्सिनाका प्रश्न र जिज्ञासालाई जेजति सम्बोधन गर्न सकें त्यसमा सन्तोष गरिदिन अनुरोध गर्दै मित्र उहाँप्रति पनि हार्दिक धन्यवाद सहित बिट मार्ने अनुमति चाहन्छु । अस्तु ! २०७९ पौष ११ , ललितपुर रानीबुँ ।

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१२ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक