काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भेट गरेका छन्।
दुई नेताबीच बालकोटस्थित ओली निवासमा भेट भएकाे हाे । दुई नेताबीच सत्ता समीकरणबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार गठनका लागि दाबी गर्न दलहरुलाई सात दिनको समय दिएकी छन्।
बिहीबार सांसदहरुको शपथग्रहण सकिएपछि सत्ता समीकरणको छलफल तीव्र भएको छ।

