मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

जनताले नबुझ्ने गरी चुनाव खर्च यसरी उठाउँदै छ सरकार 

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नक्कली र सक्कली सुकुम्बासी कस्तालाई मान्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–प्रीति रमण
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक भएसँगै कामचलाउ सरकारले दीर्घकालीन असर पर्ने निर्णयहरु धमाधम गर्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्थतन्त्रदेखि कानुनका विषयमा धमाधम निर्णय गर्न थालेको हो । चुनाव घोषणा र चुनावको परिणामपछि नयाँ सरकार नबनेसम्मको अवस्थामा काम चलाउ सरकारलाई दीर्घकालीन प्रभाव पर्ने खालका निर्णयहरु नगर्ने प्रचलन छ । तर, देउवा सरकारले ती नीतिगत सिद्धान्तहरुलाई कुल्चँदै निर्णय गर्नाले विवाद मात्र सुरु भएको छैन, सरकार किन यस्ता निर्णय गर्न हतारिँदै छ भन्ने प्रश्न पनि उठेको छ ।
सरकारले हालै गरेको एउटा निर्णय हो, केही वस्तुमा लगाइएको आयात प्रतिबन्ध हटाउने । मुलुकको अर्थतन्त्र लामो समयदेखि संकटमा पर्दै गएपछि सरकारले केही विलासिताका वस्तुमा आयातमा प्रतिबन्ध लगाएको थियो । देशमा डलर सञ्चिति घट्दै गएपछि थप संकट आउन नदिन सरकारले यस्तो निर्णय गरेको थियो । सरकारले गाडी, मोटरसाइकल, केही खाद्यान्न वस्तुहरुमा यस्तो प्रतिबन्ध लगाएको थियो । तर, मन्त्रिपरिषद् बैठकले २९ मंसिरदेखि लागू हुनेगरी त्यस्तो प्रतिबन्ध हटाउने निर्णय गरेको हो । सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ ।
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख  १३ गतेदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो । सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुको प्रतिबन्ध हटाएर ५० हजार डलरभन्दा माथिका गाडी, ३ सय डलरभन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याएको थियो । सरकारको पछिल्लो निर्णयपछि अब पुस १ गतेदेखि यी वस्तुहरु आयात गर्न पाइने भएको छ ।
सरकारको यो निर्णयले केही व्यवसायीलाई खुसी तुल्याउने भए पनि प्रतिबन्ध हटाउनु मुलुकको हितका लागि भने छैन । किनकि जुन उद्देश्यले सरकारले प्रतिबन्ध लगाएको थियो, अर्थात् अर्थतन्त्र सुधारको लागि यो निर्णय भए पनि हालसम्म अर्थतन्त्रमा खासै सुधार आउन सकेको छैन । न त डलर सञ्चितिमा नै सुधार भएको छ । राष्ट्र बैंकका अनुसार अझै पनि बैंकहरुमा तरलता, डलर सञ्चितिमा कमी र आयात निर्यातमा आकाश पातालको फरक छ ।
तर, सरकारले भने देशको ढुकुटीमा केही सुधार, बढ्दो रेमिट्यान्स लगायत अर्थतन्त्रका केही सूचक सुधारात्मक बाटोमा भएको दाबी गर्दै यस्तो आयात खोल्ने निर्णय गरेको जनाएको छ । अर्थतन्त्रमा देखिएको समस्या यथावत् रहँदारहँदै नयाँ सरकार बन्ने समयमा आयात प्रतिबन्ध खुल्नुलाई सरकारको देशप्रतिको चिन्ता मात्र मान्न सकिँदैन । हालै मात्र चुनाव सम्पन्न भएको र त्यसमा भएको खर्च उठाउनका लागि पनि केही व्यवसायीको स्वार्थमा सरकारमा बस्नेहरुले यस्तो निर्णय गरेको अनुमान लगाउन सकिन्छ ।
निश्चय पनि निर्वाचन आयोगले निर्वाचनका लागि जुन खर्च सीमा तोकेको थियो, त्यो भन्दा कैयौं गुणा बढी नेताहरुले चुनावमा खर्च गरेका छन् । विगतमा ठूला दलका प्रमुख नेताहरुले नै चुनाव लड्नका लागि करोडौं खर्च हुने सार्वजनिक रुपमा नै अभिव्यक्ति दिँदै आएका छन् । त्यसरी खर्च गरेपछि उठाउनका लागि पनि सरकारले काम चलाउकै हैसियतमा पनि मुलुकको हितविपरीत धमाधम निर्णय गर्न थालेको पुष्टि हुन्छ । नत्र भने नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा संसद र अब बन्ने सरकारले यस्तो निर्णय लिनसक्थ्यो । सरकारले आयात बन्देज गरिएका सवारी साधन, आइफोन र मदिरा विदेशी मुद्रा खर्च हुने वस्तु हुन् । तर अहिले पनि समस्याको समाधान नभइसकेको कारण यस्तो आयात प्रतिबन्ध खोल्दा मुद्रा सञ्चितिमा थप दबाब कायम रहने देखिन्छ ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

चट्याङसहित भारी वर्षाको सम्भावना

१ घण्टा अगाडि
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

चट्याङसहित भारी वर्षाको सम्भावना

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक