शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आन्तरिक पर्यटकको रोजाइ बन्दै ‘ज्यामिरे दह’

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
आन्तरिक पर्यटकको रोजाइ बन्दै ‘ज्यामिरे दह’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लीलाधर वली

घोराही । आन्तरिक पर्यटकको गन्तव्यको रूपमा रहेको ज्यामिरे दहमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दैगएको छ । घोराही उपमहानगरपालिका –१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दैगएको हो । सानो पोखरीका रुपमा रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्नेगरेका छन् ।

अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ आउनेगरेको ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आउनुभएका बिरजङ पुनले बताउनुभयो । जंगल बीचमा रहेको सुन्दर पर्यटकीय गन्तव्यका रुपमा रहेको तालमा जिल्ला र बाहिरबाट घुम्न आन्तरिक पर्यटकहरु आउनेगरेको पुनले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय दैनिक सरदर ५० देखि एक सय जनासम्म मानिसहरु घुम्न आउनेगरेको छन् ।

मंसिरदेखि बैशाख महिनासम्म बढी भिड हुनेगरेको उहाँको भनाइ छ ।  विगत तीन बर्षदेखि ज्यामिरे दहमा डुङ्गा चलाउँदै आउनुभएका पुनले डुंगा चलाएरै मासिक १५ देखि २० हजार रुपियाँसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

सानो पोखरीका रुपमा रहेको ज्यामिरे दहलाई विस्तार गरी पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्दै डुङ्गा सञ्चालन हुँदा चहलपहल बढ्दैगएको डुंगाचालक पुनको भनाइ छ । ‘पहिले सानो पोखरीका रुपमा रहेको थियो । तर पछि विस्तार गरी ठूलो बनाएर डुंगा सञ्चालन गरेपछि चहलपह बढ्दै गएको छ’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय दहको अवलोकनसँगै डुंगामा सयर गर्न मानिसहरु आउने गर्नुभएको छ ।’ उहाँका अनुसार पछिल्लो समय डुङ्गा सवार गर्ने, पौडी खेल्ने र पिकनिक खान दैनिक रूपमा मानिस आउने गर्नुभएको छ ।

डुंगामा चढ्न एक जनाको ५० रूपियाँ टिकटको व्यवस्था गरिएको छ । डुङ्गामा घुम्नका लागि १५ मिनेटदेखि ४० मिनेटसम्म समय लाग्नेगरेको चालक पुनले बताउनुभयो । दहमा आकर्षण बनाउन थप पूर्वाधार आवश्यक रहेको उहाँले बताउनुभयो ।

‘सानो पोखरीलाई विस्तारसँगै डुंगा राखेर पर्यटक तान्ने काम भएको छ’ उहाँले भन्नुभयो, ‘यसले ज्यामिरे दहमा चहलपहल बढेको छ । थप चहलपहलका लागि बाख्रकुने दहदेखि ज्यामिरेसम्म पुग्न निर्माणाधिन अवस्थामा रहेको सिढीसँगै रेलिङको काम पूरा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

ज्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै व्यापार हुन थालेको छ । घोराही उपमहानगरपालिका १३ कलमघारी निवासी गीता नेपालीले चार वर्षदेखि ज्यामिरे दह नजिकै व्यापार गर्दै आउनुभएको छ । ज्यामिरे दहलाई पर्यटकीय रुपमा विकास गरेपछि व्यापार व्यवसाय समेत वृद्धि भएको उहाँको भनाइ छ ।

‘सानो पोखरीका रुपमा रहेको दहलाई विस्तारसँगै व्यवस्थित गरेपछि चहलपहल बढेको छ । व्यापार पनि राम्रो भएको छ’ व्यवसायी नेपालीले भन्नुभयो, ‘अब पोखरीसँगै ज्यामिरेमा रहेको सानो मन्दिरलाई समेत व्यवस्थित गर्न आवश्यक छ । घुम्न आउनेका लागि आराम गर्ने विश्रामस्थल निर्माण गर्न आवश्यक छ ।’

दहको विकासका लागि विश्रामस्थलसँगै खानेपानी, हिड्नलाई सहजताका लागि सिंढी निर्माण लगायतका काम हुन आवश्यक रहेको अर्का स्थानीयबासी टीकाराम गिरीले बताउनुभयो ।  प्रतिक्षालय नहुँदा घाम तथा पानी पर्दा घमफिरका लागि गएका मानिसलाई समस्या हुनेगरेको छ ।  गाेरखापत्रबाट

यो पनि पढ्नुहोस्

अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश

अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश

६० मिनेट अगाडि
केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक