सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । मानव अधिकार तथा दलित अधिकारको क्षेत्रमा कार्यरत अगुवाहरूले नेपालमा जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक रहेको बताएका छन्।
क्यानडामा कार्यरत गैरसरकारी  संस्था सहयात्रा (सामाजिक न्यायका लागि  अन्तर्राष्ट्रिय सञ्जाल क्यानडा) ले  ६०औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस  (२१ मार्च) को अवसरमा आयोजित  वेबिनारका वक्ताहरूले नेपालमा संविधानमा लिपिबद्ध अधिकार पनि दलित समुदायका लाखौँ नेपालीले उपभोग गर्न नपाएको जनाए।
कार्यक्रमको सभापतित्व गरिरहेका  सहयात्रा इन्टरन्याशनलका अध्यक्ष प्रा  डा. द्रोण प्रकाश रसालीले जातीय भेदभावको ऐतिहासिक पृष्ठभूमि र यसको प्रभावबारे जानकारी गराए। उनले जातीय विभाजन अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न अप्राकृतिक,अनावश्यक र अन्यायपूर्ण विभाजन हटाउनु पर्ने, सामाजिक,आर्थिक समानता र सामाजिक न्यायको ग्यारेन्टी गर्नु पर्ने र प्रत्येक व्यक्तिलाई  सम्मानपूर्ण व्यवहार गर्दै जातीय विभाजनका संरचनागत व्यवधानहरू  हटाउनु पर्ने बताए। उनले आगामी  २५ मेदेखि २७ मे, २०२५ सम्म टोरन्टोमा आयोजना गर्न लागिएको ‘जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ मा जाति, वंश, र वंशजको आधारमा अमानवीय व्यवहार र विभेदको सिकार भइरहेका करोडौँ मानिसहरूको अवस्थाबारे पनि छलफल गरिने बताए।
आफ्नो शुभकामना मन्तव्यमा दलित अधिकार अभियन्ता तथा साउथ एसियन दलित आदिवासी नेटवर्क क्यानडाका कार्यकारी निर्देशक विजय पुलीले पश्चिमा  समाजहरूले जातीय भेदभावको प्रभाव बुझ्न आवश्यक रहेको बताए। ‘हामी यसबारे बोलेनौँ भने अरूले हाम्रो लागि बोल्ने छैनन्,’ उनले भने।
दलित महिला सङ्घ (फेडो) की संस्थापक दुर्गा सोबले आफूहरूले सन्  १९९५ को बेइजिङ सम्मेलनमा पहिलो पटक नेपाली दलित महिलाको मुद्दालाई  अन्तर्राष्ट्रियकरण गरेको स्मरण गरिन् । उनले लैङ्गिक समानता र लैङ्गिक संवेदनशीलताको विषय टोरन्टो सम्मेलनमा उठाइनुपर्ने सुझाव दिइन् । उनले नेपाली डायस्पोरा पुगेका ठाउँमा पनि जातीय भेदभावका घटनाहरू भई रहेकाले तिनलाई उन्मूलन गर्न प्रयास गर्नु पर्ने बताइन् । दलित अधिकारकर्मी डीबी सागर विश्वकर्माले संसारभरि नै अल्पसङ्ख्यकहरूमाथि दमन साथै नागरिक अधिकारको लडाइँ लड्नेहरूमाथि  थप जोखिम बढ्दै गएको बताए । उनले दलित आन्दोलनका अग्रजहरूको योगदानलाई सम्मान गर्नुपर्ने  सुझाव दिए । दलित अभियन्ता मोतीलाल नेपालीले अस्पृश्यता   हटाउन सांस्कृतिक र समाजवादी आन्दोलन आवश्यक रहेको बताए ।
नेपाल सरकारका पूर्व सचिव डा.मान बहादुर बीकेले  संसद्मा विचाराधीन तीन विधेयकमा विशेषाधिकार प्राप्त समूहहरूलाई कोटा दिने व्यवस्था राखिएको  र त्यो  संविधानको मर्म विपरीत रहेको बताए । सिराहाका  दीपक मरिक विस्थापनको उदाहरण दिँदै डा बिकेले राज्य स्वयंले  दलितमाथि भेदभाव गरिरहेको जनाए। उनले सरकारी संस्थामा दलितहरूको समानुपातिक सहभागिता घट्दै गएको बताउँदै सामाजिक न्याय सुनिश्चित गर्न कानुनको कार्यान्वयन अपरिहार्य रहेको बताए  ।
मानव अधिकारकर्मी अनिता परियारले आदिवासी समुदायले अपनाएका रणनीतिबाट दलित समुदायले पनि सिक्न आवश्यक रहेको बताइन्।  उनले नेपाली समाजमा धर्मको गलत व्याख्या गर्दै जातीय भेदभाव भई रहेको बताउँदै त्यस्तो भेदभाव अन्त्य गर्न  धार्मिक अगुवाहरूको पनि सहयोग लिनु पर्ने बताइन्। दलित अभियन्ता गणेश बीकेले नेपालको संविधान २०७२ मा केही सकारात्मक प्रावधानहरू रहेता पनि तिनको कार्यान्वयन पक्ष  कमजोर रहेको बताए।   दलित अधिकारकर्मी भक्त विश्वकर्माले संयुक्त राष्ट्रसङ्घले दलित शब्दलाई आधिकारिक रूपमा स्वीकार नगरेकोले टोरन्टो सम्मेलनले राष्ट्रसङ्घको ध्यानाकर्षण गर्नु पर्ने सुझाव दिए।  उनले दलित मुद्दामा मूलधारका सञ्चारमाध्यमहरूलाई पनि सक्रिय बनाउनु पर्ने सुझाव दिए।
दलित अभियन्ता कर्ण बहादुर नेपालीले जातीय भेदभावमुक्त  समाज निर्माणका लागि एकीकृत दलित आन्दोलन आवश्यक रहेको बताए। महिला अधिकारकर्मी विष्णुमाया परियारले दलित महिला थप पीडित रहेको चर्चा गर्दै दलित महिलाहरूका मुद्दामाथि विशेष ध्यान दिनु पर्ने बताइन्। ‘दलितलाई खै’ अभियान चलाउँदै आएका दलित अभियन्ता खगेन्द्र सुनारले  युवापुस्ता र पुरानो पुस्ताबिच समन्वय आवश्यक रहेको बताए । ‘मिडियामा दलित आन्दोलनबारे निराशावादी लेखहरू मात्र देखिन्छन् आशावादी सन्देश दिन पनि आवश्यक छ,’ उनले भने।
अन्तरक्रियामा  टेक बीके, रूप कुमार बीके, पवन कुमार बीके, त्रिलोक चन्द्र विश्वास, दुर्गा ढुङ्गाना,  ओमप्रकाश बीके गहतराज  लगायतका वक्ताहरूले  २१ मार्चको ऐतिहासिक पृष्ठभूमि र नेपालको दलित आन्दोलनको बारेमा चर्चा गर्दै राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय कानुन कार्यान्वयनमा जोड दिँदै आगामी मे २५ देखि  २७ सम्म क्यानडामा हुन गइरहेको  विश्व सम्मेलनमा उठाउनु पर्ने विषयहरूबारे सुझाव पन  दिए ।  सहयात्रा क्यानडाका अध्यक्ष सन्तोष विश्वकर्माले दक्षिण एसिया र संसारभरि नै दलित लगायतका समुदायमाथि भई रहेको भेदभावबारे छलफल गरी सकारात्मक परिवर्तनका लागि सहकार्य गर्न टोरन्टो सम्मेलन आयोजना गरिन लागेको जनाए।
 उक्त वेबिनारमा नेपाल, क्यानडा,  अमेरिका लगायत विभिन्न मुलुकमा रहेका अधिकारकर्मीहरू, प्राज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहेको  थियो।

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

१२ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक