बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नारायणहिटीमा राजगद्दीमा बस्न खुट्टा उचालिरहे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नारायणहिटीमा राजगद्दीमा बस्न खुट्टा उचालिरहे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ६ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेकोे भिडियो सन्देश जारी भएपछि जसरी नेपालमा एकाएक गणतन्त्रको विकल्प राजतन्त्र हो या होइन भनेर बहस छेडियो। यसले गणतन्त्रवादी दलहरुको निद हराम भएको छ भने राजावादीहरु एकाएक हौसिएका छन्।

भलै जनताले राजतन्त्र खोजेका छैनन् होला, तर कांग्रेस, एमाले र माओवादीको चरित्र अनि जनतालाई रथि ठान्ने नेताहरुका कारण माहोल भने राजावादीको पक्षमा गइरहेको छ। २५ फागुनमा ज्ञानेन्द्रको स्वागतमा काठमाडौंमा जनता उर्लिएपछि भने दलहरु केही सर्तक बनेका छन्। राजावादीहरु राजा फर्काउने भन्दै आन्दोलनमा छन्। भलै राजावादीहरुभित्रै झगडा छ।

०६३ देखि निर्मलनिवासमा बसिरहेका ज्ञानेन्द्र भने नारायणहिटीमा राजगद्दीमा बस्न खुट्टा उचालिरहेका छन्।

त्यही भएर अहिले उनी तिर्थाटनमा पनि राजनीतिक अभिव्यक्ति दिन थालेका छन्, हिँड्दाहिँड्दै पत्रकारलाई प्रतिक्रिया दिन थालेका छन्। उनी शनिबारकुलदेवता सम्झँदै पुर्ख्यौली थलो गोरखा पुगे।  त्यहाँ गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्। शनिबार बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए। त्यहाँ उनलाई मन्दिरका पुजारीहरूले स्वागत गरे।  पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे ।

इतिहासहरुमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ।

गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुनेछ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ।

ज्ञानेन्द्रले पनि आफ्नो जन्मभूमि नभए पछि पुख्र्याैली थलोमा पुगेको प्रतिक्रिया दिए, उनी राजतन्त्र अन्त्यपछि पहिलो पटक गोरखनाथ पुगेका हुन्।

गोरखकाली मन्दिरमा विशेष पूजापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै  पूर्वराजा शाहले देशमा शान्ति चाहिएको बताए।  उनले कसैले पनि कसैको कुभलो नचिताओस् भन्ने कामना पनि गरे।  ‘अहिले देशमा शान्ति चाहियाछ। कसैले पनि कसैको पनि कुभलो नचिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ,’ उनले भने।

शाहले कसैले पनि डराउनु नपर्ने बताए।  ‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्। देशमा विकास होस्। सबैलाई सुख। समृद्धि होस् भन्ने कामना छ,’ उनले भने।

नागरिक स्वागत समाजले प्रत्येक वर्ष पुख्र्यौली थलो गोरखा आउन आग्रह गर्दै पूर्वराजा शाहलाई ज्ञापन पत्र पनि बुझाएको छ। ज्ञापन पत्रमार्फत जनशक्ति तथा खर्च कटौतीका कारण गोरखकाली र गोरखनाथ पूजाआजामा परेको कठिनाइलाई सहज बनाइदिन माग गरिएको छ।
ज्ञानेन्द्रको भ्रमणको क्रममा उनीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘नेपाली जनता के भन्छ, राजतन्त्र ले भन्छ’, ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राष्ट्र घोषणा गर’ लगायतका नारा लगाएका थिए।

यो पनि पढ्नुहोस्

नेपाल छाड्नेकाे संख्या १ लाख ३७ हजार पुग्याे

विभिन्न निषेधित सामग्रीहरू नष्ट

३३ मिनेट अगाडि
त्रिविका पदाधिकारीले एक साथ दिए राजीनामा

त्रिविका पदाधिकारीले एक साथ दिए राजीनामा

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक