शनि, बैशाख १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रहरी दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका दीपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा मंगलबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक दीपक थापालाई दर्ज्यानी चिन्हबाट सुशोभन गरेका हुन् ।

सुशोभन समारोहमा गृहसचिव दुवाडीले गौरवशाली संगठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गर्नुभएकोमा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा कार्यकाल पूर्ण सफलताको कामना गर्दै प्राप्त पदको गरिमा र नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकमा शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र सम्वृद्ध नेपालको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । तीन दशक लामो व्यावसायिक जीवनमा प्रहरी महानिरीक्षक थापाले प्रदर्शन गर्नुभएको कर्तव्यपरायणता, व्यासवसायिक दक्षता, कार्यकुशलताको उच्च मुल्याङ्कन गर्दै नेपाल सरकारले विश्वास गरेर थप जिम्मेवारी प्रदान गरेकोमा यसलाई निष्ठापूर्वक, इमानदारीताका साथ पुरा गर्नु हुनेछ भन्ने विश्वास समेत उनले व्यक्त गरे ।

गृहसचिव दुवाडीले शान्ति सुरक्षा र सुव्यवस्था भन्ने विषय देखिने विषय मात्र नभई अनुभूति गर्ने विषय भएको चर्चा गर्दै आम नागरिकले अनुभूति गर्ने किसिमको शान्ति, सुरक्षा, सुव्यवस्था र अमन चयन मुलुकमा कायम गर्नु सबैको कर्तव्य भएको र आम नागरिकले सरकारप्रति गरेका अपेक्षाहरू पुरा गर्न सरकार सदैव क्रियाशील रहेको बताए । समाजमा नयाँ-नयाँ अपराधका क्रियाकलापहरू बढिरहेको उल्लेख गर्दै लागूऔषध, साइबर अपराध, आत्महत्या, सवारी दुर्घटना लगायतका विभिन्न सामाजिक अपराधहरू गम्भीर सुरक्षा चुनौतिको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतिहरूलाई कुशलतापूर्वक न्यूनीकरण गरेर मुलुकको शान्ति सुव्यवस्था कायम गर्न प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीका सकल दर्जाको साख वृद्धि गर्दै निष्ठा, इमानदारीता, कर्तव्यपरायणता एवम् जवाफदेहीता पूर्वक जिम्मेवार भई कार्यसम्पादन गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरे ।

गृहसचिव दुवाडीले प्रहरी महानिरीक्षक थापाको कार्यकालमा अपराधका क्रियाकलापहरू उल्लेख्य रूपमा नियन्त्रण, अपराध अनुसन्धान तथा अभियोजनमा निष्पक्षता र व्यावसायिकता, सीमा क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रण, दबाब र प्रभाव मुक्त प्रहरी प्रशासन, संविधान प्रदत्त हक अधिकार तथा मानव अधिकारको पूर्ण प्रत्याभूति, कानूनको पूर्ण पालान तथा पीडितमैत्री वातावरणको सिर्जना गरी उच्च स्तरको कार्यसम्पादन गर्दै नागरिकको मनमुटु र ढुकढुकीको रूपमा नेपाल प्रहरी बस्न सफल हुनेछ भन्ने अपेक्षा र विश्वास लिएको बताए । साथै नागरिकले अफ्ठ्यारो परेर नेपाल प्रहरी सम्झदा तत्काल सहायता, आड र भरोसा दिन सक्ने किसिमको चुस्त, दुरूस्त, सशक्त र जिम्मेवार नेपाल प्रहरी बनोस् भन्ने शुभकामना समेत उनले व्यक्त गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले मुलुक प्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा, कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गरे । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरू प्रति कुनै पनि पूर्वाग्रहको भावना नराखी निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

नेपालको संविधानको मर्म अनुरूप संघीय स्वरुपमार्फत कानून कार्यान्वयन, विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रूपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले भने, ‘कार्यक्षमताको उचित मुल्याङ्कन, नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कारमार्फत नेकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रूपमा संस्थागत गर्ने मेरो लक्ष्यबाट म किंचित पनि डगमगिने छैन ।’ अपराधको रोकथाम र अनुसन्धान, कुनै पनि बहाना र बिकल्प बिना शान्ति सुरक्षाको उपलब्धता, अन्य सुरक्षा निकायसँगको निरन्तर समन्वय र सहकार्य मार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमन चयन र कानूनी राज्यको प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशीलतामा गुनासो आउने अवसर नदिने समेत उनले व्यक्त गरे । नेपाल प्रहरीलाई आफ्नो दायित्व निर्वाह गर्न आम नागरिक, संचारकर्मी, विभिन्न पेशाकर्मीहरू, समाजसेवी, सरोकारवाला निकायहरू तथा नेपाल सरकारका सबै अंगहरूबाट सुझाव, सहयोग र सहकार्यको अपेक्षा लिएको उनले बताए ।

नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर क्रियाशील रहन सकेमा मात्र नेपाल प्रहरीलाई नागगरिकमैत्री र सेवाग्राही संस्थाको रूपमा स्थापित गराउन सकिने हुँदा हाम्रो कार्यप्रति सेवाग्राहीको सन्तुष्टि नै नेपाल प्रहरीको अभिष्ट रहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दवावहरूलाई सामूहिक प्रयासका साथ निस्तेज गरिने दृढता व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक थापाले मंगलबारै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् । प्रहरी महानिरीक्षक थापा नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गरे ।

प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।

यो पनि पढ्नुहोस्

मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

१९ घण्टा अगाडि
ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

बिष्णु चित्रकारको श्रद्वाञ्जली कार्यक्रम (भिडियाे सहित)

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक