मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिड्नीबाट शेष घलेले गरे एकता महाधिवेशनमा सहभागी हुन आह्वान

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सिड्नीबाट शेष घलेले गरे एकता महाधिवेशनमा सहभागी हुन आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिड्नी । गैर आवासीय  नेपाली  संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको  एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका छन्।

कर्मभूमि अष्ट्रेलियामा रहेका घलेले सिडनीमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष समेत रहेका डा घलेले लामो समयदेखि विवादमा अल्झिएको एनआरएनएलाई लोकतान्त्रिकरण गर्ने एक अपूर्व अवसर आएको बताए।

“गत अप्रिल २०२४ मा सर्वोच्च अदालतले संक्षिप्त फैसला दियो र पछि पूर्ण पाठ पनि प्राप्त भयो। अदालतको फैसलाको ६ महिना पछि अक्टोबर २०२४ मा उच्चस्तरीय समितिलाई परराष्ट्र मन्त्रालयबाट निर्देशन प्राप्त भयो। उक्त निर्देशन प्राप्त भएको ३० दिन भित्र १९ नोभेम्वर २०२४ मा  उच्चस्तरीय समितिको पहिलो बैठक बस्यो।  त्यस संगसंगै ६ महिना भित्र अन्तरराष्ट्रिय साधारण सभा आयोजना गर्नु पर्ने समयावधि पनि शुरु भयो,” घलेले  भने।

नोभेम्वर २०२४ यता उच्चस्तरीय समितिको झन्डै एक दर्जन बैठकहरु बसेर सदस्यता खोल्ने, वेबसाइट बनाउने, एनसीसीहरुसंग समन्वय गर्ने काम भै रहेको पनि उनले जानकारी दिए।  “तपाईं हामीले ठूलो योगदान दिएर बनाएको संघको भवनमा हामीलाई बैठक गर्न दिइएन।  सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले सचिवालय उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न दुइ, दुइ पटक पत्र लेखेता पनि अटेर गर्ने काम भै रहेको छ।  हामीले निकै असहज परिस्थितिमा पनि महाधिवेशनको तयारी गरिरहेका छौं।   म केही पाउनको लागि होइन, संस्थालाई फेरी ट्रयाकमा ल्याउनको लागि सर्वोच्च अदालतको निर्देशन बमोजिम यो जिम्मेवारी बहन गर्न तयार भएको हुँ,” उनले भने।

उच्चस्तरीय समितिका अध्यक्ष डा  घलेले आफुहरुको  जिम्मेवारी सर्वोच्च अदालतले दिएको म्यान्डेट भन्दा पनि बढी भएको बताए । “यो कानूनी निर्देशन पुरा गर्ने विषय मात्रै नभएर एउटा दीगो तथा प्रजातान्त्रिक संस्था निर्माण  गर्नका लागि  दरिलो ढांचा बनाउने  अवसर पनि हो।  यो महाधिवेशनमा एनआरएनए सम्बन्धी ऐन अनुसार सदस्य बन्न योग्य सबै पंजीकृत सदस्य काठमाडौँमा आएर तोकिएको शुल्क तिरेर डेलिगेट्स बन्न पाउँछन्, आफ्नो नेतृत्व चयन गर्न पाउँछन्।  नयाँ विधान बनाउन पाउँछन्।  यस्तो अवसर फेरी  आउंदैन।  त्यसैले अलिकति समय खर्च गरेर, समयमै ट्राभेल बुक गरेर मे महिनामा काठमाडौँ आउन म सबै साथीहरुलाई अनुरोध  गर्दछु,” घलेले भने।  उनले तोकिएको मितिमै महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह  गरे।

अध्यक्ष घलेले ३१ मार्च २०२५ भित्र सदस्यता लिएर  अप्रिल महिनाभित्र  प्रतिनिधिका लागि नाम दर्ता गराउन र मे ३,४ र ५ मा काठमाण्डौमा हुने महाधिवेशनमा भागलिन सबैलाई अनुरोध पनि गरे  ।

कार्यक्रममा बोल्दै  एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एमआईएसबाट वितरण हुने सदस्यतामा एनसीसीहरुले प्रमाणिकरण गर्न सक्ने  अधिकार भएकाले सो प्रविधिलाई उच्चस्तरीय समितिको मातहतमा ल्याएमा  सदस्यता वितरण गर्न सहज हुने बताए  ।  उनले सबै एनसीसीले उच्चस्तरीय समितिसंग सहकार्य गर्नु पर्ने पनि बताए ।

एनसिसि अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले डा. घले लगायत उच्चस्तरिय समितिलाई पूर्णरुपले साथ समर्थन गर्न आह्वान गरे।  उनले सम्भव भएसम्म सबै पक्षलाई मिलाएर लान सुझाव पनि  दिए  ।  एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष ध्रुव सुवेदीले वर्तमान परिस्थितिमा उच्चस्तरीय समितिले महाधिवेशन गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताए।  उनले  सम्भव भएसम्म सबैलाई साथ लिन अधिकतम प्रयास गर्ने तर तोकिएको समयसिमा  भित्रै  एकताको महाधिवेशन गर्न सुझाव पनि दिए ।

एनसिसि अष्ट्रेलियाका  निवर्तमान  अध्यक्ष नन्द गुरुङले  टुक्रा टुक्रामा विभाजन भएको एनआरएनएलाई सहि दिशामा ल्याउन सर्वोच्च अदालतले दिएको परमादेश अनुरुप बनेको उच्चस्तरीय समितिलाई काम गर्न सबैले सघाउनु पर्ने बताए।  हामी सबैले मिलेर बनाएको संस्था र भवन कसैले कब्जा गर्दैमा काम  रोकिनुहुदैन भन्दै उनले आगामी मे महिनामा काठमाण्डौमा हुने महाधिवेशनमा भागलिन सबैलाई अनुरोध गरे ।

एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीले गैर आवासीय नेपाली संघ सबैको लामो संघर्ष, मेहनत र परिश्रमले गर्दा आजको दिनसम्म आईपुगेको स्मरण गर्दै  संस्थालाई बचाउन सम्भव  भएसम्म लचकता अपनाएर निकास खोज्न सुझाव दिए। उनले  संस्थाको साख जोगाउने  यो अवसर पनि भएकाले डा. घले नेतृत्वको समितिलाई साथ दिएर अघि बढ्न सबैलाई आग्रह गरे   ।

कार्यक्रममा अष्ट्रेलिया एनएसडब्लुका लागि नेपालका मानार्थ वाणिज्यदूत संजीव शर्मा, एनआरएनएकी पूर्व संरक्षक इन्द्रा बन,  एनआरएन अभियन्ताहरु भोमा लिम्बु, कुशल  केसी, जानकी पौडेल, बिमल भट्टराई, इर्शाद अहमद, भिम खरेल, बिशाल पोखरेल, अच्यूत थपलिया, शेषमणि पाठक, इथान शाक्य लगायत ५० जना भन्दा बढि सहभागीहरुले आफ्नो धारणा राखेका थिए।  उच्चस्तरीय समितिका अध्यक्ष घलेले सहभागीहरुका जिज्ञासाको जवाफ दिएका थिए।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण तथा संचालन एनआरएनए आईसीसीका पूर्व युवा संयोजक एवम्  उपमहासचिव कृष्ण गिरीले गरेका थिए।

यो पनि पढ्नुहोस्

विपद्लाई  सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

१६ घण्टा अगाडि
जेनजी आन्दोलनका युवालाई तत्काल न्याय  व्यवस्थापनको व्यवस्था गर्न  माग

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक