मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य

रैथाने बाली संरक्षण तथा संवर्धन गर्ने निर्णय : मन्त्रीपरिषद्

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
रैथाने बाली संरक्षण तथा संवर्धन गर्ने निर्णय : मन्त्रीपरिषद्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत। कर्णाली प्रदेशमा प्राङ्गारिक तथा रैथानी बालीको प्रथम सडक खाना महोत्सव सुरु भएको छ । कर्णाली प्रदेश स्थापना भएपछि २०७४ फागुन ६ गते बसेको कर्णाली प्रदेशको मन्त्रीपरिषद्को पहिलो बैठकले कर्णाली प्रदेशलाई प्राङ्गारिक कृषिको आधार तयार गर्दै रैथाने बालीको संरक्षण तथा संवर्धन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै २०७७ माघ ३० गतेको मन्त्रीपरिषद् बैठकबाट हरेक वर्षको फागुन ६ गतेलाई प्राङ्गारिक कृषि दिवसका रूपमा मनाउने निर्णय भए अनुसार होटेल व्यवसायी सङ्घ सुर्खेत, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलगायत अन्य सरोकारवालाको संयुक्त आयोजनामा मङ्गलबारदेखि प्रथम सडक खाना महोत्सव सुरु भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खाना महोत्सवको उद्घाटन गर्दै यस्ता महोत्सवको कर्णालीको लोप हुन थालेका रैथाने र अर्गानिक वस्तुको बजारीकरण र प्रचारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विगतमा गरिबले खाने भनिएका फापर, कोदो, कागुनो जस्ता अन्न अहिले सम्पन्नले खोजी खोजी खाने हुँदा कर्णालीवासीले यी उत्पादनलाई बढावा दिनुपर्ने जनाउनुभयो । लोप हुन थालेका रैथाने बालीलाई स्थानीय तह, प्रदेश सरकारले पनि प्राथमिकता दिएको र आगामी दिनमा कृषकले पनि यसको विस्तार र संरक्षणमा जोड दिनुपर्ने उहाँको भनाइ छ । साथै कर्णालीका हरेक होटेललाई कर्णालीका रैथाने बालीको खानालाई प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले महोत्सवले कर्णालीको रैथाने र अर्गानिक खानाको प्रचारप्रसार हुने जनाउनुभयो । जलवायु परिवर्तनका कारण कर्णाली प्रदेशको कृषिमा पनि प्रभाव परेकाले रैथाने बालीलाई जोड दिनुपर्ने उहाँको भनाइ छ ।

मन्त्रालयका प्रवक्ता एवं कृषि प्रसार अधिकृत धनबहादुर कठायतले पहिलो पटक सडक खाना महोत्सव आयोजना गरिएको र यसलाई आगामी दिनमा निरन्तरता दिँदै जाने बताउनुभयो । उहाँले महोत्सवले कर्णालीका मूल्यवान् रैथाने बालीको देशविदेशमा बजारीकरण हुने उल्लेख गर्नुभयो ।

सञ्चालन हुने खाना महोत्सवमा १५ वटा स्टल राखिएका छन्, जसमा कर्णालीका अर्गानिक र रैथाने बालीबाट उत्पादन भएका परिकार तथा अन्य सामग्री छन् ।

यो पनि पढ्नुहोस्

निःशुल्क स्वास्थ्य पोर्टलबाट सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्याे

निःशुल्क स्वास्थ्य पोर्टलबाट सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्याे

१ मिनेट अगाडि
सर्वोच्चले एनसेलसँग लिखित जवाफ माग्यो

एनसेलको झूटा सूचना प्रचारबाट बच्र आग्रह

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक