शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ऊर्जा मन्त्री दीपक खड्का ‘इन्डिया इनर्जी वीक-२०२५’ मा सहभागी भई स्वदेश फिर्ता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ऊर्जा मन्त्री दीपक खड्का ‘इन्डिया इनर्जी वीक-२०२५’ मा सहभागी भई स्वदेश फिर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘इन्डिया इनर्जी वीक-२०२५’ मा सहभागिता जनाई स्वदेश फर्किएका छन्। फेब्रुअरी ११ देखि सुरु भएको ऊर्जा सप्ताहमा भाग लिएपछि उनी हिजाे साँझ काठमाडौं आएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खड्काको स्वागत ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिंचाइ सचिव सरीता दवाडी, विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, तथा मन्त्रालयका सहसचिव जीवछ मण्डललगायत अधिकारीहरूले गरेका थिए।

भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्वमा भारतीय पेट्रोलियम उद्योग महासंघद्वारा आयोजित उक्त कार्यक्रम ऊर्जा क्षेत्रमा नवप्रवर्तन, कार्बन उत्सर्जन न्यूनीकरण, तथा नवीन प्रविधिको प्रयोगबारे छलफल गर्न केन्द्रित रहेको थियो।

ऊर्जा सप्ताहका विभिन्न सत्रहरूमध्ये मन्त्री खड्काले ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’ सम्बन्धी दुई मन्त्रीस्तरीय बैठकहरूलाई सम्बोधन गरे। उनले स्वच्छ ऊर्जा प्रवर्द्धनको महत्त्व र यस क्षेत्रका सम्भावनाहरूबारे आफ्ना विचार राख्दै दिगो विकासका लागि हरित ऊर्जाको आवश्यकतामा जोड दिए।

भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर, जलशक्ति मन्त्री सिआर पाटिल, तथा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटवार्तामा नेपाल–भारत ऊर्जा सहकार्यलाई थप सशक्त बनाउने, पञ्चेश्वर र सप्तकोशी बहुउद्देश्यीय आयोजना अघि बढाउने लगायतका विषयमा विस्तृत छलफल भएको मन्त्री खड्काले जानकारी गराए।

यस वर्षको ऊर्जा सप्ताहमा विभिन्न १० देशका झन्डै ७० हजार ऊर्जा व्यवसायीको सहभागिता रहेको थियो। कार्यक्रमका दौरान ९० भन्दा बढी सत्रहरू सञ्चालन गरिएका थिए भने करिब ७०० ऊर्जा प्रविधिसम्बन्धी प्रदर्शनी कक्षहरू राखिएका थिए।

यो पनि पढ्नुहोस्

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

२ घण्टा अगाडि
रिफ्युलिङ प्रणालीको शुभारम्भ

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वैदेशिक रोजगारीको नाममा ठगी रोक्न विशेष कार्यदल गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

भोटेकोशी बाढीपीडितलाई नगद राहत

डिजिटल सुरक्षादेखि दुष्प्रचार नियन्त्रणसम्म सरकारको तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक