शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोखरा सराङकोटस्थित निर्माणाधीन सराङकोट धाम धार्मिक पर्यटनको प्रचुर सम्भावना

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पोखरा सराङकोटस्थित निर्माणाधीन सराङकोट धाम धार्मिक पर्यटनको प्रचुर सम्भावना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

माछापुच्छ्रे  (कास्की)। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन प्रवर्धनमा धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको जनाइएको छ । पोखरा महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधीन सराङकोट धामकोअवलोकन गर्नुहुँदै मन्त्री गुरुङले नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको जनाउनुभयो । उहाँले सराङकोटमा निर्माण गरिएका मन्दिरलगायत अन्य संरचनाको अवलोकन गर्नुभएको हो । धार्मिक र ऐतिहासिक ठाउँको संरक्षणमा सरकारले ध्यान दिने उहाँको भनाइ छ ।

पर्यटकीय क्षेत्र सराङकोटलाई धामको रूपमा विकास गर्ने उद्देश्यले २०६३ सालदेखि धाम निर्माण गर्न थालिएको हो । धाममा निर्माण सम्पन्न भएका नेपालकै ठुलो पञ्चमुखी गणेश मूर्ति, विशाल शिव मन्दिर, १०८ जलधारा, १०८ शिवलिङ्ग, भ्युटावर र बहुउद्देश्यीय भवनको मन्त्री गुरुङले अवलोकन गर्नुभयो । फागुन १४ गतेदेखि सुरु हुने धार्मिक पर्यटन महोत्सवका बारेमा पनि मन्त्री गुरुङलाई त्यस अवसरमा जानकारी गराइएको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले धार्मिक आस्थासँगै पर्यटकलाई सराङकोटको प्राकृतिक  सौन्दर्य र सांस्कृतिक महत्वका बारेमा जानकारी गराउने उद्देश्यले महोत्सव गर्न लागिएको जनाउनुभयो । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको पहलमा नेपाल सरकार, प्रदेश र स्थानीय तह र स्थानीय दाताको सहयोगमा धाममा ३५ करोड रुपियाँ लगानी गरिएको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जनाउनुभयो ।

उहाँका अनुसार बाँकी काम सम्पन्न गर्न थप १५ करोड रुपियाँ आवश्यक रहेको छ । एक हजार एक सय ११ सदस्यीय समिति गठन गरी महोत्सवको तयारी गरिएको प्रचारप्रसार समिति संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । धार्मिक पर्यटन महोत्सवमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख वाचक रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

२ घण्टा अगाडि
रिफ्युलिङ प्रणालीको शुभारम्भ

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीको नाममा ठगी रोक्न विशेष कार्यदल गठन

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

भोटेकोशी बाढीपीडितलाई नगद राहत

पत्रकारहरुको हकहितमा एकजुट हुनुपर्नेमा जोड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक