शुक्र, मंसिर ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ईभीमा बढ्दो चिनियाँ प्रभावलाई चुनौति दिन मोदी सरकारले करमा छुटैछुटको स्किम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ईभीमा बढ्दो चिनियाँ प्रभावलाई चुनौति दिन मोदी सरकारले करमा छुटैछुटको स्किम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) लोकप्रियता विश्व बजारमा बढिरहेका बेला भारतले आफ्नो नीतिमा परिवर्तन गरी बजेट ल्याएको छ ।

ईभीमा बढ्दो चिनियाँ प्रभावलाई चुनौति दिन मोदी सरकारले करमा छुटैछुटको स्किम ल्याएको छ । देशभित्रै ईभी उत्पादन बढ्न थालेपछि मोदी सरकारले करमार्फत प्रोत्साहन गरेको हो । मोदी सरकारले सहुलियत दिएका कारण भारतमा ईभी उत्पादन गर्दा सस्तो पर्नेछ, जसले सस्तो मूल्य उत्पादित चिनियाँ ईभीलाई टक्कर दिनेछ ।

अर्थमन्त्री निर्मला सीतारमणले कोबाल्ट, लिथियम-आयन ब्याट्री स्क्र्याप, लिड, जिंक र अन्य १२ आवश्यक खनिजहरूमा आधारभूत भन्सार शुल्क पूर्ण रूपमा हटाएकी छन् ।

जसले भारतमा विद्युतीय सवारीसाधन सस्तो हुने भएको छ । कतिपयले यसलाई चिनियाँ ईभीलाई टक्कर दिने गरी बजेट ल्याएको टिप्पणी गरेका छन् । बजेटले भारतलाई विद्युतीय सवारीसाधन र ब्याट्री निर्माणको केन्द्र बनाउने घोषणा गरेको छ । नेपालमा समेत चिनियाँ विद्युतीय सवारीसाधनको बाढी छ ।  नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अनुसार नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी ईभीको पेनिट्रेसन छ ।  भारतमा ईभी उत्पादन र प्रयोग बढ्दा नेपाली बजारमा समेत त्यसको प्रभाव पर्नेछ ।

मोदी सरकार ३.० अन्तर्गत प्रस्तुत गरेको पहिलो पूर्ण बजेटमा अर्थमन्त्री निर्मला सीतारमणले विद्युतीय सवारीसाधनका ब्याट्री निर्माणका लागि आवश्यक महत्त्वपूर्ण खनिजहरूमा लाग्दै आएको आधारभूत भन्सार शुल्क हटाएकी हुन्  । यो कदमले सन् २०३० सम्ममा कुल सवारी बिक्रीको ३० प्रतिशत विद्युतीय सवारी बनाउन लिएको लक्ष्य पूरा गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

किन सस्तो हुन्छ ईभी ?

स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन अर्थमन्त्रीले कोबाल्ट पाउडर, लिथियम-आयन ब्याट्री स्क्र्याप, लिड, जिंक र अन्य १२ महत्त्वपूर्ण खनिजहरूमा लाग्दै आएको भन्सार शुल्क हटाइदिएकी हुन् ।

यसैगरी विद्युतीय ब्याट्री उत्पादनका लागि आवश्यक उपकरणमा लगाइएको आयात शुल्क घटाउने निर्णयले ईभी ब्याट्रीको लागत कम हुनेछ । जसले सवारीसाधन सस्तो बनाउने अनुमान छ । लागत घट्दा भारतको ईभी ब्याट्री उद्योगको विस्तार तीव्र हुनेछ र स्वदेशी उत्पादन क्षमता बढ्ने सरकारको अपेक्षा छ ।

यो कदमले भारतको स्वदेशी उत्पादन क्षमतालाई बढावा दिनेछ । विदेशी आपूर्तिको निर्भरता कम गर्ने र हरित यातायातको प्रवर्द्धन गर्ने बताइएको छ । घरेलु ब्याट्री निर्माण प्रणालीलाई मजबुत बनाएर यो योजनाले नवीकरणीय ऊर्जा लक्ष्यलाई पनि अघि बढाउनेछ । जलवायु प्रतिबद्धतालाई बल दिनेछ र स्वदेशी प्रविधिको माध्यमबाट ऊर्जा सुरक्षालाई बलियो बनाउनेछ ।

संघीय बजेट भारतको वार्षिक वित्तीय खाका हो, जसले देशको आर्थिक दिशा तय गर्छ । अटोमोटिभ क्षेत्र, विशेष गरी सूक्ष्म, साना र मध्यम उद्यमहरू (एसएमईज) का लागि यस वर्षको बजेट विशेष महत्वको छ, किनभने सरकारले विद्युतीय सवारीसाधन  र ब्याट्री निर्माणलाई प्रवर्धन गर्न ठूला प्रावधानहरू ल्याएको छ । प्रोत्साहनका उपायहरू मुख्य रूपमा ईभी ब्याट्री निर्माणका लागि ३५ प्रकारका पूँजीगत वस्तुमा भन्सार छुट, मोटर, कन्ट्रोलर र अन्य कम्पोनेन्टहरूको स्वदेशी उत्पादनलाई सहयोग, ईभी निर्माणलाई क्लिन टेक निर्माण कार्यक्रमसँग एकीकृत गर्ने उल्लेख छ ।

यो बजेटले भारतलाई विद्युतीय सवारीसाधन र ब्याट्री निर्माणको केन्द्र बनाउने प्रतिबद्धता  दोहोर्‍याएको छ । स्वदेशी मूल्य अभिवृद्धि बढाउन क्लिन टेक निर्माण सहयोग कार्यक्रम घोषणा गरिएको छ । जसमा सौर्य पीभी  सेल, ईभी ब्याट्री, मोटर र कन्ट्रोलरहरू समावेश छन् । ईभी ब्याट्री निर्माणका लागि ३५ अतिरिक्त पूँजीगत वस्तुहरूलाई कर छुट सूचीमा राखिएको ग्रान्ट थोर्नटन भारतका अटो तथा ईभी उद्योग प्रमुख साकेत मेहराले बजेटले लिथियम-आयन ब्याट्रीमा भन्सार शुल्क कटौती गर्नुका साथै ‘नेशनल क्रिटिकल मिनरल मिशन’ घोषणा गर्नु भारतको ईभी प्रणालीलाई सुदृढ पार्ने ठूलो कदम भएको बताएका छन् ।

टाटा मोटर्सका कार्यकारी निर्देशक गिरीश वाघले संघीय बजेट २०२५ दीर्घकालीन परिवर्तनका लागि स्पष्ट मार्गचित्र दिने बताउँछन् । ‘११ लाख करोड रुपैयाँभन्दा बढीको पूँजीगत खर्च व्यवस्थापन, ‘मेक इन इन्डिया’ कार्यक्रमको समर्थन र कृषि प्रवर्द्धन योजनाहरूले आर्थिक वातावरणलाई गतिशील बनाउनेछन् । ब्याट्री निर्माणका लागि मुख्य कच्चा पदार्थको भन्सार शुल्क हटाउने निर्णयले स्वदेशी ईभी उत्पादन प्रवर्द्धन गर्नेछ र भारतको हरित अर्थतन्त्रको मार्ग प्रशस्त गर्नेछ,’ उनको भनाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ ।

यो बजेटमार्फत भारतले विद्युतीय सवारीसाधनलाई सस्तो बनाउने, हरित ऊर्जा प्रणालीलाई प्रवर्द्धन गर्ने र आत्मनिर्भर बन्ने दिशामा ठोस पाइला चालेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्

हेटौंडा–ठिंगन–सातदोबाटो प्रयोग गर्न आग्रह

हेटौंडा–ठिंगन–सातदोबाटो प्रयोग गर्न आग्रह

१३ मिनेट अगाडि
आज विपद्‍ ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको परीक्षण

आज विपद्‍ ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको परीक्षण

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक