मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मन्त्रि न्यौपानेद्धारा माध्यामिक विद्यालय सौडियारमा निर्माण हुने सभाहलको शिलान्यास

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
मन्त्रि न्यौपानेद्धारा माध्यामिक विद्यालय सौडियारमा निर्माण हुने सभाहलको शिलान्यास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ । घोराही उप महानगरपालिका वडा नम्वर ७ सौडियारस्थित माध्यामिक विद्यालय सौडियारमा निर्माण हुने सभाहलको शिलान्यास गरिएको छ । बिद्यालयको ५१ औं बार्षिक उत्सवको अवसर पारी आज भवनको शिल्यान्यास गरिएको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्रराईको अध्यक्षतामा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल,लुम्बिनी प्रदेशका सांसद लोका बिश्वकर्मा,घोराही उप महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष खोपीराम चौधरीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्रि प्रचण्डबिक्रम न्यौपानेले सभाहलको शिलान्यास गर्नुभएको हो । सो अवसरमा मन्त्रि नयौपानेले सभाहलको शिलान्यास आफुले गर्न पाएको र त्यसलाई पूर्णता हुने बजेट हालेर भवनको उद्घाटन समेत आफैले गर्ने प्रतिवद्धता जनाउनुभयो । बिद्यालय भनेको शिक्षाको मन्दिर भएको भन्दै उहाँले सरकारी बिद्यालयको शैक्षिक अवस्था सुधारमा सवै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।

बिद्यालयको नाममा दर्ताश्रेष्ता कायम भएको पश्चिम तर्फको जग्गामा सभाहल निर्माण गरिनेछ । बिद्यालय तथा ७ नम्वर वडामा हुने ठुला कार्यक्रममा लागि धेरै मानिस अट्ने सभाहल नभएपछि बिद्यालयले महायज्ञ लगाएर केही आर्थिक सहयोग जुटाएको थियो ।

महायज्ञबाट संकलन भएको करिव ३२ लाखबाट सभाहलको निर्माण सुरु गरिने र स्थानीय,प्रदेश तथा संघीय सरकारको सहयोगमा त्यसलाई पूर्णता दिइने बिद्यालयका निमित्त प्रधानाध्यापक नन्दबहादुर वलीले जानकारी दिनुभयो । बार्षिक उत्सवकै अवसरमा मा.वि.सौडियारको बिद्यालय स्थापना गर्ने टेक बहादुर चौधरी,भूप बहादुर केसी र जग्गु चौधरीको अर्धकटको शालिकको अनावरण समेत गरिएको थियो ।

तत्कालीन अवस्थामा सौडियारमा बिद्यालय स्थापना गरी पढ्न नपाएका व्यक्तीलाई शिक्षा आर्जन गर्ने बातावरण तयार गरेको भन्दै उहाँको सम्मान स्वरुप बिद्यालय परिसरमा उहाँहरुको अर्धकटको शालिक निर्माण गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्रराईले जानकारी दिनुभयो ।

बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमप्रकाश खड्का, बुद्धिप्रकाश चौधरी,राप्रपाका तिलकराम आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयका निमित्त प्रधानाध्यापक नन्द बहादुर वलीले बिद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बिद्यालयका शिक्षिका सुमित्रा योगीले स्वागत नृत्य प्रस्तुत गर्नुभएको कार्यक्रममा शालिक निर्माणकर्ताहरु,उत्कृष्ट अभिभावक सुशिला वस्नेत,उत्कृष्ट शिक्षकहरु बावदेव पोख्रेल,सावित्रा पाण्डेय,स्मारिका लेखनमा सम्पादन गर्ने शिक्षक नारदप्रसाद भण्डारी,बिज्ञान तथा खेल प्रर्दशनी संयोजन गर्ने शिक्षक नरेश पौडेल,अक्ष्यकोषदाता खेमराज शाह,गौरव कुमार लामिछाने लगायतलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । भने बिद्यालयमा स्थापित बिभिन्न १६ वटा पुरस्कारबाट बिद्यालयमा उत्कृष्ट नतिजा हासिल गर्ने जेहेन्दार,गरिव जनजाती अपाङ्ग बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

सो कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न बिज्ञानकला प्रदर्शन,पाक कला प्रर्दशन तथा गीत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिष्णुराज चौधरीले गर्नुभएको थियो । विमल योगी

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

३ घण्टा अगाडि
आज प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाको बैठक सुरु

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक