बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओखलढुङ्गा पत्रकार समाज चेतनाथ धमलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ओखलढुङ्गा पत्रकार समाज चेतनाथ धमलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  ओखलढुङ्गा पत्रकार समाज विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएसँगै कानुनी मान्यता प्राप्त गरेको छ।

प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ। यस समाजको उपाध्यक्षमा गोरखापत्रका डिजिटल प्रमुख र निमित्त कार्यकारी सम्पादक नारदमुनि गौतम, नेपाल टेलिभिजनका समाचार सम्पादक सलोजा दाहाल छन्।

​यसैगरी महासचिवमा नेपाल समाचारपत्र दैनिकका राजनीतिक ब्युरो प्रमुख जीवन शर्मा, सचिवमा खबरडबली डटकमका समाचार सम्पादक मनोजकुमार भट्टराई, कोषाध्यक्षमा सेभेनस्टार फोर के टेलिभिजनका प्रबन्ध निर्देशक जानुका बराल रहेका छन्। सदस्यहरूमा हिमालय टाइम्स दैनिकका उपसम्पादक विनोद दाहाल, राससका उपसम्पादक कुम्भराज राई, सुभाना मिडियाका सञ्चालक/सम्पादक शिवबहादुर विक मिलन, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुङ्गेल, सुनकोसी सन्देशका प्रधान सम्पादक युवराज पहाडी, आदर्शखबरका अध्यक्ष तथा सञ्चालक टीकादास श्रेष्ठ र थाहाखबर डटकमका संवाददाता श्याम राई रहेका छन्।

यसैगरी, समाजको सल्लाहकारमा राससका पूर्व अध्यक्ष तथा हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहाल, प्रेस काउन्सिल नेपालका पूर्व कार्यबहाक अध्यक्ष,साँघु साप्ताहिकका संस्थापक तथा अतिथि सम्पादक गोपाल बुढाथोकी र नेपाल पत्रकार महासङ्घका निवर्तमान कार्यबाहक अध्यक्ष बाला अधिकारीलाई राखिएको छ।

ओखलढुङ्गाको पत्रकारिता क्षेत्रको विकास, अग्रज पत्रकारलाई पुरस्कार, अभिनन्दन, सम्मान र अनुज पत्रकारहरूको श्रीवृद्धिका लागि आवश्यक सहयोग, पत्रकार कल्याणकारी अक्षयकोष स्थापना, विधागत पत्रकारिता पुरस्कार स्थापना, ओखलढुङ्गा जिल्लाबाट काठमाडौं लगायतका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूलाई एकाकार गरी जिल्लाका विभिन्न एजेन्डामा बहस पैरवी गर्ने, खोज अनुसन्धानका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ समाजको स्थापना गरिएको संस्थाका महासचिव जीवन शर्माले बताए।

समाजले आफ्ना उद्देश्य अनुसारका गतिविधिलाई अघि बढाउन ओखलढुङ्गामा स्थायी घर भएका काठमाडौं लगायत अन्यत्रसमेत कर्मथलो बनाएका सम्बन्धित पत्रकारहरूसँग आवश्यक छलफल गर्ने तयारी छ।

संस्था स्थापनार्थ भेलामा उपस्थित पत्रकारहरू स्वतः संस्थापक रहने समाजको विधानमा व्यवस्था गरिएको छ। ओखलढुङ्गाबाट काठमाडौं आइ पत्रकारिता पेसामा क्रियाशील पत्रकारहरूको सङ्ख्या करिब सय जनाको हाराहारीमा रहेको समाजले जनाएको छ। पहिलो चरणमा ती पत्रकारहरूको तथ्याङ्क सङ्कलन गरी बृहत्त भेला गर्ने योजना रहेको अध्यक्ष धमलाले जनाए।

उक्त ओखलढुङ्गा पत्रकार समाजको विधान स्वीकृत प्रशासकीय अधिकृत उर्मिला अधिकारीले गरेकी हुन्। यस पश्चात् समाजको विधान र प्रमाणपत्र काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले अध्यक्ष धमलालाई हस्तान्तरण गरेका हुन्।

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

हामीले फेरिरहेको हावा कति विषाक्त छ ?

७ घण्टा अगाडि
प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक