बिहि, फाल्गुन २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कमरेड पुष्पलाल यसरी ब्याख्या र बिश्लेषण गर्छन् पृथ्बीनारायण शाहको

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

-लोकनारायण सुवेदी

अहिलेम्मको इतिहासको अन्बेषणबाट प्रष्ट भएको छ कि बिश्वमा १७ वटा देश अस्त्विमा रहेका बेला  नेपाल भन्ने देश समेत उपस्थित रहेको थियो । यसले एउटै कुरा अझ बढी प्रष्ट हुन्छ कि नेपालको इतिहास धेरै पुरानो मानब  सभ्यता भएको इतिहास हो । यसको साँस्कृतिक, धार्मिक, ऐतिहासिक र भौगोलिक  एवं नृबंशीय बिबिधताले पनि यस तथ्यलाई उजागर गर्दछ । नेपालको इतिहासको खोजी र पुनर्निर्माणको काम र क्रम जारी छ, सकिएको छैन । सत्यको आधारमा तथ्य पत्ता लगाउने र नेपाल बिगतदेखि बर्तमानसम्म  के कसरी फैलिदै र खुम्चिदै अस्तित्वमान रह्यो भन्ने कुराको अनुसन्धान, अन्बेषण भइसक्यो र निष्कर्श अब निस्किसक्यो अनि यसको सम्पूर्णरुपले अन्तिम टुंगो लागि सक्यो भन्ने कुरा छैन । यो अनुसन्धान र खोजको क्रम अद्यापि जारी छ । नयाँ नयाँ तथ्य र पुरानै तथ्यका आधारमा पनि इतिहासप्रतिको नबीन सोच र दृष्टिकोणले समेत यसको अध्ययन र खोजीको माग गर्दछ र त्यो जारी रहन्छ र रहनु पर्दछ । तर मूख्य कुरा इतिहासमा जनताको भूमिका, उनीहरुको आजीबिका र अस्तित्व निर्माणको निमित्त उनीहरुले निरन्तर के कसरी संघर्ष गर्दै आए भन्ने कुराको आधारमा इतिहासको पुनर्निर्माण गरिनुपर्ने आवश्यकता त झन अझै पुरा भएको छैन नै । किनभने जनता नै इतिहासका बास्तबिक निर्माता हुन्  भन्ने बिकसित बिश्व मान्य तथ्यका आधारमा आज इतिहासलाई हेर्नु पर्दछ । अनि मात्र यसको यथार्थ वास्तबिकताको पनि बोध हुन्छ भन्ने मान्यता आज स्थापित भइसकेको छ । त्यसैले यो केही राजा महाराजा, युद्ध सरदार वा सेनापतिहरु बीचको लडाई झगडा, साहस र समृद्धि, उत्थान र पत्तनको कुरा मात्र नरहेर जनताको गाँस, बास, कपास, सभ्यता, सस्ँकृति, कला कौशल, सीप, ज्ञानको कुरा बन्न गएको छ । मानब सभ्यता र बिकासको कुरा नै मानिसले आफ्नो शतत अस्तित्व र बिकासको लागि निरन्तर गर्दै आएको संघर्षको अर्थमा बुझनु बुझाउनु पर्ने र इतिहासको निर्क्यौल गर्नुपर्ने इतिहासकोआजको अत्याधुनिक मान्यता हो ।

नेपालको जन इतिहासको निर्माणमा सार्थकरुपले कलम चलाउन आरम्भ गरेर नेपालको इतिहासलाई नयाँ मोड दिने नेपाल कम्युनष्टि पार्टीका संस्थापक महासचिव, नेपाली जन संघर्षका बैज्ञानिक खोजकर्ता तथा संयुक्त जन आन्दोलनका प्रतिपादक, नेपालको सामन्तबाद तथा साम्राज्यवाद बिरोधी आन्दोलनका आधुनिक र अग्रणी अथक योद्धा तथा नेता कमरेड पुष्पलालले यसै पृष्ठभूमिमा पृथ्वी नारायण शाहको बारेमा पनि मार्क्सवादी दृष्टिकोणका आधारमा कलम चलाएका छन् र नेपालको इतिहासलाई हेर्ने नयाँ दृष्टिकोणको सुत्रपात गरेका छन् । अहिले पृथ्वीनारायण शाहको समर्थन र बिरोध भइरहेको  सन्दर्भमा कमरेड पुष्पलालको यस सम्वन्धि दृष्टिकोण र बिचार के कस्तो रहेको थियो र त्यसबाट हामीले के कस्तो शिक्षा लिएर अघि बढ्न पर्दछ भन्ने कुरालाई समेत ध्यानमा राखेर उनको बिचार यहाँ प्रस्तुत गरिएको छ ।

निश्चय पनि कमरेड पुष्पलाल जसले देशको वास्तविक इतिहास बुझदैन, उसले नेपालको परिवर्तन र बिकासको दिशालाई ठम्याउन र सही दिशा एबं गति दिन सक्तैन भन्ने कुरामा अखण्ड बिश्वास गर्दथे । त्यसै आधारमा नेपालको इतिहासलाई पनि बुझनु, केलाउनु र निष्कर्श निकाल्नु पर्दछ भन्ने सही दृष्टिकोणका उनी प्रणेता र प्रयोक्ता  थिए । इतिहास सम्वन्धि किताबका ठेली र ग्रन्थहरु, शिलापत्र र ताम्रपत्रहरु लेखिदैमा ती सबार्ङ्ग सही भइहाल्छन् भन्ने उनको मान्यता थिएन । तर इतिहासलाई सही किसिमले बुझ्न र केलाउन, ती ऐतिहासिक सामाग्री भित्रका कुराहरु यथार्थसँग मेल खान्छन् कि खादैनन् भन्ने कुराका आधारमा यथार्थसँग साक्षात्कार हुन सकियो भने मात्र त्यस आधारमा यसको दिशा निर्देश गर्न सकिन्छ र  देशको समग्र बिकासको दिशामा अर्थात यथार्थतः इतिहासको वास्तबिक निर्माता जनता हुन् र हुन्छन् भन्ने सही दिशामा अघि बढ्न सकिन्छ र भन्ने उनको प्रष्ट र बैज्ञानिक दृष्टिकोण थियो ।

त्यस आधुनिक जन आन्दोलनको समीक्षा गर्ने क्रममा उनले त्यस कृतिमा  अगाडि लेखेका छन् : ”नेपाली समाजको इतिहासले सन् १७६९ मा एक मोड लिएको छ । त्यो मोड हो – बिभिन्न इलाकीय सामन्ती राज्यहरुको समाप्ति र एक केन्द्रिय सामन्ती शासनको युगको शुरुवात । यस सन्दर्भमा कुरा गर्दा सबभन्दा पहिला नेपाल चार राज्य समूहमा बिभाजित थियो । पहिलो, काठमाण्डौ उपत्यकाका तीन राज्य समूह, जो प्राचीनकालदेखि नेपालको नामले प्रसिद्ध भएर आए, दोश्रो मध्य पश्चिम नेपाल अर्थात् गण्डकी प्रदेशमा पाल्पा तथा लमजुङ्ग अन्तरगत चौबीसे राज्यको समूह, तेश्रो पश्चिम नेपाल अर्थात् कर्णाली प्रदेशमा हुम्ला, जुम्ला राज्य अन्तरगत बासइसे राज्य समूह र चौथो, पूर्ब नेपाल अर्थात् कोशी प्रदेशमा मोरङ्ग राज्यको अधिनमा एघार किराँत कबिला गणतन्त्रीय राज्य समूह ।” उनी अगाडि लेख्छन्  : ”हाम्रो देशमा सामन्तबादको बाहुल्य दुइ हजार बर्षभन्दा पहिलेदेखि चल्दै आइरहेको छ । समाज बिकासको क्रममा आदिम गणतन्त्रीय कबिला समाजको ह्रासमा नेपालका बिभिन्न इलाकामा सामन्ती समाजको आपसी  संघर्षको दौरानमा कर्णाली, गण्डकी, बाग्मती तथा कोशी प्रदेशमा बिभिन्न सामन्ती राज्य-समूहहरुको बिकास हुन गयो । तर यो सामन्ती राज्य समूहहरुको उदय पनि एकै दिनमा भएन । नेपालमा मातृसत्तात्मक समाजको अस्त र पितृ सत्तात्मक समाजको उदय पछि काठमाण्डौ उपत्यकामा टोले तथा ग्रामीण राजा र पश्चिममा भूरे टाकुरे पितृसत्तात्मक इलाकीय सामाजिक इकाईहरु मासिएर तिनको ठाउँ बाइसे, चौबिसे सामन्ती राज्य समूहले लिए ।पूर्ब लिम्बुआनतिर सामन्ती राज्यको अन्तरगत एकत्रित भएका एघार राज्य-समूहहरुले सामन्ती स्वरुपको साटो कबिला गणतन्त्रीय समाजको गुणलाई बढी मात्रामा कायम गरेका थिए ।यहाँ हामीलाई यो प्रष्ट हुुन पर्दछ कि काठमाण्डौ उपत्यकाका तीन र पश्चिमका बाइसे, चौबिसे राज्य समूहहरुको उदयभन्दा पहिलेका भूरे, टाकुरे तथा टोले र ग्रामीण राज्यहरु भन्ने जो आज देशको जन ज्रि्रोमा छन्, तिनीहरु वास्तवमा सामन्ती राज्य नभई पितृसत्तात्मक इलाकीय इकाई मात्र हुन् । यी इकाईहरु पछि गई सामन्ती राज्यसमूहमा परिणत भए ।”

यसरी नेपाली समाजको बिकासक्रम बारे स्पष्ट पार्दै क.पुष्पलाल थप लेखेका छन् : ”मानदेव प्रथमको पालाबाट एक केन्द्रिय सत्ता कायम गर्ने प्रकृया सकृयरुपमा चालु भएको हो । त्यसको पराकाष्ठा गोर्खाका सामन्ती सरदार पृथ्वीनारायण शाहको नेतृत्वमा सन् १७४३ मा नुबाकोटको हमलाबाट शुरु भई सन् १७६९ मा काठमाण्डौ उपत्यकाको बिजयपछि अन्य राज्यहरुको साँध मासी आजको साँध कायम गर्न अर्को ४५ बर्षलाग्यो । आजको साँध पूर्बमा मेची, पश्चिममा महाँकाली उत्तरमा रसुवा र दक्षिणमा रक्सौल हुन आएको छ । आजको यो साँध कायम गर्नका निमित्त नेपालमा सबै गरी ७१ बर्षकाे संघर्ष भएको छ । यस  संघर्षलाई हामीले बिभिन्न राजा रजौटा अथवा सामन्ती सरदारहरुको बिचको संघर्षकोरुपमा मात्र लिनु, जसरी आजसम्मका इतिहासकारहरुले पेश गर्दैछन्, गलत हुनेछ । यसको निमित्त हामीले त्यस बखतको वास्तविक सामाजिक स्थितिको खोजी गर्नु पर्छ । अनि हामीले वास्तविकरुपमा समाज बिकासमा जनताद्वारा खेलिएको भूमिका पत्ता लगाउन सक्तछौं । जन आन्दोलनको वास्तविक इतिहास त्यही हो ।”

यस मान्यताका आधारमा त्यसबेलाको सामाजिक स्थितिको बारेमा संक्षेपमा प्रष्ट पार्दै उनले त्यस कृतिमा लेखेका छन्  : ”चार राज्य समूहममध्ये सबभन्दा पहिले काठमाण्डौ उपत्यकामा ब्यक्तिगत सम्पत्तिको उत्पत्ति हुन गयो । बन्द ब्यापारको केन्द्र त्यही भयो । सामन्ती राजतन्त्रको बिकास पनि त्यही भयो । यसको असर पछि क्रमशः पश्चिम नेपालमा पनि फैलिन थाल्यो । तेह्रौं शताब्दीसम्ममा पश्चिममा पनि कबिला समाजको ह्रास भई राजतन्त्रको बिकास भयो । अठारौ शताब्दीतिर आई त्यस इलाकामा पनि जमिनमा ब्यक्तिगत सम्पत्ति देखिनको साथै चीन र भारतसँग बन्दब्यापार गरी लाभान्बित हुने एक बर्ग देखिन थाल्यो । पूर्वी नेपालमा बिराँती कबिला समाजमा ब्यापारका केन्द्रहरु देखिए तापनि जमिनमा ब्यक्तिगत सम्पत्ति उत्तिसारो देखापर्न आएको थिएन । अठारौं शताब्दीको पूर्वार्द्ध कालसम्ममा अर्थात् पृथ्वीनारायण शाहको नुबाकोट हमलाको समयसम्ममा नेपालका चार राज्य समूहमा एकातिर बिभिन्न इलाकीय राजतन्त्र, भाइभारदार तथा सरदारसहीत देखापर्दछन् भने अर्कोतिर साहु महाजन मध्यम बर्गीय जनता । यस्तो सामाजिक स्थितिमा नेपालमा इलाकीयरुपमा सामन्ती राजा रजौटा तथा सरदारहरुका राज्यको बीचको आपसी प्रतिस्पर्द्धका निमित्त हुने संघर्षले गर्दा उद्योग, बन्दब्यापार, खेतीपाती आदिलाई नोक्सान पुगेको हुनाले त्यस बखतको इलाकीय सामन्ती राज्यको ब्यवस्थाबाट नेपालका बिभिन्न इलाकीय राज्यमा बिभक्त भइ बसेका भूमिपति,उद्योगपति, बन्दब्यापारी, बिभिन्न तहका किसान तथा मध्यमबर्गीय जनता असन्तुष्ट थिए । उनीहरुले उक्त ब्यवस्थाको बिरुद्ध बिभिन्न किसिमबाट आलोचना गरी आन्दोलनको सुत्रपात गरे । उनीहरु चाहन्थे बिभिन्न इ लाकीय सामन्ती राज्यको सट्टा एक केन्द्रिय सामन्ती राज्य सत्ताको स्थापना होस् जसले देशमा शान्ति सुब्यस्था कायम गर्न सकोस् र उद्योग ब्यापार खेतीपाती फलोस् फुलोस् ।”

यसरी बिकसित हुँदै गएको परिस्थितिको उल्लेख गर्दै क. पुष्पलालले अगाडि लेखेका छन्  ः ”पृथ्वीनारायण शाहलाई जसै जसै एक पछि अर्को राज्य जिती साँध मास्न सफलता मिल्दै गयो उसै उसै उनलाई उक्त बर्गहरुको सहयोग र समर्थन प्राप्त हुदै गयो । ७१ बर्षकाे लामो संघर्ष मूख्यरुपले दुइ बिरोधी शक्ति (१) इलाकीय सामन्ती ब्यबस्थामा आफ्नो स्वार्थको रक्षा देख्ने इलाकीय राज्य र तिनका समर्थक र (२) इलाकीय साँध मासी केन्द्रिय सामन्ती राज्यसत्ता कायम हुँदाँ लाभान्वित हुने बिभिन्न बर्ग तथा जन समुदाय बीचको संघर्ष थियो । यस्ता  संघर्षहरु अन्य देशको इतिहासमा पनि पाइन्छन् । जस्तो बेलायतको इतिहासमा ‘वार अफ रोजेज’ । त्यस युद्धमा जसरी हेनरीलाई त्यस समयका सबै प्रगतिशील बर्गले  समर्थन गरे त्यसरी नै नेपालमा पृथ्वीनारायण शाहलाई नेपालका सबै प्रगतिशील तत्वहरुले  समर्थन गरे । यसको अतिरिक्त अर्को एउटा अन्तर्राष्ट्रिय कारण पनि छ जसले नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसताका अग्रेजी साम्राज्यवादले नेपाल-चीन ब्यापारमा आँखा गाढेको थियो । भारतबर्षा आफ्नो कब्जा जमाउनका साथै अग्रेजी साम्राज्यवाद नेपाललाई पनि अधिन गर्न चाहन्थ्यो । नेपाली उद्योगपति र बन्दब्यापारीहरुको स्वार्थमा यसरी ठूलो आँच उत्पन्न भएपछि एक केन्द्रिय राज्यसत्ताको निर्माण उनीहरुको निम्ति अति आवश्यक भएको थियो, जसबाट नेपालको बन्दब्यापारको स्वार्थ रक्षा हुन सकोस् । नेपालमा यसरी एकहत्तर बर्षकाे लामो संघर्षको दौरानमा इलाकीय सामन्ती राज्यको साँध मासिई एक केन्द्रिय राज्यसत्ता स्थापना भएपछि बिभिन्न सामन्ती सरदारहरुले आफ्नो निहीत स्वार्थका निम्ति एक इलाकाका शोषित जनतालाई अर्को इलाकाका शोषित जनताका बिरुद्ध उक्साइ युद्ध गर्ने स्थिति समाप्त भयो । यसले गर्दा नेपालको राष्ट्रिय बजार बढ्न थाल्यो ।पृथ्वीनारायण शाहले यसै अनुरुपको औद्योगिक र बन्दब्यापारको नीति पनि अपनाए । उनको नीति थियो -”प्रजा मोटा भया दर्बार बलियो हुन्छ, राजाका भण्डार भन्याका रैतानहरु हुन्’ ।यसको मतलब जनताको शोषण गरेर नै शाही परिवार र सामन्ती भाइभारदार मोटाउन सक्दछन् भन्ने हुन्छ ।” यसरी पृथ्वीनारायण शाहको अरु अरु इतिहासकारले भन्दा भिन्न  पुष्पलालले बस्तुगत, बैज्ञानिक तथ्य र तर्कका आधारमा सही र तुलनात्मकरुपमा बस्तुपरक र यथार्थ मूल्यांकन  गरेका छन्  । यसरी कमरेड पुष्पलाल कुनै पनि बस्तु, घटना र प्रबृत्तिकाे  अराजक निषेधका बिरुद्ध बैज्ञानिक निषेधको पक्षमा खडा देखिन्छन् । बर्ग सापेक्ष आधारमा समाजका कुन कुन बर्ग देखापरे र तिनका बीच कसरी संघर्ष चल्दै आयो भन्ने आधारमा नै उनले पृथ्वी नारायण शाहको पनि मूल्यांकन गरेका छन् ।आफुलाई मन पर्ने वा नपर्ने पूर्वाग्रही आधारमा होइन । साच्चै हामीले इतिहासलाई यसरी नै मूल्यांकन गर्न सक्यौ र सिक्यौ भने मात्रै बर्तमान र  भावी इतिहासलाई पनि सही दिशा र गति दिन सक्नेछौं, अन्यथा गलत दिशामा बहकिने छौं । आजलाई इति,

 

यो पनि पढ्नुहोस्

प्रचण्डले चितवनबाट मतदान गरे

प्रचण्डले चितवनबाट मतदान गरे

४ मिनेट अगाडि
धरान–१५ मा तनाव उत्पन्न

धरान–१५ मा तनाव उत्पन्न

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनका दिन मौसम सफा रहने

निर्वाचनकाे अन्तिम तयारी

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु

सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै तनाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक