बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उमागौरी कृषि सहकारी अपचलनमा २२ जना विरुद्ध मुद्दा दायर

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
उमागौरी कृषि सहकारी अपचलनमा २२ जना विरुद्ध मुद्दा दायर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको अपचलनका विषयमा २२ जना विरुद्ध मुद्दा दायर भएको छ ।

सहकारीको २२ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको भन्दै त्यसमा संलग्नताको आरोपमा २२ जनाविरुद्ध मुद्दा दायर भएको हो। रकम अपचलनमा संलग्न रहेको भन्दै रङ्गेली नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विरुद्ध समेत मुद्दा दायर भएको छ । सो प्रकरणमा प्रतिनिधिसभाको लेखा समिति सभापति ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइराला विरुद्ध पनि मुद्दा दायर भएको छ ।

अभियोग पत्रमा शम्भु प्रसाद रौनियार, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भु प्रसाद सिंह, आमोद कुमार मण्डल, जितमान ठाकुर, विजय कुमार यादव, सुरेन्द्र कुमार राजवंशी, अशोक कुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दिनलाई प्रतिवादी बनाइएको थियाे ।

यसैगरी अदालतमा दायर भएको अभियोग पत्रमा चम्पा गिरी, शम्भु प्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्र प्रसाद सिवाकोटी, सरदराज सिंह, मो नसरुदिन, मनोज कुमार सोनी, यशोदा कुमारी राजवंशी फरार रहेका प्रतिवादीमा राखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले उनीहरूविरुद्ध जिल्ला अदालत मोरङमा शुक्रवार मुद्दा दर्ता गरेको हो । दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । यस अघि उमागौरी सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा प्रहरीले सोही सहकारीका वर्तमान सदस्य रोशन राजवंशीलाई पक्राउ गरेको छ । उनको बयानका आधारमा उनी पुर्पक्षका लागि जेल चलान भएका छन् । उनीसँगै गत असोजमै १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अरू भने फरार सूचीमा रहेका छन् ।

प्रहरीले राजवंशीसहित मोरङको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार समेत २६ जनाविरुद्ध जाहेरी तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।  उक्त जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र तयार गरेर मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

आरोप पत्र अनुसार उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ । मुद्दा दर्ता भएपछि २५ जना भने फरार भएका छन् । उनीहरूलाई प्रहरीले आइतबारसम्म पक्राउ गरेको छैन ।

अभियोग पत्र अनुसार उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर सदस्य रहेको उल्लेख छ । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ ।

सहकारीले प्रयोग गरेको सफ्टवेयरको अभिलेखअनुसार उक्त ऋणमध्ये हालसम्म ८ करोड १३ लाख ६४ हजार ७०१ रुपैयाँ ऋण असुल भएको र १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखिएको आरोप पत्रमा उल्लेख गरिएको छ । ‘सहकारी रजिस्टार कार्यालय इनरुवाका अनुसार सहकारीले विभिन्न बैकबाट ऋण लिएको तर लिएको ऋण कहाँ लगानी भयो भन्ने खुलेको छैन । निमित्त रजिस्टार हरिबहादुर खत्रीले बैकबाट सेयर सदस्यको नाममा समेत सहकारीले ऋण लिएको देखिएको जनाए ।

आरोप पत्रमा बैकबाट लिएको ऋण संस्थाका अध्यक्ष रहेका शम्भुप्रसाद रौनियारले उमागौरी कृषि सहकारी संस्थाबाट ऋण दिएको तमसुक बनाएर धितोको लागि ऋणीहरूले घरजग्गा राखेको उल्लेख छ । आरोप पत्रमा जनाइएकाे छ,‘ सोही धितो राखिएको जग्गा नविल बैङ्क लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराई आधा रकम आफैले खाई मासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ ।’

यो पनि पढ्नुहोस्

देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति

सरकारले थाल्यो सहकारी समस्या समाधानको काम

३६ मिनेट अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

बालेन अभियान : ऊर्जामा चमत्कार !

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक