बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नागरिकता रद्द हुँदा देशलाई घाटा हुन्छ, आशा छ अदालतले न्याय दिन्छः एनआरएनए

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
चलचित्र ‘एक्टर: टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वंसजको नेपाली नागरिकता रद्द गर्ने ऐन विरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । शनिबार राजधानीको संवाद डबलीमा एनआरएनए–यूकेले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नेपाल र नेपालीको अस्तित्व मेटाउने योजनासहितको ऐन खारेजीका लागि पुष १८ गते मुद्धा दिएको जानकारी पनि दिए ।

एनआरएनए–युके अध्यक्ष प्रेम गाहा मगरले आफूहरुले वंसजको नेपाली नागरिकता निरन्तरताको लागि सर्बोच्च अदालतमा मुद्धा दायर गरेको जानकारी दिए । मगरले विदेशमा रहँदै आएका नेपालीहरुको नागरिकता कायमै रहने व्यवस्था रहे पनि २०६३ पछि दोहोरो नागरिकता कायम नहुने प्रावधानले समस्या निम्त्याएको धाराणा राखे । मगरले यूरोप, आमेरिका लगायतका देशहरुले दोहोरो नागरिकतालाई कायम गरिहँदा भने नेपाली नश्ल सकाउने योजनासहित भारतको इसारमा सो ऐन आएको बताउँदै भने,“विकसित मुलुकलाई समस्या छैन, स्वदेशप्रति माया भएका नेपालीलाई कटाउने र बिहारीहरुलाई भित्राएर देश भारतमा गाभ्ने षड्यत्रलाई हामीले बुझ्नु जरुरी छ ।”

‘नागरिकता खै’ अभियान संयोजक बासुदेव घिमिरेले गैर आवासीय नेपालीहरुकोे वंसजको नागरिकता निरन्तरताबाट हुने फाईदा र बेफाईदाका विषयलाई हिसाबै नगरी त्यसलाई रद्द गर्ने कानुन घातक भएको बताए । घिमिरेले विदेशबाट आफूरुले स्वदेशको सेवा गर्ने वातावरण मात्रै नभत्किकन देशको राष्ट्रियतालाई जोखिम पर्ने चिन्ता व्यक्त गरे । उनले विदेशमा भएका नेपालीको देशलाई आवश्यकता रहेको बताउँदै भने,“यो देशको समृद्धिको लागि हामीले विकास निर्माण र अर्थिक क्षेत्रमा लगानी गर्ने तमाम सम्भावनाको ढोका बन्द गर्नु उचित छैन, जुन कुरा निकै गम्भिर पनि छ ।”

वंसजको नेपाली नागरिकताको निरन्तरता महा–अभियान नेपाल संयोजक कृष्ण प्रसाद खतिवडाले नागरिकता निरन्तर हुँदा विदेशमा बस्नेहरु सबै नेपाल आएर राजनीति गर्छन् भन्ने चिन्ता मान्न नपर्ने धारणा राखे । आफ्नो देश आउँदा पैसा तिर्नु पर्ने नतिरे विरोनो हुनुपर्ने कस्तो दुर्भाग्य, यो कस्तो दिन आए ? खतिवडाले प्रश्न गरे । ‘आफू खुसी विदेशी नागरिकता लिए स्वत रद्द हुने’ भन्ने ऐनमा भएको व्यवस्था त्रुटिपूर्ण रहेकोले त्यसविरुद्ध आफूहरुले सर्बोच्च अदालतको सरणमा पुगेकोे खतिवडाले बताए ।

प्रा.डा.सुरेन्द्र केसीले गैर आवासीय नागरिकहरुको वंसजको नागरिकतालाई निरन्तरता दिदा देशलाई फाईदा हुने बताउँदै भने,“हैन ऐन बनाउँदा किन गम्भिरतापूर्ण तरिकाले छलफल या बहस गरिएन, नागरिकता निरन्तरतमा त घाटा भन्दा ज्यादा फाईदा छ त ।” “दोहारो नागरिकता दिदा बद्मासी बढ्छ भन्ने कारण हो भने त्यसलाई रोक्न कानुनी व्यवस्था पनि गर्न सकिन्छ नि ।” केसीले थपे ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले वंसजको नागरिकताबाट च्यूत गर्ने प्रावधान निकै नै गलत भएको बताए । न्यौपानेले विदेशमा रहेका नेपालीको रेमिट्यान्सबाट चलिरहेको र गैरआवासीय नेपालीको योगदानलाई अवमुल्यन गर्ने कानुनी व्यवस्था विरुद्ध सबै एकजुट हुनु पर्ने धारणा राखे । उनले सरकारलाई दबाब दिन एनआरएनहरुसँग धेरै उपाय रहेको बताउँदै भने,“६ महिना रेमिट्यान्स बन्द गरिदिनुस, तपाईहरुकोे एजेन्डा बोक्ने राजनीतिक दललाई समर्थन गर्नुस अनि पुनर्बिचार गर्न बाध्य हुन्छन् ।”

अधिवक्ता कपिल ढकालले विदेशमा कमाएको आर्थिक, अनुभव र क्षमता देशमा लगानी गर्छु, योगदान गर्छु भन्दा पनि नपाउने गलत मनसायलाई तोड्न सबै एकजुट हुनु पर्ने धारणा राखे । ढकालले आफ्नै भाई छोराको नागरिकता खारेज गर्नु गलत भएको बताउँदै भने,“यो देशलाई असफल बनाउन सधैं विभिन्न र नयाँनयाँ हत्कन्डा चल्छन्, अहिले नागरिकतामा आएको छ, हामी यसमा चनाखो बन्नु पर्छ ।”

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

हामीले फेरिरहेको हावा कति विषाक्त छ ?

३ घण्टा अगाडि
प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक