बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गुरुङ जातिको नयाँ वर्ष तमु ल्होछार पर्व मनाउँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम गरी धुमधामका साथ मनाइँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आज पुस १५ गते नेपालीहरुले आ-आफ्नै परम्परा, संस्कृति र रितीअनुसार मनाउँदै छन् ।

तिथिको रुपमा नभई गतेको आधारमा मनाइने गुरुङ जातिको नयाँ वर्ष तमु ल्होछार पर्व आजकै दिन परेको छ । यस अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

सुदूरपश्चिम प्रदेशका बासिन्दाले आजको दिनलाई ‘पुसे पन्ध्र’को रुपमा मनाइरहेका छन् । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति डा. टीएन जोशीका अनुसार आजको दिन सुदूरपश्चिमेलीको मौलिक पर्व हो । यो पर्वमा कतै १५ हात लामो काठ जलाएर आगो ताप्दै रातभर कथा सुनाउँदै जाग्राम बस्ने चलन छ । कतै कतै विभिन्न कन्दमुल, रोटी लगायत १५ प्रकारका परिकार पकाएर खाने चलन पनि छ ।

कर्णाली प्रदेशको जुम्लामा पुस १५ मनाउन विवाहित चेलीहरू माइत आउने चलन छ । यस दिन दिनभर विभिन्न परिकार पकाएर सामूहिक भोज खाने र रातभर नाचगान गर्दै रमाइलो गर्ने चलन छ । भोलिपल्ट पुस १६ गते बिहानै नजिकैको धारा वा नदीमा गएर नुहाउने चलन छ ।

आज सोमबारे औंसी

सूर्य उत्तरायण शुरु हुनुअघिको औंसी अर्थात् पौष कृष्ण औंसीलाई नेपालीहरुले विशेष महत्वका साथ लिने गर्दछन् । यस दिन पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । ज्योतिषीय हिसाबले मंसिर पूर्णिमाको त्यति धेरै महत्व रहेको पाइँदैन तर सूर्य दक्षिणायनबाट उत्तरायणोन्मुख रहेकाले यही दिनदेखि दिन लामो र रात छोटो हुन्छ भन्ने तर्क छ ।

औंसीको दिन आज सोमबार परेकाले आज बिहानै उठेर नबोली नुहाउने र पूजाआजा गर्ने चलन समेत छ । यसो गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

पुस १५ को अन्तर्राष्ट्रिय सम्बन्ध

पुस १५ को दिन गुरुङहरूले ल्होछार अर्थात् नयाँ वर्ष पनि मनाउँदैछन् । तिब्बती भाषामा ‘सार’ भनेको नयाँ र ‘लो’ भनेको वर्ष भन्ने हुन्छ । तिब्बतमा नामलाई पहिले र विशेषणलाई पछि लेख्ने चलन रहेकोले यो पर्वलाई ‘लोसार’ भन्ने गरिन्छ । पछि यसलाई तद्भव बनाएर नेपालमा ‘ल्होछार’ नाम राख्न थालियो ।

नेपालमा ल्होछार मनाउने थकाली, गुरुङ र तामाङहरूले तिब्बती लोसारमा केही परिमार्जन गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा. जगमान गुरुङका अनुसार नेपाली मंगोल समुदायले मनाउने लोसारको गाई वर्गलाई तिब्बतमा गोरु वर्गको नामले चिनिन्छ ।

चीनमा सुँगुर वर्ग भनेर चिनिने महिनालाई नेपालमा मृग महिनाको रुपमा चिनिन्छ, तिब्बतमा खरायो महिनालाई नेपालमा बिरालो महिना मानिन्छ । यसरी महिनामा पनि नेपाली मौलिक नामाकरण गरिएको गुरुङ बताउँछन् ।

मगरहरुको जीवनसाथी रोज्ने दिन

पुस १५ लाई मगर समुदायले जीवनसाथी रोज्ने पर्वको रूपमा मनाउने गरेको डा. गुरुङ बताउँछन् ।

उनका अनुसार तिहारमा देउसी खेलेर जम्मा भएको पैसामा अपुग भए अलिअलि थपथाप गरेर मगर युवायुवतीहरुले खुवा वा खोइ खाने चलन छ । यही समयमा खुवा खाएपछि आफ्नो जीवनसाथी रोज्ने र गार्हस्थ जीवनको सुरुवात गर्ने परम्परा रहेको संस्कृतिविद् गुरुङ बताउँछन् ।

समग्रमा भन्दा पुस १५ विविध सांस्कृतिक पर्वहरूको संगम बनेको छ ।

यो पनि पढ्नुहोस्

खोजी, उद्धार र राहत कार्यमा थप तीव्रता

खोजी, उद्धार र राहत कार्यमा थप तीव्रता

७ मिनेट अगाडि
पृथ्बी राजमार्ग सञ्चालनमा ल्याउने तयारी

पृथ्बी राजमार्ग सञ्चालनमा ल्याउने तयारी

३८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

धादिङमा ६ जनाको शव फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक