मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा दिल्लीमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा दिल्लीमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज बिहान भारतको दिल्ली पुगेकी छिन् । उनलाई विमानस्थलमा भारतस्थित नेपाली दूतावासका अधिकारी तथा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए ।

युरोपको भ्रमण सकाएर उनी दिल्ली पुगेकी हुन् । उनी हिजो जर्मनीबाट भारतका लागि प्रस्थान गरेकी थिइन् ।
भोलि अर्थात पुस ५ गते नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा हुने एक सम्मेलनलाई सम्बोधन गर्न उनी भारत पुगेकी हुन् ।
सम्मेलनमा सहभागी हुनुको साथै उनले आफ्नो स्वास्थ्य जाँच पनि गराउने छिन् । उनले भारतका विदेश मन्त्री एस.जयशंकरसँग भेट्ने तयारी पनि गरेकी छिन् ।
तर भेटघाटको समय तालिका हालसम्म तय नभएको बताइएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पनि भारत भ्रमण हुने चर्चा चलिरहेको छ । यही बिचमा परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण भएको हो । परराष्ट्रमन्त्री भएपछि आरजुको यो दोस्रो भारत भ्रमण हो । यसअघि पनि उनी स्वाथ्य जाँचका लागि दिल्ली जाने भनेपछि विदेशमन्त्री एस.जयशंकरले औपचारिक निमन्त्रणा नै दिएका थिए । त्यसपछि औपचारिक निमन्त्रणामा उनी भारतको भ्रमणमा गरेकी थिइन् । सो क्रममा उनले त्यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री एस.जयशंकरलगायतका उच्च तहका व्यक्तिहरूसँग भेटघाट गरेका थिए ।

त्यतिबेला मन्त्री आरजुले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । तर आशा गरे बमोजिम भारतले प्रधानमन्त्री अ‍ोलीलाई भारत भ्रमणको निम्तो दिएन ।

भारतले निम्तो नदिएपछि प्रधानमन्त्री ओली चीनको भ्रमण (मङ्सिर १७–२०) गरेका थिए । चीनबाट फर्के लगतै उनले आफू भारतको भ्रमण गर्ने धारणा सार्वजनिक गरेका थिए । तर भारतले अझै निमन्त्रणा गरेको छैन ।

परराष्ट्रमन्त्री आरजुको भारत भ्रमणपछि प्रधानमन्त्री अ‍ोलीको पनि भ्रमण तय हुने धरैको आकलन छ । परराष्ट्रमन्त्री आरजु बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात् जर्मनीको भ्रमण गरेकी थिइन् । हिजो त्यहाँको यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गरेर दिल्लीका लागि उडेकी थिइन् ।

परराष्ट्रमन्त्री आरजु चीन भ्रमणबाट मङ्सिर २० गते फर्केकी थिइन् र २२ गते युरोप भ्रमणका लागि निस्केका थिइन् । युरोपबाट पुस ५ गते नेपाल फर्किने कार्यक्रम तय थियो तर उनी अचानक युरोपबाट नै भारत गइन् । उनी पुस ६ गते नेपाल फर्किने बताइएको छ । परराष्ट्रमन्त्री आरजुको भारत भ्रमणको विषयलाई लिएर नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तव र परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राय बिच भेटघाट भएको थियो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्त केही दिनदेखि दिल्लीमै छन् ।

यो पनि पढ्नुहोस्

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

४ घण्टा अगाडि
Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

देशभर साधारणतया बदली

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक