सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रवि लामिछानेको फोटोका सम्बन्धमा अनुसन्धान जारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भरतपुर । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षबाट बाहिरिएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटोका सम्बन्धमा अनुसन्धान भइरहेको जनाउनुभएको छ ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै मन्त्री लेखकले त्यो घटनाका सत्यतथ्य बाहिर आउने स्पष्ट पार्नुभयो ।

“प्रहरीलाई यसका बारेमा गम्भीरतापूर्वक छानबिन गर्न, के भएको हो सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएको छु । छानबिन भरहेको छ । पहिला भएको के हो पत्ता लगाउन आवश्यक छ ।”, मन्त्री लेखकले भन्नुभयो, “भाको के हो सत्यतथ्य बाहिर आउँछ । अनि मात्रै त्यस उपर कारवाही प्रक्रिया अगाडि बढ्छ ।”

ठगी अभियोग लागेका रास्वपा सभापति लामिछानेको हिरासतमा सुत्दै गरेको भनिएको फोटो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । लामिछानेलाई अनुसन्धानका क्रममा जिल्ला जिल्लामा घुमाउनु गलत भएको भनी सरकारविरुद्ध आलोचना भइरहेका बेला गृहमन्त्री लेखकले भने त्यो स्वाभाविक प्रक्रिया भएको उहाँले जनाउनुभयो ।

“मैले बुझेको कानुन अपराधिक कार्यमा कति ठाउँमा अपराधजन्य घटना भएको छ त्यति ठाउँमा अनुसन्धान हुन्छ । एउटा जिल्लामा अपराधिक घटना भयो भने, एउटा जिल्लामा ठगी भयो भने अर्काे जिल्लामा अनुसन्धान हुँदैन । त्यही जिल्लामा हुन्छ ।” उहाँले भन्नुभयो ।केही दिन अघि एक सार्वजनिक कार्यक्रममा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले राख्नुभएको अभिव्यक्तिको पनि उहाँले खण्डन गर्नुभयो ।

“जति ठाउँमा घटना हुन्छ त्यति ठाउँमा अनुसन्धान हुन्छ । मैले बुझेको कानुन यही हो”, उहाँको स्पष्ट भनाइ थियो । पूर्व प्रधानन्यायाधीश कार्कीले लामिछानेलाई जिल्ला जिल्ला घुमाएर मानव अधिकारको हनन भएको अभिव्यक्ति दिनुभएको थियो ।

मन्त्री परिषद्को पुनर्गठन र हेरफेरको कुनै सम्भावना नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । “गाईंगुईं हल्ला त सरकार बन्नुभन्दा पहिलेदेखि नै सुरु हुन्छ । यो सधैँ रहिरहन्छ । यो समीकरण २०८४ सालको निर्वाचनसम्म जान्छ”, उहाँको स्पष्ट पार्दै भन्नुभयो, ‘‘यो सरकार कांग्रेस र एमाले बिचमा भएको सहमति अनुसार अगाडि बढ्छ । कुनै खालका परिवर्तन हुने छैन । जस्तै हल्ला छन् । न सरकार बदलिन्छ न तत्काल मन्त्री परिषद् हेरफेर हुन्छ ।”

सरकार परिवर्तन हुने र अर्को सरकार बन्ने भन्ने हल्लामा कुनै सत्यता नभएको जानकारी पनि उहाँले दिनुभयो । गृहमन्त्री लेखक पाल्पाबाट चितवन हुँदै काठमाडौं फर्कने क्रममा भरतपुर एयरपोर्ट आइपुग्नुभएको हो ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

२३ घण्टा अगाडि
नेकपाका नेता झलनाथ खनालले कार्यशैलीबाट सञ्चालन गर्न नसकिने

नेकपाका नेता झलनाथ खनालले कार्यशैलीबाट सञ्चालन गर्न नसकिने

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक