मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिक्षक आन्दोलनलाई सघाउँछौँ : प्रचण्ड

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
शिक्षक आन्दोलनलाई सघाउँछौँ : प्रचण्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन र सडकबाट दबाब आवश्यक रहेको बताएका छन् । सदनबाट आफ्नो पार्टीले दबाब दिने भन्दै उनले शिक्षकहरूलाई सडकबाट दबाब दिन आग्रह गरे ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद तथा शिक्षक समाज नेपालसँगको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले शिक्षकहरूलाई सडक आन्दोलनका लागि तयार रहन आग्रह गरे । शिक्षकहरुको सडक आन्दोलनलाई पार्टीको पूर्ण समर्थन रहने भन्दै उनले आफू सहभागी हुनेसमेत प्रतिवद्धता जनाए ।
आफू नेतृत्वको सरकारले शिक्षा विधेयक संसदमा दर्ता गरेर पारित गर्ने प्रयास गर्दा सरकार ढलेको भन्दै प्रचण्डले शिक्षक कर्मचारीको अधिकार प्राप्तिका लागि शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने बताए । शिक्षा विधेयक पारित गर्न सदनमा छलफल र सडकमा आन्दोलन चर्काउनुपर्नेमा उनको जोड थियो ।
शिक्षा नसुध्रिएसम्म देश नसुध्रने र शिक्षा सुध्रन शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने भन्दै प्रचण्डले भने–शिक्षा विधेयकका पक्षमा हुने शिक्षकका जुनसुकै आन्दोलनलाई हामी सघाउँछौँ । विद्यालय कर्मचारी, इसिडि, राहत, करारलगायतका शिक्षाका मुद्दा सम्बोधन शिक्षा ऐनबाट मात्रै सम्भव रहेकोमा उनको जोड थियो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आउँदो संसदको हिउँदे अधिवेशनमा शिक्षा विधेयक पारित गर्न दबाब दिन शिक्षकहरुले सडकबाट दबाब दिने बताए । अब हिउँदे अधिवेशन शुरु हुनसाथ शिक्षकहरू सडकमा उत्रनेछन्, शिक्षा विधेयक संसदबाट पारित नभएसम्म आन्दोलन र दबाब जारी रहनेछ–सुवेदीले भने ।

शिक्षा विधेयक पारित हुन षडयन्त्र हुनसक्ने भन्दै अध्यक्ष सुवेदीले छिट्टै २ लाख ५० हजारर शिक्षक सडकमा उतारेर शिक्षक आन्दोलन भाग–२ गर्ने उद्घोष गरे । हिउँदे अधिवेशनमा शिक्षा विधेयक संसदबाट पारित हुनै पर्छ भन्दै सुवेदीले अन्यथा शिक्षकले बानेश्वर, सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिए ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले उत्पीडित शिक्षकको अधिकार प्राप्तिका लागि शिक्षा विधेयक संसदबाट पारित हुनैपर्ने बताए । आउँदो संसदको हिउँदे अधिवेशनमा शिक्षा विधेयक पारित नभए सडकमा शिक्षक आन्दोलन भाग–२ शुरु हुने उनको चेतावनी थियो ।

अधिकार र कर्तव्यसहित सूचना प्रविधि, आर्टिफिसियल इन्टिलिजेन्सयुक्त गरिखाने शिक्षा निर्माणका लागि मुलुकमा एकीकृत शिक्षक आन्दोलन आवश्यक रहेकोमा उनको जोड थियो ।
२ दिनसम्म चल्ने संगठनको परिषद भेलामा देशभरका ५ सय बढी शिक्षकहरुको सहभागिता रहेको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन र शिक्षक समाजबीच एकता घोषणा
काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन र शिक्षक समाज नेपालबिच एकता घोषणा गरिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौंमा दुई संगठनबीच एकता घोषणा गरिएको हो । योसँगै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजका सबै तहका कमिटी नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरेका हुन् । कार्यक्रममा दुबै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको जानकारी दिइएको थियो ।

संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षक हकहितका आवाज पूरा गर्न एकता र ध्रुवीकरण आवश्यक रहेको बताए । शिक्षक संगठनहरुसित सरकारले गरेका सम्झौता पूरा गराउन फेरि एकताबद्ध आन्दोलन आवश्यक रहेकोमा उनको जोड थियो ।
समाजका अध्यक्ष ठाकुरनाथ गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकता आवश्यक रहेको बताए । समाजवादी शिक्षा प्रणालीका लागि समाजवादी बौद्धिक शक्ति एक हुनुपर्नेमा उनको जोड थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले थाइल्याण्डको भ्रमण गर्नुहुने

एमालेका उपाध्यक्ष र महासचिवबीच पार्टीको नयाँ समझदारीनजिक

७ घण्टा अगाडि
दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखियाे

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथिको सुनुवाइ सार्न माग

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

राष्ट्रियसभाको बैठक सुरु

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक