काठमाण्डौ / भारतको नयाँदिल्ली स्थित सीपीआईएमका पार्टी नेताहरुसंग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति र कम्युनिष्ट आन्दोलनबारे छलफलमा सहभागी भैरहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबारे यता नेपालमा केही संचारमाध्यमले भ्रमपूर्ण प्रचार गरिरहेका छन् । वामदेव गौतम आफ्ना ५ हजार नेता र कार्यकर्तासहित नेकपा माओबादी केन्द्रमा प्रबेश गरेको भन्दै दुस्प्रचार गरिएकोबारे गौतमले खण्डन गर्नु भएको छ । गौतमसंग जनधारणाले सम्पर्क गर्दा आफू नेपालका सबै कम्यूनिष्ट पार्टीहरुलाई एकीकृत गर्ने अभियानमा कृयाशील भैरहेकाले कुनै एउटा पार्टीमा समाहित हुने वा प्रबेश गर्ने भन्ने कल्पना भन्दा बाहिरको बिषय भएको प्रतिकृया दिनुभएको छ । उहाँले आगामी २०८४ मा हुने आमनिर्वाचनसम्म सबै कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गराएरै नेपालमा कम्युनिष्ट पार्टीको दुईतिहाई बहुमतको सरकार बनाउन सकिने आफ्नो योजना रहेको पनि जनाउनु भएको छ । त्यसैले भ्रमपूर्ण दुस्प्रचारप्रति स्पष्ट हुन गौतमले सबैसंग अनुरोध गर्नुभएको छ ।


